बोका जुनियर्सका समर्थकले एक रिभर प्लेट समर्थकलाई कुटी कुटी मारे
- शुक्रबार, २८ मंसिर, २०७५
- 3 years ago
- खेल

एजेन्सी । अर्जेन्टिनाको फुटबल क्लब बोका जुनियर्सका दुई समर्थकले एक रिभरप्लेट समर्थकलाई कुटी कुटी मारेका छन् । रिभरप्लेटले बोका जुनियर्सलाई कोपा लिबर्टाडोरेसको फाइनलमा हराएर दक्षिण अमेरिकाको चर्चित उपाधि जितेपछि निकालिएको विजयी जुलुसमा सहभागी भएर फर्कने क्रममा बोका समर्थकले विभत्स हत्या गरेका हुन् ।
विजय उत्सवपछि फर्कने क्रममा २१ वर्षीय एक्सक्वेल आरोन नेरिसलाई दुई बोका समर्थकले कुटपिट गरेको थियो । साथै उनको देब्रे खुट्टामा ब्लेडले चिरेको थियो साथै तीन वटा किला पनि गाडिदिएका थिए । त्यसपछि उनलाई नजिकैको अस्पताल लगिएको थियो । अस्पतालले बचाउने अथक प्रयास गर्दा पनि नसकेपछि उनी मर्ने बेलामा आफ्नो आमाको नाम लिएका थिए ।
उनले भनेका थिए ‘म मर्दैछु, म मर्दैछु, मलाई उनीहरुले विजयउत्सव मनाएको भएर आक्रमण गरे । म रिभर प्लेट समर्थक हुँ ।’
त्यस्तै उनका आमाले बोका समर्थकले आफ्नो छोरालाई मारेको बताएकी छिन् उनले भनिन् ‘उनीहरुले मेरो छोरोलाई मारे । उनी बाटोमा हिडिरहेका थिए । सर्जरीपछि थाहा भयो उनीहरुले छोरोको खुट्टामा तीन वटा किला गाडेका रहेछन् ।’
‘मेरो छोरा भाग्दै गर्दा पनि उनीहरुले कुटिकुटी मारे ।’
यी दुई क्लब लामो समयदेखि नै दुश्मन क्लबहरु छन् । यी दुई क्लबबीचको भिडन्तमा हिंसात्मकह घटनाहरु हुने गरेका छन् । कोपा लिबर्टाडोरेसको दोस्रो लेग रिभर प्लेटको घरेलु मैदानमा सुरु हुनुभन्दा केही घण्टाअघि मात्रै घरेलु समर्थकले बोकाका खेलाडीहरु चढेको गाडीमा आक्रमण गरेर केही खेलाडीहरुलाई घाइते नै बनाएपछि खेल स्पेनमा ल्याएर खेलाइएको थियो ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
वैवाहिक अंगिकृत नागरिकता सम्बन्धि व्यवस्था राष्ट्रहित विपरीतः कमल थापा
- 9 hours ago
काठमाडौँ। राप्रपा नेपालका अध्यक्ष कमल थापाले वैवाहिक अंगिकृत नागरिकता सम्बन्धि व्यवस्था राष्ट्रहित विपरीत भएको टिप्पणी गरेका छन्। बिहीबार सामाजिक संजालमा एक पोस्ट गर्दै नेता थापाले विवाह गरेको भोलिपल्
भुवन केसीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता
- 9 hours ago
काठमाडौँ। चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको नियुक्तविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। बोर्डको लागि केसीको योग्यता नपुग्ने भन्दै सर्वोच्चमा रिट दर्ता भएको हो। केसीलाई गत साउन ९ ग
ओलीकै नेतृत्वमा एमालेको चुनाव परिचालन कमिटी
- 9 hours ago

काठमाडौँ। नेकपा एमालेले मंसिर ४ मा हुने चुनावको तयारीका लागि केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ। बिहीबार पार्टी कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्
पर्यटन
टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।
जीवनशैली
यदि तपाई जागिरका लागि अन्तर्वार्ता दिन जाँदै हुनुहुन्छ भने यी कुराहरु ख्याल गर्नुहोस्ः वास्तुशास्त्र

एजेन्सी । कुनै पनि काम पाउन धेरै मिहिनेत गर्नुपर्ने हुन्छ । जागिरको तयारीका साथसाथै अन्तर्वार्ता क्लियर पनि गर्नुपर्छ । धेरै पटक, तपाई भित्र सबै प्रतिभा भए पनि, तपाई अन्तर्वार्तामा पछाडि छाडिनुहुन्छ र तपाईले मौका गुमाउनुहुन्छ। जागिरको अन्तर्वार्तामा जानुअघि कुन कुरामा ध्यान दिनुपर्छ ।
विचित्र विश्व
श्रीलंका: सरकार विरोधी प्रदर्शन १२३ दिनपछि समाप्त, प्रदर्शनकारीहरू गाले फेस क्षेत्रबाट फिर्ता

एजेन्सी । श्रीलंकामा गम्भीर आर्थिक संकटलाई लिएर भएको सरकार विरोधी प्रदर्शन १२३ दिनपछि औपचारिक रूपमा समाप्त भएको छ। यी प्रदर्शनका कारण राष्ट्रपति गोताबाया राजापाक्षेले सत्ता गुमाउनु परेको थियो ।