Techie IT
२०८२ भदौ ३०, सोमबार
NepaliPatra logo
गृहपृष्ठअर्थनबिल दिगो घर कर्जाः बेस रेटमा १ प्रतिशत प्रिमियम

नबिल दिगो घर कर्जाः बेस रेटमा १ प्रतिशत प्रिमियम


काठमाडौँ । नबिल बैंकले ‘नबिल दिगो घर कर्जा’ योजना सार्वजनिक गरेको छ। बैंकले विश्व वातावरण दिवसको पूर्व सन्ध्यामा यस्तो योजना सार्वजनिक गरेको हो ।

नबिल दिगो घर कर्जा वातावरण मैत्री तथा किफायती ऊर्जा सामग्रीहरू प्रयोग गरी घर निर्माण गर्न चाहने ग्राहकहरूलाई लक्षित गरिएको बैंकले जनाएको छ । यस योजनाले देशको आवास निर्माण क्षेत्र भित्र वातावरण मैत्री र सामाजिक रूपमा जिम्मेवार अभ्यासहरू प्रवर्द्धन गर्ने विश्वास बैंकले लिएको छ ।

दिगो आवासमा लगानी गर्न चाहने ग्राहकहरूलाई सस्तो ब्याजदर र सेवा शुल्कमा कर्जा प्रवाह गरी यस योजनाले समाजमा वातावरण मैत्री अभ्यासहरू अपनाउन प्रोत्साहन गर्ने अपेक्षा राखिएको जनाएको छ ।

७ वर्षका लागि स्थिर ब्याजदर

बैंकले सुरुवात गरेको नबिल दिगो घर कर्जा ग्राहकहरुले सात वर्षको लागि वार्षिक १०।४९ प्रतिशत स्थिर ब्याजदरमा नै ७ वर्षसमम कर्जा पाउने बैंकले जनाएको छ । यस्तै सात वर्ष भन्दा बढी अवधि भएको स्थिर ब्याजदर चाहने ग्राहकहरुले सात वर्षको लागि वार्षिक १०.४९ प्रतिशत र सात वर्षपछि बाँकी अवधिमा सात वर्ष पश्चातको आधार दरमा १.५ प्रतिशत प्रिमियम जोडेर हुने ब्याजदरमा प्राप्त गर्ने बैंकले जनाएको छ ।

यस्तै स्थिर ब्याजदर नचाहाने ऋणीले भने बैंकको आधार दरमा मात्र १ प्रतिशत प्रिमियम थपेर कर्जा पाउने बैंकले जनाएको छ । यस योजनामा ग्राहकले सेवा शुल्कमा सहुलियत पाउने छन् । यस्तै १ वर्षलाई दुई लाखसम्मको निःशुल्क क्रेडिट कार्ड पनि उपलब्ध गराउने आइतबार आयोजित पत्रकार सम्मेलनमा बैंकले जानकारी दिएको हो ।

बैंकले अधिकतम् २० वर्षका लागि यस्तो कर्जा प्रदान गर्ने र कर्जालाई ग्राहकले सरल मासिक किस्तामा भुक्तानी गर्न सक्ने छ ।

कर्जा प्राप्त गर्नका लागि ग्राहकले निर्माण हुन गई रहेको घरको हकमा घरको नक्सा पास पेश गर्नुपर्ने छ भने उक्त नक्सामा वर्षाको पानी संकलन र संरक्षण गर्ने प्रविधि, फोहर व्यवस्थापन गर्ने प्रविधि तथा किफायती ऊर्जा सामग्रीहरू जस्तै सीएफएल, एलईडी लाइटहरूको प्रयोग हुनेपर्ने शर्त बैंकले राखेको छ । सोलार प्रविधिबाट पानी तताउने र किफायती बिजुलीको प्रयोग गरी खाना पकाउने प्रविधि जस्तै इन्डक्सन कुकिङ जस्तो प्रविधिको प्रयोग हुनेपर्ने शर्त उल्लेख छ

पत्रकार सम्मेलनमा बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले नबिल बैंकले दिगो बैंकिङको अवधारणामा काम गर्दै आएको र यस कर्जाले दिगो विकासमा सर्वसाधारणको पहुँच पुर्‍याउने विश्वास व्यक्त गरे ।

यो कर्जा, वातावरण मैत्री तथा किफायती ऊर्जा सामग्रीहरू प्रयोग गरेर नयाँ घर निर्माण गर्न, वा निर्माण भइसकेको घर खरिद गर्न, अन्य वित्तीय संस्थाबाट कर्जा लिएर वातावरण मैत्री तथा किफायती ऊर्जा सामग्रीहरू प्रयोग गरी निर्माण भइसकेको घरको कर्जा स्वाप गर्न पनि पाइने बैंकले जनाएको छ । यस्तै बैंकबाट घर कर्जा उपयोग गरिरहेका ग्राहकहरूले निर्माण भइसकेको घरमा वातावरण मैत्री तथा किफायती ऊर्जा प्रविधि जडान गरी घरको मर्मत सम्भार गर्न थप कर्जा समेत उपलब्ध गर्न सकिने बैंकले जनाएको छ । कर्जाको न्यूनतम कर्जा सीमा सात लाख र अधिकतम सीमा पाँच करोड रुपैयाँसम्म हुने बैंकले जनाएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

भैरहवा भन्सार कार्यालयले अस्थायी संरचनाबाट अत्यावश्यक सामाग्री ल्याउदै

रुपन्देही । भैरहवा भन्सार कार्यालयले अस्थायी संरचनाबाट नेपालका लागि अत्यावश्यक सामाग्रीहरु भित्र्याउन शुुरु गरेको छ । जिल्ला सुरक्षा समितिले बिहिबार

व्यवसायिक अकबरे खुर्सानी खेती गरेका कृषकलाई बजारको चिन्ता

म्याग्दी । व्यवसायिक अकबरे खुर्सानी खेती गरेका म्याग्दी र पर्वतका कृषकलाई बजारको चिन्ताले सताएको छ । बजारको अभावले किसानहरु मर्कामा

जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अघि बढ्यो : ठेक्का सम्झौतामा…

काठमाडाैँ । डोल्पाको जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अगाडि बढेको छ । प्रवर्द्धक कम्पनी र निर्माण व्यवसायीबीच निर्माणसम्बन्धी द्विपक्षीय सम्झौतामा

धान चामल खरिदका लागि बाहिरियो ४० अर्ब

काठमाडौं । मुलुकबाट एक वर्षमा धान चामल खरिदका लागि ४० अर्ब रुपैयाँभन्दा बढी रकम बाहिरिएको छ । स्वदेशमै उत्पादन गर्न

मेची भन्सारबाट चिया निर्यात ३२ प्रतिशतले बढ्यो

काठमाडौं । मेची भन्सार कार्यालयबाट आर्थिक वर्ष २०८१/८२ मा चिया निर्यात ३२ दशमलव ५० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कानुसार

डिशहोमको ‘खुशीको बोनस’ : हरेक हप्ता १४ जनालाई एक वर्ष…

काठमाडौं । डिशहोमले आफ्ना इन्टरनेट ग्राहकहरूका लागि विशेष योजना ‘खुशीको बोनस ३६५ दिन नै सार्वजनिक गरेको छ । यो अफर

Techie IT