पञ्चायतकालदेखि गणतन्त्रसम्म भोगेकी प्रेरक महिला विष्णुदेवी

Norvic Hospital

काठमाडौँ । संसारमा धेरै प्रकारका मानिसहरूको जन्म हुन्छ, जसरी हरेक मानिसका आवरण फरक हुन्छन्, त्यसरी नै इच्छा, चाहना र क्षमता फरक–फरक हुन्छन् । जस्तो देखिन्छ, त्यो सत्य नहनु पनि सक्छ । कुनै कुनै घटनाहरू कल्पनाभन्दा फरक पनि हुन्छन् । जसरी कालान्तरदेखि नै युगीन परिवर्तनको लागि उमेर, जवानी, गाली, घृणा, सबै सबैको सामना गर्दै समाजमा सच्चा नागरिक भएर बाँच्न र विकासलाई आत्मसाथ गर्दै अगाडि बढ्दै आएकी एक कर्मठ, मेहनती, शालिन र दृढ स्वभावकी व्यक्तित्व हुन् – विष्णुदेवी पुडासैनी । केही गर्न चाहनेहरुको निम्ति उदाहरणीय र प्रेरणादायी महिलाहरू हुनुहुन्छ उनी ।  

 

कागेश्वरी नगरपालिका वडा नंं ३ भद्रवास स्थानीय घर भएकी पुडासैनी सानैदेखि सामाजिक क्षेत्रमा अग्रसर थिए । उनी आफूलाई सामाजिक भावका प्रेरकको रुपमा अंगुरबाबु जोशीलाई सम्झिन्छिन् । जीवन उपभोग गर्नका लागि मात्र पाएको होइन, जीवन सदुपयोग गर्नु मानवीय प्राणत्व हो भन्ने उनको दृष्टिकोण छ । उनले पञ्चायतकालदेखि नै आफूलाई सामाजसेवामा समर्पित गर्दै आइरहेकी छिन् । उनी भन्छिन् – ‘विगतमा हाम्रो जस्तो पितृसत्तात्मक मुलुकमा महिलाले गरेका निर्णय र विचारलाई स्वीकार्न नसक्ने अवस्था थियो ।’ जसका विरुद्धमा उनी वि.सं. २०४९ सालमा गाविस अध्यक्ष रही काम गरिसकेकी छिन् । 

 

२०÷२१ वर्षको कलिलै उमेरमा समाजसेवामा समर्पित हुने अवसर मिलेको समेत भेटका क्रममा उनले बताइन् । राजनीतिसँगै धार्मिक कार्यहरूमा समेत प्रगाढ आस्था राख्नुहुने उनले स्थानीय मठमन्दिर र देवालयहरूको निर्माणसमेत सक्रिय टेवा पु¥याउँदै आइरहेको छ ।  

 

वि.सं. २०३३ सालमा गाउँफर्क अभियानमा वडा नंं ९ को वडाध्यक्ष समेत रहेर सामाजिक कार्य गर्दे चेतनामूलक राजनीतिमा नेतृत्वदायी भूमिका उनले निर्वाह गरिसकेको छ । किताबको ज्ञाान सानै उमेरमा लिन नपाएकै कारण एकैपटक कक्षा आठमा भर्ना भई शिक्षारम्भ गर्नुभएकी विष्णु चेतनाको ज्ञानलाई परिचालन गर्दै अगाडि बढेकी छिन् । पञ्चायती व्यवस्थाको विरोधी भएकै कारणले उनले आफ्नो वडाअध्यक्ष पदबाट राजीनामा दिनुपरेको समेत उनीसँग कटु अनुभव छ । 

 

