पोखरामा २० लाखको ब्लड कोल्ड रुम स्थापना गर्ने
- शुक्रबार, ९ मंसिर, २०७९
- 2 months ago
- कला र मनोरञ्जन
पोखरा। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापान र कास्की समाज जापानको सक्रियतामा पोखरामा ब्लड कोल्ड रुमको स्थापना हुने भएको छ। नेपाल रेडक्रस सोसाइटी काश्की जिल्ला शाखा पोखराको निमार्णधीन भवनमा २० लाख रुपैयाँको खर्चेर सो रुम बनाउन लागेको हो।
विरामीहरुका लागि संकलित ब्लडको ल्याव टेस्टपछि निश्चित समयसम्मको मानइनस् ४६ डिग्रीसम्मको कोल्ड रुममा अनिवार्य रुपमा राख्नुपर्ने भएकाले सो कोल्डस्टोरको आवश्यक रहेको नेपाल रेडक्रस सोसाइटी कास्कीले जनाएको छ।
यसैबीच गैरआवासीय नेपाली संघकी अध्यक्ष रविना थापाको विषेश उपस्थितिमा एनआरएनए जापान र नेपाल रेडक्रस सोसाइटी काश्की जिल्ला शाखा पोखराबीच गतसाता एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ।
हस्ताक्षर कार्यक्रममा बोल्दै एनआरएनए कार्यकारी अध्यक्ष रविना थापाले गैरआवासीय नेपाली संघले ७ वटै प्रदेशमा ब्लड बस बैंकको स्थापना गर्न लागेको जानकारी दिए। उनले संघ रेडक्रस जस्ता अन्तर्राष्ट्रिय संघसंस्थाहरुसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताए।
नेपाल रेडक्रस सोसाइटी कास्कीले पोखरा, चितवन, काठमाडौँ लगायत देशका बिभिन्न शहरमा आवश्यक परेको बेला विरामीको उपचारको लागि ब्लड उपलब्ध गराउँदै आएको नेपाल रेडक्रस सोसाइटीका सचिव धर्मराज अधिकारीले जानकारी दिए।
कार्यक्रममा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानका अध्यक्ष शिवप्रसाद पौडेल, आइसीसी सदस्य लक्ष्मण बानियाँ, गैरआवासीय नेपाली अभियान्ता नारायण थापा लगायतको उपस्थिति थियो।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
संविधानको इमान्दार कार्यान्वयन गर्ने जिम्मेवारी हाम्रो नै होः प्रधानमन्त्री दाहाल
- 9 minutes ago

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रणाली र संविधान जनताको सर्वोपरि हितका लागि भएकाले संविधानको इमान्दार कार्यान्वयनका लागि सबैलाई आग्रह गरेका छन् ।
इयुद्वारा भूकम्प प्रभावित टर्किएका लागि ३६ उद्धार टोली परिचालन
- 26 minutes ago

काठमाडौँ । युरोपेली युनियन (इयु) सदस्य राष्ट्रहरू एवं इयु नागरिक सुरक्षा संयन्त्रमा सहभागी तीन देशहरूले भूकम्प प्रभावित तुर्किए, जेनेजमा (बुधबार ३६ वटा उद्धार र चिकित्सा टोली पठाउने प्रस्ताव गरेका
गण्डकीमा स्वास्थ्य बीमा गर्ने आठ लाख
- 38 minutes ago

गण्डकी । गण्डकी प्रदेशमा आठ लाखभन्दा बढीले स्वास्थ्य बीमा गरेका छन् । स्वास्थ्य बीमा बोर्ड प्रदेश कार्यालयका अनुसार हालसम्म आठ लाख छ हजार नौ सय ४१ जना स्वास्थ्य बीमामा आबद्ध भएका हुन् । बिमित परिवारको
पर्यटन
किस्पाङ गुम्बा

नुवाकोट । नुवाकोटको किस्पाङ गाँउपालिका–३ मा अवस्थित प्रसिद्ध किस्पाङ गुम्बा । भारतको कर्नाटकस्थित स्यार गादेन बुद्धिष्ट कल्चरल एसोसिएशन गुम्बासँगको समन्वयमा किस्पाङ गुम्बाले लामा अध्ययनको प्रारम्भिकदेखि पिएचडी तहसम्मको अध्ययनको प्रबन्ध मिलाएको छ । तस्बिरः रामहरि न्यौपाने÷रासस
जीवनशैली
घरमा रातो रंगका वस्तुहरू यस दिशामा राख्नुहोस्

एजेन्सी । यदि हामीले आफ्नो जीवनमा वास्तुशास्त्रका नियमहरू लागू गर्यौं भने हामीलाई सफल हुनबाट कसैले रोक्न सक्दैन।
विचित्र विश्व
उपराष्ट्रपतिको श्रीमानलाई अमेरिकी प्रथम महिलाले चुम्बन गरेपछि...

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनकी पत्नी जिल बाइडेनले उपराष्ट्रपति कमला ह्यारिसनका खसमको ओठमा चुम्बन गरेर संसारलाई आश्चर्यचकित बनाएकी छन् ।