सचिवालय बैठक सार्ने प्रस्ताव लिएर पौडेल पुगे खुमलटार

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र देखिएको विवाद मिलाउनको लागि अर्थमन्त्रीसमेत रहेका पार्टी महासचिव विष्णु पौडेलको सक्रियता बढ्दो छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली समूहका विष्णु पौडेलले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि जारी राजनीतिक घटनाक्रमबारे छलफल गरिरहेका छन् ।

 

ओलीसँग निरन्तर छलफलमा रहेका उनै पौडेले मंगलबार बिहान प्रचण्ड निवास खुमलटार पुगेका छन् । शुक्रबार बसेको पार्टीको सचिवालय बैठकमा प्रचण्डले ओलीको कार्यशैली र चिन्तनपद्धतीको आलोचना गरेको लिखित प्रस्ताव पेश गरेपछि ओली रुष्ट बनेका छन् । उनले प्रचण्डको प्रस्तावको जवाफ नै नदिने  बताइरहेको बेला महासचिव भने दुवै अध्यक्षलाई मिलाउन मध्यमार्गीको भूमिका खेलिरहेका छन् । पार्टी संकटको बेला बढ्ने उनको सक्रियताले पनि यही कुराको पुष्टि गर्छ ।

 

खुमलटार पुगेर आज बिहान प्रचण्डसँग भएको भेटवार्तामा पौडेलले पार्टीको विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गरेको बताइएको छ । भेटमा पौडेलले भोली बस्ने सचिवालय बैठकको मिति सार्ने प्रस्ताव गरेको भए पनि प्रचण्डले भने तोकिएकै समयमा बैठक बस्नुपर्ने अडान लिएको स्रोतको भनाई छ ।

 

सचिवालयमा बहुमत सदस्यको साथ आएका प्रचण्डले ओलीले बैठक बहिस्कार गरे पनि आफ्नै अध्यक्षतामा बैठक संचालन हुने बताएपछि ओली पछिल्लो पटक प्रचण्डसँग झस्किएका छन् । सोही कारण बुधबार बस्ने बैठक बहिस्कार गरे बहुमतले गरेको निर्णय ओलीले मान्नुपर्ने अवस्थामा छन् । यदी बैठकमा बसे पनि प्रचण्डले दर्ता गरेको प्रस्तावको जवाफ दिनुपर्ने भएकोले ओली समूह बैठक सार्ने पक्षमा छन् । यसैबारेमा छलफल गर्नको लागि ओलीको दूतको रुपमा महासचिव पौडेल खुमलटार पुगेको बताइएको छ । तर, प्रचण्ड भने बैठक तोकिएकै समयमा मितिमा बस्नुपर्ने जवाफ पौडेललाई दिएको प्रचण्ड निकट स्रोतको भनाई छ ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

पूर्व राजाको समर्थनमा पोखरामा मोटरसाइकल र्‍याली

  • 1 hour ago
पूर्व राजाको समर्थनमा पोखरामा मोटरसाइकल र्‍याली

पोखरा । पूर्व राजाको समर्थनमा पोखरामा मोटरसाइकल र्‍याली निकालिएको छ । राजसंस्था पुनर्वहालीको माग गर्दै बुधबार विशाल मोटरसाइकल र्‍यालीको आयोजना गरेका हुन् । र्‍यालीमा ठूलो संख्यामा मानिसहरु सहभा

बारा उद्योग वाणिज्य सङ्घमा साह सर्वसहमत चयन

  • 1 hour ago
बारा उद्योग वाणिज्य सङ्घमा साह सर्वसहमत चयन

कलैया । बारा उद्योग वाणिज्य सङ्घको अध्यक्षमा राजकुमार साह सर्वसहमत चयन भएका छन् । कलैयामा पत्रकार सम्मेलन गरी निर्वाचन व्यवस्थापक एवं कार्यक्रम अधिकृत अमितकुमार मिश्रले साहलाई अध्यक्ष घोषणा गरिएको जान

पाँचथरको फालोटमा बिओपी स्थापना

  • 1 hour ago
पाँचथरको फालोटमा बिओपी स्थापना

पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका—४ फालोटमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरिएको छ । सो बिओपीमा सशस्त्र प्रहरी नायब निरीक्षकका नेतृत्वमा १९ सुरक्षाकर्मी रहेको सशस्त्र प्रहरी



पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।

जीवनशैली

यसकारण बिहानै खालीपेटमा मनतातो पानी पिउने

यसकारण बिहानै खालीपेटमा मनतातो पानी पिउने

काठमाडौं । अधिकांश हामीले विहान उठेने वितिकै चिया वा कफी पिउने गर्छौं । तर, स्वास्थ्यका लागि विहान खाली पेटमा चिया वा कफी नभई मन तातो पानीबाट सुरुवात गर्नुपर्छ ।