विभेदले कुरुप बनेको मानव समाज

Norvic Hospital

समाज वर्गीय छ । अहिलेको समाज विगतका थुप्रै संघर्षपछि निर्माण भएको हो । समाजिक रुपान्तरणसँगै आर्थिक विकासमा वर्गसंघर्षको महत्वपूर्ण भूमिका छ । वर्ग निर्माणसँगै विभेद बढ्न थाल्यो । उच्च भनिने वर्गले निम्न भनिने वर्गमाथि थिचोमिचो गर्न थाल्यो । उच्चवाला वर्गले निम्न वर्गमाथि शासन गर्न जात, धर्मका नाममा विभेद गर्न थाल्यो । सँगै विश्वमा रंगभेदको असर पनि खतरनाक छ । जातीय विभेदको कहालीलाग्दो घटना त केही समयअघि रुकुम पश्चिममा भयो । प्रेम गरेकै कारण नवराज विकसँगै अन्य पाँचजनाको हत्या हुनुले समाजमा बढ्दो असमानता र विभेद प्रष्ट पार्छ ।

 

विभिन्न पहिचान र क्षमता भएका मानिसहरुको समूहबाट नै समाजको निर्माण भएको हुन्छ । फरक आर्थिक, सामाजिक, राजनैतिक, लैंगिक, धार्मिक तथा जातीय नाममा उपल्लो दर्जाका भनिनेले गर्ने दमन, अत्यचारबाट एक वर्ग वर्षौदेखि पिल्सिएको छ । उसले समानता र स्वतन्त्रताका लागि विभिन्न कालखण्डमा आन्दोलन गरेको छ । त्यसकै नाममा राजनीतिक आन्दोलन पनि भए । तर परिणाम सुखद छैन । हुने खानेले हुँदा खानेमाथि शासन गर्न बनाइएका कतिपय नियमलाई हाम्रो समाजले नियति ठानिरहेको छ ।

 

कालो वर्णकै भएकै कारण जर्ज फ्लोयडलाई अमेरिकामा सुरक्षा निकायकै अधिकारीले यातनापूर्वक हत्या गरेको दृश्य र अन्तरजातीय प्रेमकै कारण नवराज र उनका साथीको हत्या भएको घटनाको प्रकृति उस्तै हुन् । नवराज हत्या प्रकरणले अझै ठूलो समानताको आन्दोलनको खाँचो रहेको संकेत गर्छ ।

 

सन् १८६३ मा ‘स्वतन्त्रताको घोषणाले अमेरिकामा कालो जाति माथिको दासत्व अन्त्य भएको भनियो । तर व्यवहारतः त्यो हुन सकेन । त्यस्तै नेपालमा पनि संविधानतः जातीय विभेद गर्न नपाइने र गरे दण्डनीय हुने उल्लेख छ । संविधानसभाबाट जारी भएको नेपालको संविधानको भाग ३मा धारा १६ देखि ४६ सम्म वर्णन गरिएको ३० वटा मौलिक हकमध्ये मानिसले ससम्मान बाँच्न पाउने अधिकार पनि उल्लेख छ । त्यस्तै नेपालले सबै किसिमका जातीय भेदभाव उन्मुलनसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि १९६५मा हस्ताक्षर गरेको छ । जहाँ ‘कानूनका सामू सबै जातजाति समान हुनेछन्’ भनिएको छ ।

 

सन् १९७१ देखि नै नेपाल उक्त अन्तर्राष्ट्रिय महासन्धिको पक्षमा छ । महासन्धिको प्रावधानलाई नेपालको संविधान र जातीय भेदभाव तथा छुवाछुत कसुर र सजाय ऐन, २०६८ ले स्वीकार गरेको छ । सन् १९५९ मा दक्षिण अफ्रिकाको सार्पभिल्ले सहरमा गोरा जातिले काला जातिमाथि गरेको विभेदविरुद्धमा भएको जनप्रदर्शनमाथि दमन गर्दा ६९ जना काला जातिको मृत्यु भएको दिनको स्मरण गर्दै २१ मार्चलाई विश्व रङ्गभेद तथा जातीय भेद उन्मुलन दिवसको रूपमा मनाइँदै पनि आइएको छ ।

 

सार्पभिल्लेको घटनालाई याद दिलाउन ‘मार्च २१ तारिखलाई संयुक्त राष्ट्र संघले संसारभर जातीय भेदभाव उन्मुलन दिवस मनाउने दिनको रुपमा घोषणा गरेको हो । नेपालका दलितले पनि यो दिनलाई आफ्नो दिवसको रूपमा मनाउँदै आएका छन् । तर, जति दिवस मनाए पनि विभेद घटेको छैन । अन्याय, अत्याचार घटेको छैन ।

 

विभिन्न चरणका राजनैतिक परिवर्तनसँगै जातीयताको मुद्दा उतिकै महत्वका साथ उठेको छ । तर जातीय उत्थानका लागि ठोस काम भएन । र त अहिले पनि समानता नारामा मात्रै सीमित छ । व्यवहार जर्जर छ । प्रेम गरेकै कारण नवराज विकहरू मरिरहनु परेको छ ।

 

जन्मजात कोही मान्छे सानो ठूलो हुँदैन । जब मान्छे बढ्दै जान्छ, तब समाजले उसलाई विभिन्न समूह र वर्गमा दर्ज गरिदिन्छ । रंग, जात, भाषा, धर्म, लिंगको आडमा मनोवैज्ञानिक रुपमै विभेद गर्न सिकाउँछ । जबसम्म विभेद कायम रहन्छ तबसम्म आधुनिक समाज निर्माण भएको मान्न सकिँदैन । भौतिक पूर्वाधार निर्माणलाई नै विकास मानेर बस्ने हो भने समतामूलक समाज निर्माण हुन सम्भव छैन ।

