उत्तर कोरियालाई सहयोग गरेको भन्दै बिटक्वाइन क्मपनी ‘मिक्सर’ माथि अमेरिकी प्रतिबन्धको घोषणा

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

एजेन्सी । अमेरिकाले हतियार कार्यक्रमलाई सहयोग गर्न उत्तर कोरियाली साइबर ह्याकिङ समूहले सेवा प्रयोग गरेको भन्दै शुक्रबार एक ‘भर्चुअल करेन्सी’ ‘ब्लेन्डर डट आइओ’ विरूद्ध प्रतिबन्धको घोषणा गरेको अमेरिकी अर्थ विभागले बताएको छ ।

 

अमेरिकी अधिकारीहरूले भनेका छन्, “आभासी मुद्रा ‘मिक्सर’ मा अमेरिकी प्रतिबन्ध पहिलो हो र यसले विट क्वाइन र क्रिप्टोकरेन्सीजस्ता भर्चुअल मुद्रामा लेनदेन तथा सहभागीहरू लुकाउन प्रयोग गरिन्छ ।” 

 

अधिकारीहरूले उत्तर कोरियाद्वारा पृष्ट पोषण गर्दै आएको साइबर ह्याकिङ समूह लाजरस ग्रुपले अनलाइन खेल ‘अक्सी इन्फिनिटी’ बाट ६२ करोड अमेरिकी डलर चोरेको बताएका छन् । यसले अवैध कोषको दुई करोड ५० लाख गैरकानूनी कोषलाई वैध बनाउन २०.५ मिलियन अमेरिकी डलरभन्दा बढी पयोग गरेको आरोप लागेको छ ।

 

ब्लेन्डरलाई डेमोक्रेटिक पिपुल्ुस रिपब्लिक अफ कोरिया (उत्तर कोरिया) द्वेषपूर्ण साइबर गतिविधि र चोरी भएको भर्चुअल मुद्रालाई शुद्धिकरण गर्न सहयोग गरेको आरोप अमेरिकी ट्रिजरी विभागले लगाएको छ ।

 

विभागले भनेको छ, “अमेरिका र संयुक्त राष्ट्रसंघद्वारा लगाएका कडा आर्थिक प्रतिबन्धपछि आर्थिक समस्यामा रहेको उत्तर कोरियाले आम विनाश र क्षेप्यास्त्र कार्यक्रमको गैरकानुनी हतियार निर्माणको लागि रकम जोहो गर्न क्रिप्टोकरेन्सी एक्सचेन्ज र वित्तीय संस्थाहरूबाट साइबर सेवाको दुरूपयोगलगायतका अवैध गतिविधिहरूको सहारा लिएको छ ।” 

 

यसको उद्देश्य गोपनीयता बढाउनु भए तापनि ब्लेन्डरजस्ता अवैध संस्थाहरूले यसको प्रयोग गर्नेगरेका विभागले बताएको छ । ब्लेन्डरलाई पाँच करोड अमेरिकी डलरभन्दा बढी मूल्यको बिटकोइन स्थानान्तरण गर्न प्रयोग गरिएको अमेरिकाले बताएको छ । ब्लेन्डरले उत्तर कोरियालाई सहयोग गर्नुको अलावा यस सेवाले रूसी–लिङ्क भएका कुख्यात साइबर समूहहरूलाई पनि समर्थन गरेको दावी अमेरिकी अधिकारीले गरेका छन् । 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

लालध्वज हत्या प्रकरणः चार जनालाई जन्मकैद फैसला

  • 44 minutes ago
लालध्वज हत्या प्रकरणः चार जनालाई जन्मकैद फैसला

निजगढ नगरपालिकाका लालध्वज लामा ‘सानु’ को हत्या अभियोगमा न्यायाधीश सुमनकुमार न्यौपानेको मंगलबारको इजलासले केशवराज शिवाकोटी, बन्दना लामा, ‘संजय’ भनिने चक्रबहादुर तामाङ र जोखबहादुर स्याङतानलाई जन्मकैदको

पिएसजीको मुख्य प्रशिक्षकमा गल्टियर नियुक्त

  • 1 hour ago
पिएसजीको मुख्य प्रशिक्षकमा गल्टियर नियुक्त

एजेन्सी । फ्रेन्च फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले मुख्य प्रशिक्षकमा क्रिस्टोफ गल्टियरलाई नियुक्त गरेको छ । पिएसजीले मंगलबार मौरिसियो पोचेटिनोलाई बर्खास्त गर्दै गल्टियरलाई मुख्य प्रशिक

सन्दीपले लंका प्रिमियर लिग खेल्ने

  • 1 hour ago
सन्दीपले लंका प्रिमियर लिग खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेले श्रीलंकाको लंका प्रिमियर लिग (एलपीएल) टी–ट्वान्टी क्रिकेट खेल्ने भएका छन् ।



पर्यटन

पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता: मन्त्री श्रेष्ठ

पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता: मन्त्री श्रेष्ठ

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कोभिड–१९ महामारीबाट प्रभावित पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता भएको बताएका छन् ।

जीवनशैली

‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।