‘विप्लव’ समूहका कार्यकर्ताले वडा कार्यालय जलाएको भन्दै किटानी जाहेरी

Global IME
Mega Bank
Norvic Hospital

डोटी । जिल्लाको शिखर नगरपालिका–७ को वडा कार्यालयमा आगजनी गरेको भन्दै सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ता दीर्घबहादुर कुँवरविरुद्ध जिल्ला प्रहरी कार्यालय डोटीमा किटानी जाहेरी परेको छ । आगलागीबाट वडा कार्यालयमा भएका सम्पूर्ण कागजात, फर्निचर, भवन सबै सखाप भएको भन्दै वडाध्यक्ष नरबहादुर बलायरले कुँवरविरुद्ध किटानी जाहेरी दिएका हुन् । उक्त वडा कार्यालयमा यही साउन १२ गते राति आगजनी गरिएको थियो । 

 

त्यस्तै गत साउन ७ गते डोटीकै जोरायल गाउँपालिका–४ को वडा कार्यालयमा पनि अज्ञात समूहले आगजनी गरेको थियो । आगजनीबाट वडाध्यक्ष र वडासचिवको कार्यकक्षमा रहेका सम्पूर्ण कागजात, फर्निचरलगायतका सामग्री जलेर नष्ट भएका छन् । घटनास्थलमा भेटिएको मोबाइल सेटको आधारमा प्रहरीले एक शङ्कास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको भए पनि नाम भने सार्वजनिक गरेको छैन ।

 

वडाध्यक्ष नन्दलाल भट्टले विप्लव समूहका स्थानीय एक कार्यकर्ताको संलग्नता भएको हुनसक्ने आशङ्का गरेपछि प्रहरीले मोबाइल र वडाध्यक्षको भनाइलाई आधार मानेर पक्राउ गरेको बताइएको छ । त्यस्तै गएको जेठको १४ गते राति बडीकेदार गाउँपालिका–४ मान्नाकापडीको वडा कार्यालयमा पनि आगजनी भएको थियो । वडा कार्यालय पूर्णरूपमा क्षति भएको वडाध्यक्ष वीरेन्द्र केसीले बताए । विप्लव समूहले नै आगजनी गरेको अड्कल र किटान गर्दै अहिले आगजनीमा परेका वडा कार्यालयका वडाध्यक्ष किटानी जाहेरी दिन लागिपरेका छन् ।

 

जिल्लामा रहेका स्थानीय तहका वडा कार्यालयमा सो पार्टीको संलग्नतामा नै आगजनी हुने गरेको निष्कर्ष निकाल्दै यहाँका जनप्रतिनिधि विप्लव समूहसँग आक्रोशित हुन थालेको स्थानीयवासी बताउँछन् । उनीहरु भन्छन्, “गलत गरेको भए कानूनी बाटो खोजौं, जनताका संरचना जलाएर के काम ।”

 

जिल्लामा एकपछि अर्को गरी वडा कार्यालयमा आगो लागेपछि जनप्रतिनिधिमा केही त्रास बढेको बताइएको छ । “तीन कार्यालयमा आगो लागिसक्यो, कुनै कारवाही भएको देखिँदैन”, शिखर नगरपालिका–१ का वडाध्यक्ष खडकबहादुर शाहीले भने, “आगो लाग्दै गर्ने, पक्राउ कोही नपर्ने हो भने अपराधीको मनोबल बढ्छ, गलत गर्नेलाई कानूनी सजाय हुनुपर्छ ।”

 

उता जिल्ला कार्यालय डोटीका प्रमुख विद्यानन्द माझीले वडा कार्यालयमा आगजनी भएको घटनाको सूक्ष्म अनुसन्धान भइरहेको बताए । उनले भने, “शिखर र जोरायलको घटनामा संलग्न भएका केही पक्राउ परेका छन्, बडीकेदारमा आगजनी गर्नेको खोजी हुँदै छ, चाँडै सबै पक्राउ हुनेछन् ।”


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

नेकपा माओवादी केन्द्रले नेताहरूको वरीयता तोकियो (सुचीसहित)

  • 12 minutes ago
नेकपा माओवादी केन्द्रले नेताहरूको वरीयता तोकियो (सुचीसहित)

काठमाडौँ । नेकपा माओवादी केन्द्रले पदाधिकारी र स्थायी समिति सदस्यहरुको वरीयता निर्धारण गरेको छ ।

अमेरिकाको दाबी रुसद्वारा अस्वीकार

  • 32 minutes ago
अमेरिकाको दाबी रुसद्वारा अस्वीकार

एजेन्सी । रुसले नयाँ रणनीतिक हतियार न्यूनीकरण सन्धि (नयाँ स्टार्ट) को पालना नगरेको भन्दै संयुक्त राज्य अमेरिकाले गरेको दाबीलाई मस्कोले दृणतापूर्वक अस्वीकार गरेको छ ।

त्रिशूली जलविद्युत् केन्द्रको आधुनिकीकरण गरिदै

  • 34 minutes ago
त्रिशूली जलविद्युत् केन्द्रको आधुनिकीकरण गरिदै

काठमाडौ । नेपाल विद्युत् प्राधिकरणले नुवाकोटको बिदुर नगरपालिका–९ त्रिशूली बजारस्थित त्रिशूली जलविद्युत् केन्द्रको जीर्णोद्धार तथा आधुनिकीकरण सुरुआत गरेको छ ।



पर्यटन

किस्पाङ गुम्बा

किस्पाङ गुम्बा

नुवाकोट । नुवाकोटको किस्पाङ गाँउपालिका–३ मा अवस्थित प्रसिद्ध किस्पाङ गुम्बा । भारतको कर्नाटकस्थित स्यार गादेन बुद्धिष्ट कल्चरल एसोसिएशन गुम्बासँगको समन्वयमा किस्पाङ गुम्बाले लामा अध्ययनको प्रारम्भिकदेखि पिएचडी तहसम्मको अध्ययनको प्रबन्ध मिलाएको छ । तस्बिरः रामहरि न्यौपाने÷रासस

जीवनशैली

घरमा रातो रंगका वस्तुहरू यस दिशामा राख्नुहोस्

घरमा रातो रंगका वस्तुहरू यस दिशामा राख्नुहोस्

एजेन्सी । यदि हामीले आफ्नो जीवनमा वास्तुशास्त्रका नियमहरू लागू गर्यौं भने हामीलाई सफल हुनबाट कसैले रोक्न सक्दैन।