बायोमेट्रिक्स हाजिरीले थपेको सहजता

Global IME
Mega Bank
Norvic Hospital

इलाम ।  इलामको सूर्योदय नगरपालिकाका सामुदायिक विद्यालयमा राखिएको बायोमेट्रिक्स डिजिटल हाजिरी प्रभावकारी बन्दै गएको छ । 

 

नगर प्रमुखले कार्यकक्षमै बसेर शिक्षक विद्यालय आए अनाएको निरीक्षण गर्न पाउने भएपछि सो प्रविधि प्रभावकारी भएको हो । सबै शिक्षक आए नआएको र अनुगमन गर्न सम्बन्धित विद्यालय पुग्नु नपरेपछि समयको बचत भएको नगरपालिकाका प्रवक्ता पेमा उगेन लामाले जानकारी दिए । 

 

नगर प्रमुख रणबहादुर राईले आफ्नो कार्यकक्षबाट नै कतिजना शिक्षक विद्यालय हाजिर भएको, कतिजना नआएको साथै पूरा समय विद्यालय बसे नबसेको कार्यालयबाट नै जानकारी लिने गरेका छन् ।

 

राइले भने, “यो विद्यालयमा राखिएको यो प्रविधि नेपालकै पहिलो हो ।” अन्य संघ संस्थामा यो प्रविधि जडान भए पनि सामुदायिक विद्यालयमा राखिएको बायोमेष्ट्रिक हाजीरी पहिलो भएको उहाँको तर्क छ । 

नगरका तीनवटा विद्यालयमा सो प्रविधि शुरु गरिएको छ । नगरपालिकाका फिक्कल मावि, कृष्णाश्रम मावि र करफोक माविमा पहिलो चरणमा बायोमेट्रिक हाजिरी प्रणाली सञ्चालन गरिएको छ । 

 

सामुदायिक विद्यालयको नतिजा राम्रो नहुने, शिक्षक, शिक्षिका नियमित विद्यालय नआउने लगायतका गुनासाको सम्बोधन हुने आशाले विद्यालयमा बायोमेट्रिक्स हाजिरी मेसिन राख्न शुरु गरिएको नगरपालिकाले जनाएको छ । 

 

शिक्षक विद्यालय आए पनि पूरा समय विद्यालय नबस्ने भएपछि विद्यालय आइसकेपछि शुरुमा र विद्यालय छुट्टी भइसकेपछि दुई पटक हाजिरी गर्ने व्यवस्था मिलाइएको छ । 

 

सूर्योदय नगरपालिकामा १५ वटा माध्यमिक विद्यालय छन् । पहिलो चरणमा तीन वटा विद्यालयमा राखिएको हाजिरी मेसिन प्रभावकारी भएपछि दोस्रोचरणमा अन्य विद्यालयमा सो प्रविधि राख्ने तयारी भइरहेको नगरपालिकाले जनाएको छ । 

 

पहिलो चरणमा तीनवटा विद्यालय र दुईवटा प्राथमिक स्वास्थ्य केन्दमा सो प्रविधि राखिएको छ । सूर्योदय नगरपालिकाभित्र रहेका प्राथमिक स्वास्थ्य केन्द्र फिक्कल र प्राथमिक स्वास्थ्य केन्द्र पशुपति नगरमा यो प्रविधि सञ्चालनमा ल्याइएको छ । 

 

विद्यालय र प्राथमिक स्वास्थ्य स्कुलमै राखिएको डिजिटल मेसिनमा शिक्षक र स्वास्थ्यकर्मीले हातका औंठाले छोएर हाजिर गरेको नगरपालिकामा रेकर्ड जाने गर्दछ । नगरपालिकाले त्यसका लागि छट्टै कम्प्युटरको व्यवस्था गरेको छ । नगरपालिकाका प्रमुख रणबहादुर राईले यो प्रविधि प्रभावकारी भएको भएको बताउँदै अझ अन्य विद्यालयमा थप गर्ने हौसला बढेको वताए । 

 

एउटा विद्यालयमा रु २० देखि ३० हजारमा यो प्रविधि जडान गर्न सकिने बताइएको छ । यो प्रविधि खासै खर्चिलोसमेत नभएकाले सबै विद्यालय र कार्यालयमा थप्न सकिने प्रवक्ता लामाले बताए । 

 

