सिड्नीको समुन्द्री तटरेखामा फेरि ‘ब्लु ह्वेल’ देखापर्यो

सिड्नी । अष्ट्रेलियाको सिड्नीस्थित समुन्द्री तटरेखामा पुनः ‘ब्लु ह्वेल’ देखापरेको छ । न्यु साउथ वेल्स (एनएसडब्लु) राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षणले बताए अनुसार सिड्नीको सुमन्द्री तटनजिकै १०० वर्षपछि तेस्रो पटक ब्लु ह्वेल देखिएको हो ।

 

ब्लु ह्वेल पृथ्वीमा भएको सबैभन्दा ठूलो जिव हो । ह्वेलको अनुसन्धानमा हिँडेकाहरुले पनि यो जिवलाई विरलै देख्ने गरेको भए पनि यो जिव सिड्नीको तटरेखामा देखिएको हो । देखिएको ह्वेल २५ मिटर लामो तथा १०० टनभन्दा बढी तौलको रहेको अनुमान गरिएको छ ।

 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षणका प्रोजेक्ट अफिसर एन्ड्रिउ मार्सलका अनुसार विशाल ह्वेल सिड्नीको सुमुन्द्री क्षेत्रबाट गएको बताएका छन् । यसबारेमा उनले भने, ‘ब्लु ह्वेल निकै विशाल तर सजिलै नदेखिने जिव हो । यसबारेमा अनुसन्धान गर्नेहरुले पनि धेरै पटक देख्न पाएका हुँदैनन् । अनुसान्धानकर्मीहरुले पनि विरलै यो जिवलाइै देखेका छन् ।’

 

त्यस्तै, उनले यो ह्वेल समुन्द्रमा पनि टाढा बस्ने र यसको संख्या पनि छरिएर बस्ने भएको कारणले गर्दा तथ्यांक राख्न गाह्रो भइरहेको बताएका छन् ।

सन् २००२ तथा २०१३ मा पनि सिड्नीको समुन्द्री तटरेखामा व्लु ह्वेल देखापरेको थियो ।

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

पूर्व राष्ट्रपति ट्रम्प फ्लोरिडामा

  • 1 second ago
पूर्व राष्ट्रपति ट्रम्प फ्लोरिडामा

यसैबीच, अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको सपथ ग्रहण समारोहमा सहभागी समेत नभई ह्वाइट हाउसबाट बुधबार बिहान गृहराज्य फ्लोरिडातर्फ प्रस्थान गरे ।

अमेरिकाको ४६औं राष्ट्रपतिमा जो बाइडेनले लिए सपथ

  • 2 minutes ago
अमेरिकाको ४६औं राष्ट्रपतिमा जो बाइडेनले लिए सपथ

एजेन्सी । अमेरिकाको ४६औं राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले क्यापिटोल हिलमा बुधबार आयोजित समारोहमा पद तथा गोपनीयताको सपथ लिएका छन् ।

कोरोना माहामारी विरूद्धको खोप पनि मागेर लगाउनुपर्ने अवस्था छः बाबुराम भट्टराई

  • 9 minutes ago
कोरोना माहामारी विरूद्धको खोप पनि मागेर लगाउनुपर्ने अवस्था छः बाबुराम भट्टराई

काठमाडौँ । पुर्व प्रधानमन्त्री तथा जनता समाजावादी पार्टीका नेता बाबुराम भट्टराईले नेपालमा भित्रिन लागेको कोरोना भाइरसविरुद्धको खोपलाई लिएर टिप्पणी गरेका छन् ।



पर्यटन

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने गरेको छ ।

जीवनशैली

वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

काठमाडौं । वृहस्पति (गुरु) आइतबारदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका काम्य कर्म गर्न नमिल्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।