सलाम ! मेधा, बशुधा र मञ्जरी

Norvic Hospital

वरिष्ठ न्यूरोसर्जन डाक्टर उपेन्द्र देवकोटाको निधनको खबरले एकैचोटि ‘सिङ्गो देश’ नै स्तब्ध भयो । आफन्त, शुभचिन्तक र देवकोटाले उपचार गरेर विसेक भएकाहरु रोए, चिच्याए । तर, देवकाटाकी श्रीमती मधुसँगै छोरीहरु मेधा, बशुधा र मञ्जरी रोएको, कराएको देखिएन । बरु, बाबाको मृत शरीरलाई पनि दुख्ला कि भनेर स्याहार गरेर बसे । आफैंले शव बोके । आर्यघाटमा मधुले मुखाग्नी दिइन्, छोरीहरु छेवैमा बसे । र, उनीहरु आफैं किरिया बसेका छन् । काजकिरियालाई १३ दिनबाट छाट्याएर ५ दिनमा सक्दैछन् । 

 

स्पष्ट छ कि, हाम्रो समाज पुरुषसत्तावादी सोचबाट नराम्ररी ग्रस्त छ । र, हाम्रा धर्मिक, सामाजिक मूल्य र मान्यताहरु पनि त्यसैबाट प्रभावित छन् । त्योमध्येको हो, मृत्युसँस्कार ।

 

विशेषगरी हिन्दूधर्मी सँस्कृतिमा महिलालाई अपेक्षा गरिएको छ । भलै त्यो धर्मग्रन्थमा लेखिएको होस् या नहोस् ! तर, धर्मको हबला दिएर नारीमाथि उपेक्षा गरिएकै छ । अतिउपेक्षा भएपछि अहिले आमनारीमा क्रमशः विद्रोहको भाव जाग्दैछ । उनीहरुले सशक्त ढंगमा समानताको आवाज उठाउन थालेका छन् । र, आफ्नो ठाउँबाट सक्दो विद्रोह पनि गरिरहेका छन् । त्यसकै एउटा नमूना हो, स्वर्गीय डाक्टर उपेन्द्र देवकोटाकी श्रीमती र छोरीहरुले मृत्युसँस्कारमा देखाएको साहस !

 

‘नारीले शव छुनै हुँदैन’ भन्ने ‘कुमान्यता’ लाई चुनौति दिँदै डाक्टर देवकोटका छोरीहरुः मेधा, बशुधा र मञ्जरी देवकोटाले बाबाको शव बोके, श्रीमती मधु दीक्षितले दागबत्ती दिइन् । अनि, उनीहरु नै कोराभित्र किरिया बसे । अझ मृत्युसँस्कारलाई उन्नत र परिस्कृत गर्नकै लागि उनीहरुले ७ दिनमै काजकिरिया सक्ने निष्कर्ष निकालेका छन् । जुन परिस्कृत समाज निर्माणको एउटा हिम्मतिलो प्रयास हो । यस्ता कर्महरुले हाम्रो पुरातन मान्यताहरु भत्काउन ठूलो टेवा पुग्नेछ । यसबारे सँस्कृतिविद् बिना पौडेलको तर्क छ, समाजसँगै सँस्कृति, मूल्य र मान्यता पनि क्रमशः परिस्कृत हुँदै जानुपर्ने अर्थमा डाक्टर देवकोटाकी श्रीमती र छोरीहरुले सकारात्मक प्रयास गरेका छन् ।

 

कुनै पनि सँस्कारको आफ्नै नियम त हुन्छ नै । तर, त्यो कति व्यवहारिक र आधुनिक समाजमैत्री छ ? भन्ने कुरा बुझ्न आवश्यक छ । कसैको मृत्यु भएपछि १३ दिन नै कठोरसँग बस्नुपर्ने भन्ने छैन । त्यो त एउटा सम्मान हो, सम्झना हो । 

 

‘समाज परिवर्तन गर्नु छ भने सुरुवात आफैंबाट गर्नु पर्छ’ भन्नेकुरा सन्देश दिएका छन्, डाक्टर मधु दीक्षितसँगै मेधा, बशुधा र मञ्जरीले । शोकलाई शक्तिमा बदल्दै समाज रुपान्तरण गर्ने साहस गर्नु चानचुने कुरा होइन । उनीहरुको सत्प्रयास यो समाजका लागि अनुकरणीय छ ।

 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

सार्वजनिक यातायातको भाडा बढ्यो, यस्तो छ नयाँ भाडादर

  • 17 minutes ago
सार्वजनिक यातायातको भाडा बढ्यो, यस्तो छ नयाँ भाडादर

काठमाडौँ । बाग्मती प्रदेशमा चल्ने सार्वजनिक यातायातको भाडा वृद्धि भएको छ । आज सोमबारबाट बाग्मतीमा चल्ने सवारीहरुको भाडा २८ प्रतिशतसम्म वृद्धि भएको हो।

मोहन वैद्यलाई भेट्न नर्भिक पुगे प्रचण्ड

  • 26 minutes ago
मोहन वैद्यलाई भेट्न नर्भिक पुगे प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणलाई भेटेका छन् । दमको समस्या बढेर आइतबार नर्भिक अस्पतालमा भर्ना भएका वैद्यलाई भेट्नको

यी प्रदेशमा भारी वर्षाको सम्भावना

  • 43 minutes ago
यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल बङ्गालको खाडीमा र मध्यभारतमा न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालमा बदली हुनाका साथै वर्षा पनि गराएको छ ।उत्तरतिर सर्दै गरेको उक्त मौसमी प्रणालीको प्रभावल



पर्यटन

च्याम्चेस्थित अक्टोपस झरना

च्याम्चेस्थित अक्टोपस झरना

लमजुङ । बेँसीसहर चामे सडकअन्तर्गत लमजुङ मस्र्याङ्दी गाउँपालिका–४ च्याम्चेस्थित अक्टोपस झरना । यस झरनाले अन्नपूर्ण पदमार्गमा आउने आन्तरिक तथा बाह्य पर्यटक यात्रुको मन आकर्षित गर्ने गरेको छ ।

जीवनशैली

कस्ता मानिसहरुले अनार खानु हुँदैन ?

कस्ता मानिसहरुले अनार खानु हुँदैन ?

एजेन्सी । तौल घटाउन चाहने व्यक्ति यदि तपाई आफ्नो तौल घटाउन चाहनुहुन्छ भने अनार नखानुहोस्। अनार खादा तौल घट्नुको साटो बढ्न थाल्छ।

विचित्र विश्व

बंगलादेशमा हिन्दुहरुमाथि आक्रमण

बंगलादेशमा हिन्दुहरुमाथि आक्रमण

एजेन्सी । बंगलादेशमा साम्प्रदायिक हिंसाका घटनाहरु लगातार घटेको मिडिया रिपोर्टमा उल्लेख छ । १३ अक्टुबरमा दुर्गा पुजा गरिरहेको अवस्थामा हिन्दुहरुमाथि आक्रमण भएको थियो । त्यस घटनापछि लगातार हिन्दुमाथि आक्रमण भएको मिडिया रिपोर्टमा उल्लेख छ ।