विनोद चौधरीको कोरोना अनुभव

मलाई कोरोनाको संक्रमण देखिएको जानकारी गराएपछि जुन प्रकारको माया सद्भाव र शुभकामनाहरु तपाईहरुबाट पाएँ, त्यसबाट म साँच्चै भावविभोर भएको छु । मलाई कोरोनाले कुन बेला छोइसकेछ थाहै भएन । मान्छे न हो संक्रमण लागेको थाहा पाउनेबित्तिकै एकछिन त आत्तिए । तर, हिम्मत चाँही हारिन । खासै कुनै लक्ष्यण पनि देखिएका थिएन । साधरण रुघा र अलिकति टाउको भारीबाहेक खासै अन्य कुनै बाहिर प्रचारमा आएजस्तो लक्ष्यणहरु नदेखिएकोले पनि मलाई आफ्नो मनोवल उच्च राख्न मदत पुगेको थियो । कोरोनाको संक्रमण पुष्टि भएसँगै तत्काल मैले आफूलाई आइसोलेट गरें । नर्भिक (हस्पिटल)का डाक्टर विप्लव र उहाँहरुले खटाउनुभएका सिस्टर दिक्षाको निर्देशनमा आफ्नो जिवनचर्या अगाडि बढाउन थालें । जब सार्वजनिक रुपमा मलाई यो संक्रमणले छोएको कुरा ट्वीटमार्फत सार्वजनिक गरें, त्यसपछि आएको जुन किसिमको प्रतिक्रियाहरु थियो त्यो मेरो लागि सबैभन्दा ठूलो आत्मवलको स्रोत बन्यो । त्यसले मलाई साँच्चिकै सन्तोषको अनुभूति दियो । मैले साथीभाई इष्टमित्र तथा शुभचिन्तकहरु थुप्रै कमाएको रहेछु भन्ने लाग्यो । मैले पाएको जस्तै सकारात्मक सोच, सद्भाव र मायाको खाँचो हरेक संक्रमितले अपेक्षा गरेका हुन्छन् । 

 

म यो संक्रमण लागेर निको भइसकेको व्यक्तिको हैसियतले आफ्ना अनुभवमात्रै बाँड्न गइरहेको छैन । सबै संक्रमितहरुलाई पन्छाउने वा उनीहरुबाट पन्छिने होइन । उनीहरुलाई हामी सबैले यस्तै प्रकारको उत्साह बढ्ने, आत्मबल बढ्ने खालका अभिव्यक्तिहरुले सहयोग गर्नुपदर्छ । कोरोना खासै केही होइन भन्ने भ्रममा चाँही नबस्नुहोस् । साथसाथै यसका बारेमा सोसल मिडियामा अतिरञ्जित समाचारहरु प्रकाशित हुने गरेका छन्, त्यसको पनि खासै कुनै स्थान छ जस्तो मलाई लाग्दै । मेरो आफ्नो अनुभवमा यसको पहिलो लक्ष्यण भनेकै साधरण रुघाजस्तो हो । त्यो रुघालाई हामीले ज्वरोको रुपमा अगाडि बढ्न नदिनु, वा खोकीको रुपमा अगाडि बढ्न नदिनु भन्ने मलाई लाग्यो । पहिलो चरणको सबैभन्दा ठूलो चुनौति र सबैभन्दा पहिला गर्नुपर्ने प्रयास पनि त्यही नै हो । त्यसअर्थमा, मेरो बुझाइमा कोरोना भनेको एउटा यस्तो किसिमको संक्रमण हो त्यसको बारेमा कतिपयलाई त थाहा नै नपाईकन त्यो सायद गुज्रिसकेको हुन्छ । मान्छेले मलाई त एउटा साधरण रुघाखोकी लाग्यो भनेर त्यसलाई इग्नोर गरेका पनि होलान् । हाम्रोमा अत्यान्त न्युन रुपमा पिसिआर टेस्ट भइरहेको छ । यसअर्थमा यो झनै सान्दर्भिक छ । 

 

कोरोनाको लक्ष्यणचाँही खोकी तथा ज्वरो नै हो भन्ने प्रचार भइरहेको कन्टेक्सटमा म आह्वान  गर्न चाहान्छु कि त्यो समय आउनै नदिऔं । लागेको रुघालाई कुनै पनि हिसावले अघि बढ्न नदिऔं । यसलाई ठिक पर्ने तरिका सजिलो छ । मैले पनि यसै तरिकालाई अपनाए । प्रशस्त तातोपानी, अदुवा, बेसार, कागती साथसाथै प्रकृतिले दिएका गुर्जोजस्ता उत्पादनहरुको निरन्तर सेवन, अक्सिजन स्याचुरेसन र टेम्प्रेचरको मेजरमेन्ट जुन गर्नको लागि खासै प्रोफेसनल डाक्टरकै आवश्यकता पर्छ भन्ने छैन । र, आफ्नो नियमित ब्ययामको आवश्यकता पनि पर्छ । मेरो आफ्नो सन्दर्भमा चाँही मैले चाँही शारीरिक ब्ययामको साथसाथै प्रणायमसँग जोडिएको सुदर्शन क्रियालाई निरन्तरता दिएँ । मलाई लाग्छ यिनै कुराहरुले मैले कोरोनालाई पराजित गर्न सके । अत्यान्त साधरण सबैले गर्न सक्ने । यि कुराहरु अत्यान्तै साधारण र सबैले गर्न सक्ने खालका छन् ।