विकास भनेपछि त सामाजका आँखा ठूलो हुन्छन् तर उनले खहरे, बाटोघाटो, स्वास्थ्यचौकीजस्ता स्थानीय तहका कामलाई प्राथमिकता साथ अगाडि बढाएकी छिन् । विष्णुदेवी भन्छिन्– ‘आजसम्म जेजति गरेँ, अब गर्न नसकुँला तर अब भने स्थानीय सरकारलाई नै सम्पूर्ण जिम्मा दिन चाहन्छु ।’ महिला गाविस अध्यक्ष समेत रहेकी विष्णुदेवी आफू सीप सिकेर आत्मनिर्भर हुन सबैलाई उत्प्रेरित गरिरहन्थिन् । उनको सक्रियतामा सुन्दरीजलमा सुन्दरीमाईको अगाडि बस्न मिल्ने ठाउँ बनाइन् । त्यहाँ उनले सीपमुलक तालिमहरू समेत सञ्चालन गरिरहेको छ । 

 

डाँछीदेखि भद्रवाससम्म बाटो पिच गर्ने कार्यमा समेत पुडासैनीको उल्लेख्य योगदान रहेको छ । उनी भन्छिन् –‘अहिले भद्रवासमा भद्र, बुद्धिजीवि र विकासप्रेमी मानिसहरू कम हुँदै गएका छन् ।’ 

 

महिलाहरूलाई चुलाचौकोबाट बाहिर निकाल्नका लागि विभिन्न सीपमुलक तालिम प्रदान गर्दै आएकी थिइन् । सहकारीको अवधारण शुरुवात गर्दे महिलालाई वचत नै आम्दानी हो भन्ने अवधारणा बसाल्दै आज वचत गर्ने बानी विकास हुनका साथै धेरैजनाले रोजागरी समेत पाएका छन् । यो देख्दा लाग्छ शुरु गर्नु नै सफलताको सूचक रहेछ भन्ने अनुभूति गर्छिन् ।‘राउण्ड टेवल टु’ संस्थासँग मिलेर काठमाडौँका विभिन्न विद्यालय तथा प्लसटुका विद्यार्थीहरूलाई छात्रावृत्ति तथा शैक्षिक सामग्री वितरणमा समेत उनको महत्वपूर्ण योगदान रहेको छ । 

 

शिक्षाले जीवनलाई सरल रुपमा अगाडि बढाउन मद्दत गर्दछ । तर शिक्षा लिन नसक्ने व्यक्तिहरूलाई हौसला दिँदै विष्णुदेवी भन्छिन् –‘शिक्षाशक्तिले भन्दा इच्छा शक्तिले काम पूरा गर्न सकिन्छ ।’ उनको त्यस्ता व्यक्तिहरूलाई सिपमुलक कार्यक्रम लक्षित भई लाग्न अनुरोध गर्छिन् । ठूलो कुरा गरेर होइन सीप सिकेर सदुपयोग गर्नु जीवन जिउने आधार सबैको निम्ति महत्वपूर्ण कुरा हो भन्छिन् उनी । जीवनमा सानै उमेरदेखि संघर्षशील रहँदै आएकी विष्णुदेवीलाई युवाहरू विदेश पलायन भएको पटक्कै मन पर्दैन । उनी भन्छिन् –‘युवाहरूको विदेश पलायन रहर होइन, बाध्यता हो । तसर्थ, सरकारीस्तरबाटै युवा पलायन रोक्ने कार्यक्रमहरू सञ्चालन गर्नु जरुरी देखिन्छ । यदि  युवाहरूलाई स्वदेशमा नै रोजगारी सिर्जना गरी युवा जोश र पसिना नेपालमै बगाउने वातावरण सिर्जना गर्नु सक्नुपर्छ – विष्णुदेवी पुडासैनी ।

 

६८ वर्षीय विष्णुदेवी पुडासैनीले पञ्चायतकालदेखि गणतन्त्र अवधिको समेत अनुभव गरिसकेकी छिन् । उनी धुम्रपान र मदिरारहित समाज हेर्न चाहन्छिन् । असल शासन अमनचैनको प्रत्याभूति दिलाउने कार्यमा सदैव सबैलाई उत्प्रेरित गर्दै आइरहेकी छिन् । र, आफू बसोबास गरेको क्षेत्र भद्रबास क्षेत्रलाई अझै भद्र र सभ्य पहिचान दिलाउने इरादा मनमरि साँच्चै सामाजिक सेवा कार्यमा दत्तचित्त भई लागिपरिरहेकी छिन विष्णुदेवी पुडासैनी अझै ।  


