बिल गेट्सका पिताको निधन

एजेन्सी । माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सका पिता विलियम हेनरी गेट्स द्धितीयको ९४ वर्षको उमेरमा निधन भएको छ । उनको ९४ वर्षको उमेरमा हुड क्यानलस्थित निवासमा सोमबार निधन भएको बताइएको छ । विल गेट्सको पारिवारिक स्रोतले उहाँको सोमबार निधन भएको जानकारी मंगलबार गराएको हो ।

 

उनी अल्जाइमरको विरामी थिए । विलियम हेनरी गेट्स द्धितीयको सन् १९२५ मा वासिङ्टनको बेरमर्टनमा जन्म भएको थियो ।उनको निधनपछि विल गेट्सले आफ्ना पिता आफ्नो जीवनका वास्तविक ‘हिरो’ भएको बताए। उनको प्रेरणाका कारण आफू परोपकारी कार्यमा लागेको विल गेट्सले बताएका छन् ।

 

बिल एण्ड मालिन्डा गेट्स फाउन्डेसनको स्थापनामा उहाँको ठूलो योगदान र प्रेरणा रहेको बिल गेट्सले जनाएका छन् । विलियम हेनरी गेट्स द्धितीय अमेरिकाको एक प्रसिद्ध वकिल थिए । उनी ६९ वर्षको उमेरमा सन् १९९४ मा वकिल पेशाबाट निवृत्त भएका थिए ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

राष्ट्रियसभामा वरिष्ठ नेताहरु आउनाले यसको गरिमा बढ्छः अध्यक्ष तिमिल्सिना

  • 36 seconds ago
राष्ट्रियसभामा वरिष्ठ नेताहरु आउनाले यसको गरिमा बढ्छः अध्यक्ष तिमिल्सिना

मुलुकको संविधान कार्यान्वयनका क्रममा कानून तर्जुमा र कार्यपालिकालाई नीतिगत निर्देशनका लागि सङ्घीय संसद्ले आफ्नो भूमिका निर्वाह गर्दै आएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभा गरी द्विसदनात्मक संसदीय प्रणाल

भारतीय मिडिया भन्छः गलवान घाटीमा भएको झडपमा पिएलएका कैयौँ जवानहरुको ज्यान गएको चीनले स्वीकार गर्यो

  • 33 minutes ago
भारतीय मिडिया भन्छः गलवान घाटीमा भएको झडपमा पिएलएका कैयौँ जवानहरुको ज्यान गएको चीनले स्वीकार गर्यो

एजेन्सी । पुर्वी लद्दाखमा केही महिना अगाडि भएको झडपपछि भारत र चीनको सम्बन्धमा रिक्तता र तिक्तता बढेको छ । १५ जुनको रात गलवान घाटीमा भारतीय र चिनियाँ सेनाबीच झडप भएको थियो ।

भरतपुर अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु

  • 45 minutes ago
भरतपुर अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु

चितवन । चितवनको भरतपुर अस्पतालमा उपचाररत थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले दिएको जानकारी अनुसार आज बिहान १० बजे उपचाररत संक्रमितको मृत्यु भएको हो ।



पर्यटन

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

पनौती । काभ्रेपलाञ्चोकको रोशी गाँउपालिका–२, काफलडाँडामा रहेको तिनधारा झरना आन्तरिक पर्यटकहरुको केन्द्र बन्न थालेको छ । सामाजिक सञ्जालमा आकर्षक झरनाको तस्बिर देखिपछि आफ्ना साथीसँग वा परिवारसँग झरनामा रमाउन आउनेहरुको भिड लाग्न थालेको छ ।

जीवनशैली

कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।