 

म पुनः भन्न चाहान्छु कि कोरोनासँग डराउनु पर्दैन । कोरोना अहिलेको रियालिटी हो । कुनै न कुनै रुपले यसँग सारा विश्व जुधिरहेको छ । अझै पनि कोरोनाको भ्याक्सिन आउनेबारे कुनै ठेगान छैन । आफूलाई कोरोना संक्रमितको नजिक जान नदिन वा यदी लक्ष्यणबिहिन कोरोना लागिसके पनि त्यसलाई फैलन नदिनको लागि गर्नुपर्ने सम्पूर्ण प्रयासहरु त गर्नुपर्छ । तर, यसबाट आत्तिएर समस्याको समाधान हुँदैन । उच्च आत्मवलको राख्नुपर्छ । साथै आफूलाई परिवारका सदस्यहरुबाट पनि आइसोलेट गर्नुपर्छ । मैले मेरै परिवारका सदस्यहरुलाई कौशीबाट हात हल्लाएर भेट्थे । उनीहरुलाई नजिक आउन दिइन । र यिनै कुराहरुले मलाई मदत् गर्यो भन्ने म ठान्दछु । म फेरि पनि यहाँहरुबाट पाएको अपार प्रेम, सद्भावका लागि हृदयदेखि नै धन्यवाद् दिन चाहान्छु ।

 

सांसद तथा व्यवसायी विनोद चौधरीले शनिबार सामाजिक सञ्जालमार्फत् एक सूचना पोस्ट गर्दै आफू कोरोना संक्रमणबाट मुक्त भएको जानकारी दिए । कोरोना पुष्टि भएपछि १० दिनसम्म आइसोलेसनमा बसेपछि उनी संक्रमणमुक्त भएका हुन्। उनलाई गत १२ गते कोरोना पोजेटिभ देखिएको थियो।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

के पुनर्जन्म हुन्छ ?

  • 1 hour ago
के पुनर्जन्म हुन्छ ?

एजेन्सी । पुर्नजन्म अथवा पुर्वजन्मको कुरा याद आएका घटनाहरू समय समयमा आइरहन्छन् । विज्ञानले यस्तो कूरालाई पुर्ण रूपमा स्वीकार गर्दैन तर वेद पुराणमा मानिसको आत्माको यात्रा निरन्तर चलिरहने कुरा स्पष्ट रू

गर्भवती महिलाका लागि यो खानेकुरा हुन्छ हानिकारक

  • 2 hours ago
गर्भवती महिलाका लागि यो खानेकुरा हुन्छ हानिकारक

एजेन्सी । गर्भवती महिलाहरुका लागि पास्ता सेवन खतरा हुनसक्ने आयुर्वेदका विज्ञहरु बताउँछन् । साथै पास्तालाई मानिसको स्वास्थ्यमा हानी पुर्‍याउने खाद्यको रुपमा समेत लिएका छन् ।

रिमाबारे रोचक कुराहरु

  • 2 hours ago
रिमाबारे रोचक कुराहरु

काठमाडौँ । नेपाली फिल्म जगतकी चर्चित सेलिब्रिटी हुन् रिमा विश्वकर्मा । उनी मोडल, अभिनेत्री, भिजे, टेलिभिजन प्रस्तोता हुन् । नेपाल आइडलपछि त झन् उनको चर्चा चुलिएको थियो ।



पर्यटन

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

पनौती । काभ्रेपलाञ्चोकको रोशी गाँउपालिका–२, काफलडाँडामा रहेको तिनधारा झरना आन्तरिक पर्यटकहरुको केन्द्र बन्न थालेको छ । सामाजिक सञ्जालमा आकर्षक झरनाको तस्बिर देखिपछि आफ्ना साथीसँग वा परिवारसँग झरनामा रमाउन आउनेहरुको भिड लाग्न थालेको छ ।

जीवनशैली

गर्भवती महिलाका लागि यो खानेकुरा हुन्छ हानिकारक

गर्भवती महिलाका लागि यो खानेकुरा हुन्छ हानिकारक

एजेन्सी । गर्भवती महिलाहरुका लागि पास्ता सेवन खतरा हुनसक्ने आयुर्वेदका विज्ञहरु बताउँछन् । साथै पास्तालाई मानिसको स्वास्थ्यमा हानी पुर्‍याउने खाद्यको रुपमा समेत लिएका छन् ।

विचित्र विश्व

के पुनर्जन्म हुन्छ ?

के पुनर्जन्म हुन्छ ?

एजेन्सी । पुर्नजन्म अथवा पुर्वजन्मको कुरा याद आएका घटनाहरू समय समयमा आइरहन्छन् । विज्ञानले यस्तो कूरालाई पुर्ण रूपमा स्वीकार गर्दैन तर वेद पुराणमा मानिसको आत्माको यात्रा निरन्तर चलिरहने कुरा स्पष्ट रूपमा लेखिएको छ ।