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

तिता कुरा बिर्सेर नेतृत्वलाई सहयोग गर्न डा. लोहनीको आग्रह

  • 6 hours ago
तिता कुरा बिर्सेर नेतृत्वलाई सहयोग गर्न डा. लोहनीको आग्रह

काठमाडौँ । राप्रपाका निवर्तमान अध्यक्ष डा. प्रकाश चन्द्र लोहनीले तिता कुरा बिर्सेर नेतृत्वलाई सहयोग गर्न आग्रह गरेका छन्। नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथ तथा प्रमाणपत्र वितरण कार्यक

पेक्रेसेले सन् २०२२ को राष्ट्रपतीय निर्वाचनका लागि फ्रान्सको लेस रिपब्लिकन पार्टीको प्रतिनिधित्व गर्ने

  • 6 hours ago
पेक्रेसेले सन् २०२२ को राष्ट्रपतीय निर्वाचनका लागि फ्रान्सको लेस रिपब्लिकन पार्टीको प्रतिनिधित्व गर्ने

एजेन्सी । फ्रान्सको इले–डे–फ्रान्स क्षेत्रका अध्यक्ष भ्यालेरी पेक्रेसेले शनिबार पार्टीको चुनाव जितेर अप्रिल २०२२ मा हुने राष्ट्रपति चुनावमा लेस रिपब्लिकन पार्टीको प्रतिनिधित्व गर्नेछन् ।

सूर्य नेपाल गल्फ सोमबारबाट

  • 7 hours ago
सूर्य नेपाल गल्फ सोमबारबाट

काठमाडौँ । सूर्य नेपाल गल्फ टूर २०२१/२२ प्रतियोगिता भोलि (सोमबार) बाट सुरू हुने भएको छ। आयोजक प्रोफेस्नल गल्फर एसोसिएसनले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता सोमबारबाट सुरू भइ बिहीबार समापन हुने



पर्यटन

सिर्के चरा

सिर्के चरा

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र कालागौंडीमा देखापरेको कालो सिर्के चरा ।

जीवनशैली

घर र अफिसमा प्रयोग गर्नुहोस् यी फर्निचर, फाइदा हुनेछः वास्तुशास्त्र

घर र अफिसमा प्रयोग गर्नुहोस् यी फर्निचर, फाइदा हुनेछः वास्तुशास्त्र

एजेन्सी । आज वास्तुशास्त्रमा घर र कार्यालयका फर्निचरको प्रयोग बारे जान्नुहोस्। यदि तपाईं घर वा कार्यालयमा काठसँग सम्बन्धित कुनै काम सुरु गर्न चाहनुहुन्छ भने, ध्यान राख्नुहोस् कि काठको कामको लागि सधैं दक्षिण वा पश्चिम दिशाबाट सुरु गर्नुहोस् र उत्तर वा पूर्व दिशामा समाप्त गर्नुहोस्।

विचित्र विश्व

विश्वभर ओमिक्रोनको त्रास, हालसम्म कतिवटा देशमा भेटियो कोरोनाको यो भेरियन्ट ?

विश्वभर ओमिक्रोनको त्रास, हालसम्म कतिवटा देशमा भेटियो कोरोनाको यो भेरियन्ट ?

एजेन्सी । दक्षिण अफ्रिकामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पत्ता लागेदेखि विश्वभर फैलिने क्रम जारी रहेको छ । ओमिक्रोन श्रीलंका, भारत, जापान, मलेसिया, सिंगापुर र दक्षिण कोरिया जस्ता एसियाली राष्ट्रहरू सहित दुई दर्जन भन्दा बढी देशहरूमा फैलिएको छ।