नगरपालिकाले नगरका सबै घरको लगत सर्वेक्षणसमेत डिजिटल प्रविधिबाट नै गरेको छ । नगरवासीले नगरपालिकाले राखेको आफ्नो रेकर्ड घरमा बसीबसी हेर्न मिल्ने व्यवस्था समेत मिलाइएको जनाइएको छ । 

 

नगरपालिकाभित्रका बासिन्दाको व्यक्तिगत विवरण एकीकृत सम्पत्ति करको रेकर्डलगायतको विवरण डिजिटल प्रणलीमार्फत नै गर्न शुरु गरिएको । यसै वर्षबाट एउटा विद्यालय छनोट गरेर बिहान ७ बजेबाट नै विद्यालय सञ्चालन हुने बताइएको छ । 

 

बेलुका समेत ६ बजेमात्र विद्यालय छुट्टी हुने भएकाले सबै शिक्षक र विद्यार्थीको खाना र खाजा खर्चसमेत विद्यालयले नै व्यहोर्ने बताइएको छ । पाइलोट प्रोजेक्टका रुपमा एउटा विद्यालय छनोट गरेर काम अगाडि बढाइने प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भट्टराईले जानकारी दिए । 

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

गण्डकी प्रदेशसभाको बैठक बस्दै

  • 26 minutes ago
गण्डकी प्रदेशसभाको बैठक बस्दै

गण्डकी प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । बैठकमा ‘विनियोजन ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’माथि छलफल हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका कानुन अधिकृत कुमार रिजालले जानक

प्रयोग नै नगरी थन्कियो दमकल

  • 2 hours ago
प्रयोग नै नगरी थन्कियो दमकल

‘ब्याट्री डाउन’ भएर ‘स्टार्ट’ नै नहुने भएपछि खोटेहाङ गाउँपालिकाको बारुणयन्त्र (दमकल) दुई वर्षदेखि थन्किएर बसेको छ । प्रदेश नं १ नं सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विसं २०७७ असोज २९ गते गा

Paul Shah to be presented before court

  • 3 hours ago
Paul Shah to be presented before court

The High Court Pokhara has issued an order to present act Purna Bikram (Paul) Shah before the court. Shah is currently in Tanahun Jail after the Nawalpur court found him guilty in the case of child mo



पर्यटन

पर्यटकलाई लोभ्याउँदै बाघको मूर्ति

पर्यटकलाई लोभ्याउँदै बाघको मूर्ति

कालीगण्डकी नदीको किनार, बेगसहित सुसाउँदै गरेको नदीको गुञ्जयमान आवाज । वरपर मनोरम हरियाली रुख बिरुवाका बीच बाघको मूर्ति । उक्त स्थल यतिखेर पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ ।

जीवनशैली

ध्यान गर्नुका फाइदाहरु

ध्यान गर्नुका फाइदाहरु

पछिल्लो समय ध्यानको लोकप्रियता बढ्दै गएको छ । धेरै मानिसहरूलाई यसबाट स्वास्थ्य लाभहरू प्राप्त हुनेबारे थाहा भएसँगै ध्यानको महत्व बढ्दै गएको छ । यसलाई तनाव कम गर्न र एकाग्रता विकास गर्ने तरिकाको रूपमा लिइन्छ ।

विचित्र विश्व

रुससँगको युद्ध थप उग्र हुने, अमेरिकाले युक्रेनलाई २.२ अर्ब डलर दिने, फ्रान्स, इटालीले क्षेप्यास्त्र प्रणाली दिने

रुससँगको युद्ध थप उग्र हुने, अमेरिकाले युक्रेनलाई २.२ अर्ब डलर दिने, फ्रान्स, इटालीले क्षेप्यास्त्र प्रणाली दिने

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध भएको एक वर्ष पुग्न लागेको छ । फागुन २४ गते यस युद्धको एक वर्ष पूरा हुनेछ । तर, युद्ध जारी छ। कहिले रुसले तिब्र गतिमा आक्रमण गर्छ, कहिले युक्रेनले बदला लिन्छ। तर, यो युद्धमा युक्रेन एक्लैले रुससँग प्रतिस्पर्धा गर्न सक्दैन । त्यसैले नेटोका सदस्य राष्ट्रहरूले युक्रेनलाई निरन्तर सहयोग गरिरहेका छन् । यसै क्रममा अमेरिकाले फेरि युक्रेनलाई सहयोग गरिरहेको छ ।