 

नेपालमा जातीय कारण भएका केही घटना दर्दनाक छन् । २०७३ साल असार ३० गते अन्तरजातीय विवाह गरेकै कारण काभ्रेका अजित मिजार मर्नुपर्यो । त्यसलगत्तै काभ्रेकै बाङ्थलीकी लक्ष्मी परियारलाई शिक्षकले नै दलित भन्दै मलमूत्र खुवाए, धारिलो हतियार प्रयोग गरी उनको हत्या गरे । २०७२ साल साउनमा सिराहाका स्थानीय गैरदलितहरुले डोम परिवारलाई इनार छोएको निहुँमा पानी भर्न बन्देज लगाए । २०७४ चैतमा पूजा गर्न मन्दिर गएका कन्चनपुर पुनर्बासका धनबहादुर बिक र टेकबहादुर बिकलाई पुजारीले मन्दिर छिर्न दिएनन् ।

 

२०७५ माघमा गुन्द्री छोएको निहुँमा दैलेखका हिक्मत नेपाली र पहलबहादुर नेपाली स्थानीय गैरदलितबाट कुटिए । त्यहीसाल पर्वतका प्रमुख जिल्ला अधिकारीको सुरक्षार्थ खटिएका प्रहरी हवल्दार कविराज विकलाई दलित भन्दै कार्यालयबाट हटाइयो । यी त केही प्रतिनिधि घटना मात्रै हुन् । हाम्रो समाजमा यस्ता घटना थुप्रै भएका छन् । यसले हाम्रो समाजको चेतना र स्थितिलाई स्पष्ट पार्छ ।

 

कतिपय यस्ता घटना बाहिर आउँदैनन् भने कतिपयलाई मिलापत्र गराइदिने चलन छ । पहुँचकै भरमा कतिपय घटनालाई प्रशासनसम्म पुग्ने दिइँदैन । पुगिहाले पनि विभिन्न किसिमका दबाबले पीडित पक्षलाई न्याय त कहाँ हो कहाँ, उल्टै गल्ती गर्नेलाई सफाइ दिएको पनि पाइन्छ ।

 

मुलुक संघीयतामा प्रवेश गरेसँगै स्थानीय तहदेखि माथिल्लो तहसम्म जातजातिको सहभागितालाई अनिवार्य गराइएको छ । तर हाम्रो मानसिकतामा सुधार आएको छैन । जातीय उत्थानका लागि स्थापना भएका विभिन्न सरकारी तथा गैरसरकारी संघ–संस्थाले पनि अपेक्षित रूपमा काम गर्न सकेका छैनन् । जनप्रतिनिधिको ध्यान पनि विभेद अन्त्य गर्नेतिर केन्द्रित हुन सकेको छैन ।

 

तसर्थ, समातामूलक समाज निर्माण गर्न सबै तहका सचेत नागरिकले आवाज उठाउन आवश्यक छ ।

 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

राप्रपाको एकता महाधिवेशनः को को छन् अध्यक्ष, उपाध्यक्ष र महामन्त्रीका आकांक्षीहरु ?

  • 7 hours ago
राप्रपाको एकता महाधिवेशनः को को छन् अध्यक्ष, उपाध्यक्ष र महामन्त्रीका आकांक्षीहरु ?

काठमाडौँ । आज देखि सुरु भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनमा अध्यक्ष पदका लागि अध्यक्ष कमल थापा र सांसद राजेन्द्र लिङ्देनबीच प्रतिस्पर्धा हुनेछ ।

नेपालमा थप ३१६ जनामा कोरोना संक्रमण

  • 8 hours ago
नेपालमा थप ३१६ जनामा कोरोना संक्रमण

काठमाडौँ । नेपालमा थप ३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १२७२७ जनाको परीक्षण गर्दा ३१६ जनामा संक्रमण पुष्टि भएको छ ।

नेता रसाइलीद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

  • 8 hours ago
नेता रसाइलीद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद तथा युवा नेता प्रकाश रसाइली ‘स्नेही’ ले पार्टीको आसन्न १४औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।



पर्यटन

भरियासँग बोकिएर पाथीभरा मन्दिर दर्शन गर्न जाँदै तीर्थयात्री

भरियासँग बोकिएर पाथीभरा मन्दिर दर्शन गर्न जाँदै तीर्थयात्री

ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरसम्म हिँडेर जान नसकेपछि भरियालाई बोकेर पाथीभरा मन्दिरमा दर्शन तथा पूजापाठ गर्न जाँदै तीर्थयात्री ।

जीवनशैली

आज विश्व एड्स दिवसः ‘समुदायमा सचेतना बढाएर सङ्क्रमण घटाऔँ’

आज विश्व एड्स दिवसः ‘समुदायमा सचेतना बढाएर सङ्क्रमण घटाऔँ’

एजेन्सी । ‘असमानता हटाऔँ, एड्स अन्त्य गरौँ’ नाराका साथ आज ३४औँ विश्व एड्स दिवस मनाइँदै छ । हरेक वर्ष डिसेम्बर १ तारिखमा मनाइने विश्व एड्स दिवसलाई प्रभावकारी बनाउन समुदाय तहमा जनचेतना बढाउन आवश्यक भएकामा जोड दिइएको छ ।

विचित्र विश्व

दक्षिण कोरियामा देखियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

दक्षिण कोरियामा देखियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

एजेन्सी । दक्षिण कोरियामा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ । कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसीए)का अनुसार हालै नाइजेरियाबाट दक्षिण कोरिया आएका एक दम्पतीमा उक्त नयाँ भेरियन्ट ओमिक्रोन देखिएको हो ।