'जवाफी फायरिङ बकवास', सर्च अप्रेशनकाे उपलब्धी सुदर्शनकाे चश्मा र औषधी

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital
फाइल फाेटाे

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गत चैत ५ गते काभ्रेपलाञ्चोकमा आफ्ना कार्यकर्ताले गोली चलाएपछि प्रहरीले जवाफी फायरिङ गरेको भन्ने प्रचारबाजीलाई ‘बकवास’ भनेको छ ।

 

नेकपाको मध्य कमाण्ड इन्चार्ज सुदर्शनले बिहीबार एक विज्ञप्ति जारी गर्दै आफ्ना निहत्था कार्यकर्ताले प्रहरीमाथि गोली चलाएको भन्ने प्रचारबाजी बकवास भएको जनाएको हो ।

 

मंगलबार काभ्रेस्थित रोशी गाउँपालिकाको काफलडाँडामा सुराकीको आधारमा विशेष सर्च अप्रेशन चलाएको थियो । सो क्रममा विप्लव समूहका कार्यकर्ताले गोली चलाएपछि जवाफी फायरिङ गरेको प्रहरीले दाबी गरेको थियो ।

 

प्रहरी दाबीलाई खण्डन गर्दै विज्ञप्तिमा प्रहरी आफैले एकतर्फी गोली चलाएको आरोप लगाइएको छ । विज्ञप्तिमा सिआईबीका नाममा परिचालित प्रहरीको खुफिया एजेन्सीले जनयुद्धकालमा भैरवनाथ गणको भूमिका निर्वाह गरिरहेको आरोप समेत लगाएको छ ।

 

यसैबीच प्रहरीले भने उक्त कारबाहीमा अपेक्षित सफलता हासिल गर्न सकेको देखिएको छैन । प्रहरीका अनुसार विशेष सुराकीका आधारमा उनीहरू विप्लव समूहका मध्य कमाण्डका नेता हेमन्तप्रकाश वली ‘सुदर्शन’लाई पक्राउ गर्न त्यहाँ पुगेका थिए । 

 

मंगलबार एसपी सोमेन्द्रसिंह राठौरको नेतृत्वमा नायब उपरीक्षक (डीएसपी) रुगम कुँवरसहितको टोलीले काफलडाँडा चलाएको २० घण्टे सर्च अप्रेशनमा नेता सुदर्शनको चश्मा र औषधी मात्रै भेटिएको समाचारहरूमा जनाइएकाे छ ।

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

गुड्दागुड्दैको बसमा आगो लागेपछि...

  • 9 hours ago
गुड्दागुड्दैको बसमा आगो लागेपछि...

हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित कदुवा नजिकैको घुम्तीमा गुडिरहेको बसमा आगलागी भएको छ ।

आर्सनलले टोटेनहमलाई हरायो

  • 10 hours ago
आर्सनलले टोटेनहमलाई हरायो

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनलले सहज जित निकालेको छ । शनिबार साँझ सम्पन्न खेलमा आर्सनलले टोटेनहमलाई ३-१ गोलले पराजित गरेको हो ।

त्रिभुवन विमानस्थलको पाँच किलोमिटरभित्र ड्रोन उडाए कारबाही हुने

  • 12 hours ago
त्रिभुवन विमानस्थलको पाँच किलोमिटरभित्र ड्रोन उडाए कारबाही हुने

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पाँच किलोमिटर क्षेत्रभित्र ड्रोन उडाउनेलाई कारबाही गरिने जनाएको छ ।



पर्यटन

तालबाराही मन्दिरमा भक्तजनको घुइँचो

तालबाराही मन्दिरमा भक्तजनको घुइँचो

कास्की । नवरात्रको समय पारेर शनिबार पोखराको फेवाताल बिचमा रहेको तालबाराही मन्दिर दर्शन गर्ने भक्तजनको घुइँचो । तस्बिरः जमुना वर्षा शर्मा, रासस

जीवनशैली

भुलेर पनि दुर्गा मातालाई नचढाउनुहोस यी फूलहरु: वास्तुशास्त्र

भुलेर पनि दुर्गा मातालाई नचढाउनुहोस यी फूलहरु: वास्तुशास्त्र

एजेन्सी । सनातन धर्ममा दिनहुँ देवी देवताको पूजा गरिन्छ। नवरात्री २०२२ मा पनि ९ दिनमा हरेक दिन विभिन्न देवीदेवताको पूजा गरिन्छ । भगवान लक्ष्मीको आशीर्वाद प्राप्तिका लागि देवीलाई प्रसन्न पार्न वास्तु उपाय पनि अपनाउँछन्।

विचित्र विश्व

युक्रेनमा रुसको डरलाग्दो क्षेप्यास्त्र आक्रमण, ३० जनाको मृत्यु, ८८ जना घाइते

युक्रेनमा रुसको डरलाग्दो क्षेप्यास्त्र आक्रमण, ३० जनाको मृत्यु, ८८ जना घाइते

एजेन्सी । युक्रेनको जापोरिझिया शहरमा शुक्रबार रुसी क्षेप्यास्त्र आक्रमणमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ भने ८८ जना घाइते भएको युक्रेनी अधिकारीहरूलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ ।