Techie IT
२०८१ वैशाख १२, बुधबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जन‘ह्यारी पोटर’का प्रोफेसर डम्बलडोरको निधन

‘ह्यारी पोटर’का प्रोफेसर डम्बलडोरको निधन


एजेन्सी । हलिउडको चर्चित फिल्म फ्रेन्चाइजी ह्यारी पोटरमा प्रोफेसर डम्बलडोरको भूमिका निभाउने अभिनेता माइकल ग्याम्बनको निधन भएको छ । उनी ८२ वर्षका थिए ।

माइकलकी श्रीमती लेडी ग्याम्बन र उनका छोरा फर्गसले यो खबरको पुष्टि गरेका छन् ।

माइकल ग्याम्बनलाई प्रेमपूर्वक ‘द ग्रेट ग्याम्बन’ भनेर बोलाइन्थ्यो । अभिनेता राल्फ रिचर्डसनले उनलाई यो नाम दिएका थिए । हलिउड फिल्ममा आउनुअघि ग्याम्बन थिएटरमा काम गर्दथे । उनका नाटक निकै चर्चित हुन्थे जसका लागि उनले अवार्ड पनि पाए ।

ग्याम्बनको जन्म सन् १९४० मा आयरल्यान्डको डबलिनमा भएको थियो । दोस्रो विश्व युद्धका बेला उनका पिता परिवारसमेत लन्डन आए र त्यहाँ प्रहरीको रूपमा काम गरे ।

सन् १९६५ मा रिलिज भएको फिल्म ‘ओथेलो’ बाट उनले आफ्नो फिल्मी डेब्यू गरेका थिए । २२ वर्षको उमेरसम्म उनले फिल्ममा सानातिना भूमिका पाउन थालेका थिए ।

सन् १९८९ मा रिलिज भएको फिल्म द कुक, द थिफ, हिज वाइफ एन्ड हर लभरमा काम गरेका थिए । यसबाहेक उनले द सिङ्गिङ डिटेक्टिभ र एन्जलस इन अमेरिकामा काम गरे ।

यद्यपि, उनी सन् २००४ मा रिलिज भएको फिल्म ह्यारी पोर्टर एन्ड द प्रिज्नर अफ आज्कबान बाट प्रोफेसर डंबलडोरको रूपमा विश्व भरी चर्चित भए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

कृष्ण विकको ‘निरमाया’ सार्वजनिक

काठमाडौँ । गायक कृष्ण विकले नयाँ गीत ‘निरमाया’ सार्वजनिक गरेका छन् । गीतमा विकले गायिका स्मिता दाहालसँग स्वर दिएका छन्

‘बलिदान’मा दिव्य देव अनुबन्धित

काठमाडौँ । आसुसेन फिल्मस्‌को मेगा प्रोजेक्ट चलचित्र ‘बलिदान’मा अभिनेता दिव्य देव अनुबन्धित भएका छन् । शनिवार औपचारिक सम्झौता गर्दै उनलाई

बिपिन कार्कीको फरक भूमिका रहेको ‘एक भगवत् र एक गीता’…

काठमाडाैँ । कलाकार बिपिन कार्कीको फरक अवतारका कारण निकै चर्चा बटुलेको चलचित्र ‘एक भगवत् र एक गीता’ भिडियोपसल एपमा रिलिज

‘फर्की फर्की’को ट्रेलर सार्वजनिक

काठमाडौँ । नेपाली कथानक चलचित्र ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक भएको छ । आज सार्वजनिक गरिएको ट्रेलर अनमोल केसीमा केन्द्रित छ

‘द रेड सुटकेस’ वैदेशिक रोजगारको अन्त्यको क्रान्ति होः श्रममन्त्री अर्याल

काठमाडौँ । नयाँ वर्षको अवसर पारेर ३० चैतबाट प्रदर्शनमा आएको चलचित्र ‘द रेड सुटकेस’ले यतिबेला दर्शकले रुचाएका छन् । यो

इराकमा सांगीतिक धमाका मच्चाउँदै राजेशपायल

काठमाडौँ । नेपालीमा उखानै छ, ‘जहाँ पुग्दैन रवि, त्यहाँ पुग्छन् कवि’ । कवि लक्षित यो भनाइलाई सार मान्दै ‘जहाँ नेपाली,

Techie IT