जहाजको प्रतीक्षामा अन्तर्राष्ट्रिय विमानस्थल

Global IME
Mega Bank
Norvic Hospital
  • बिहीबार, १३ चैत, २०७६
  • 2 years ago
  • नेपाल

काठमाडौँ । कोभिड—१९ को जोखिम नियन्त्रणका लागि सरकारले देशभर लकडाउन गरेको आज तेस्रो दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शून्य अप्रेशनमा छ । अहिलेसम्म हेलिकप्टरको उद्धार (एक÷दुई वटा मात्रै उडान) उडानबाहेक कुनै पनि उडान भएको छैन । चीनबाट सामग्रीसहित जहाज आउने जनाइए पनि अहिलेसम्म कुनै पनि जानकारी नआएको विमानस्थलले जनाएको छ । विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले विमानस्थलमा हेलिकप्टरको उद्धार उडानबाहेक अहिलेसम्म कुनै पनि उडान नभएको र विमानस्थल सुनसान प्रायः रहेको बताए । उनले भने, “लकडाउनमा उडान नभए पनि विमानस्थल सञ्चालनमा छ, चीनबाट जहाज आउने कुरा भए पनि अहिलेसम्म विमानस्थललाई कुनै जानकारी आएको छैन । केही सञ्चारमाध्यमले जहाज विमानस्थलमा अवतरण गरेर फर्किसकेको लेखेका छन् त्यसमा कुनै सत्यता छैन, हामी विमानस्थलमै सेवामा छौँ ।”

 

यसको मतलब अहिलेसम्म कुनै पनि जहाज विमानस्थलमा अवतरण गरेका छैनन् र अहिलेसम्म उडानको त्यस्तो योजना पनि छैन । तर पनि अन्तर्राष्ट्रिय विमानस्थल जहाजको प्रतीक्षामा छ । आपत्कालीन, कार्गोलगायत उडान हुनसक्ने विमानस्थलले जनाएको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले पनि चीनबाट जहाज आउने कुरा भइरहेको तर कहाँबाट कस्तो जहाज आउने हो अहिलेसम्म कुनै जानकारी नभएको जानकारी दिए ।

 

“चीनबाट सामग्रीसहितको जहाज आउने कुरा भएको छ, कुन स्थानबाट कस्तो जहाज आउने भन्नेबारे अहिलेसम्म यकिन जानकारी आएको छैन”, उनले भने । यसैबीच सरकारले बुधबार निर्णय गरेअनुरुप स्वदेश फर्कन चाहने विदेशी नागरिकलाई नेपालको परराष्ट्र मन्त्रालयको समन्वयमा पहल भइरहेको बताइएको छ । सरकारको निर्णयअनुरुप विदेशी नागरिकलाई सम्बन्धित मुलुकमा पठाउनका लागि यहाँस्थित विदेशी दूतावासले परराष्ट्र मन्त्रालयमार्फत पहल गरिरहेको महानिर्देशक पोखरेलले बताए । सम्भवतः त्यस्ता नागरिकलाई यसैहप्ताभित्र विदेश पठाउने पहल भइरहेको र प्राधिकरणले अन्य सरोकार भएका निकायसँगको समन्वयका आधारमा यसैसाताभित्र उनीहरुलाई विदेश फकाउनेछ ।

 

महाप्रबन्धक पोखरेलले भने, “विदेशीले आफ्ना नागरिक लैजान चाहेमा यहाँको परराष्ट्र मन्त्रालयसँगको पहलमा त्यस्तो प्रक्रिया अघि बढ्छ, नेपालस्थित राजदूतावासले परराष्ट्र मन्त्रालयमार्फत पहल गरिरहेका छन् यो हप्ताभित्र त्यस्तो उडान हुनसक्छ ।” कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन सरकारले चैत ११ देखि १८ गतेसम्म देशभर ‘लकडाउन’ गर्ने निर्णय गरेको थियो । आपत्कालीन अवस्थामा सरकारले विशेष निर्णय गरेमा अर्थात् उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वको कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले निर्णय गरेमा आपत्कालीन उडान हुनेछ । यसअघि कोभिड –१९ को सम्भावित जोखिमलाई मध्यनजर गर्दै सरकारले यही चैत ९ गते मध्यरातिदेखि नेपालमा उडान भर्ने सबै अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको थियो । विमानस्थलबाट आन्तरिकतर्फ १० हेलिकप्टरसहित १९ र अन्तर्राष्ट्रियमा तीन नेपालीसहित ३० वटा वायु सेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

शिला उपहारको अवसर जुट्नु सौभाग्यः मुख्यमन्त्री अधिकारी

  • 7 minutes ago
शिला उपहारको अवसर जुट्नु सौभाग्यः मुख्यमन्त्री अधिकारी

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले कालीगण्डकी नदीको पवित्र शिला हिन्दूहरूको धार्मिकस्थल भारतको अयोध्यामा निर्माणाधीन रामको मूर्ति कुद्नका लागि हस्तान्तरण गर्न पाउँदा आफूलाई भाग्यमानी ठानेको

दबाब र प्रभावमा परेर काम नगर्न स्वास्थ्यमन्त्रीको निर्देशन

  • 12 minutes ago
दबाब र प्रभावमा परेर काम नगर्न स्वास्थ्यमन्त्रीको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले सेवा प्रवाहमा ढिलासुस्ती नगर्न पर्वतस्थित कार्यालय प्रमुखहरूलाई निर्देशन दिएका छन् । बिहीबार सङ्घ र प्रदेश मातहतका कार्यालय प्रमुखलाई निर्देशन दिँदै उनले एकद्

उपप्रधानमन्त्री लामिछानेको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदै

  • 16 minutes ago
उपप्रधानमन्त्री लामिछानेको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदै

सर्वोच्च अदालतले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा आज अन्तिम सुनुवाइ गर्ने भएको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ,



पर्यटन

खलङ्गा बजारमा सेताम्मे हिउँ

खलङ्गा बजारमा सेताम्मे हिउँ

खलङ्गा । लगातार दुई दिनसम्म परेको हिउँपश्चत् बिहीबार मौसम खुलेपछि देखिएको जुम्ला सदरमुकाम खलङ्गा बजारमा सेताम्मे हिउँ । तस्बिरः विजय रावत÷रासस

जीवनशैली

काजु खानुका यस्ता छन् ८ फाइदा

काजु खानुका यस्ता छन् ८ फाइदा

काजुमा प्रोटिनको मात्रा उच्च हुन्छ । त्यही भएर काजु खाने गर्नाले अनुहार चम्किलो बन्छ । काजुलाई पानीमा भिजाएर पिस्ने र यसरी बन्ने लेपले अनुहारमा मसाज गर्नाले अनुहार अझ बढी चम्किलो हुन्छ ।

विचित्र विश्व

रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।