Techie IT
२०८२ वैशाख ३०, मंगलबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिराँगा र भैँसीबारे गफ गरेर पाँच वर्ष बिताए गोबर बाहेक केही पनि पाउँदैनौंः रवि लामिछाने

राँगा र भैँसीबारे गफ गरेर पाँच वर्ष बिताए गोबर बाहेक केही पनि पाउँदैनौंः रवि लामिछाने


काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभा बैठकमा आफ्नो पार्टीका सांसदहरूको केही दिन यताको बहस अमर्यादित भएको भन्दै माफी मागेका छन्।

बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सभापति लामिछानेले विगत केही दिन यता प्रतिनिधिसभामा भएको छलफलबाट आफू लज्जित भएको बताएका हुन्।

उनले प्रतिनिधि सभा बैठकमा राँगा र भैँसीको विषयमा गफ गरेर पाँच वर्ष बिताएमा गोबर बाहेक केही पनि नपाउने बताए। सो विषयमा गरेको गफप्रति आफू आत्मआलोचित भएको बताउँदै सभापति लामिछानेले बजेटको विषयमा कुराकानी गरिरहँदा यस्तो विषय बैठकमा उठ्नुले सर्वसाधारणमा राम्रो सन्देश नगएको भन्दै आफ्नो भागमा पर्ने दोषप्रति आफू जिम्मेवार भएको र क्षमा याचना गर्ने बताए।

‘हामी कहीँ न कहीँ लज्जित भएका छौँ। यो सदन भैँसी, राँगाको विषयमा गफ गरेर यदी पाँच वर्ष बिताउने हो भने हामीले गोबरबाहेक केही पनि प्राप्त गर्न सक्दैनौँ। हामी आत्मआलोचना गर्न चाहन्छौँ। हाम्रा दलबाट पनि भएका कमी, कमजोरीलाई आत्मआलोचना गर्न चाहन्छौँ। र नयाँ राजनीतिक दलका रुपमा हामी एउटा नयाँ अभ्यास लिएर आएका छौँ,’ उनले भने, ‘हामीले आज बजेटमा कुराकानी गरिरहँदा, राष्ट्रका महत्वपूर्ण मुद्दामा कुराकानी गरिरहँदा आम सर्वसाधारणमा संसदबाट राम्रो सन्देश गएको छैन। म आफ्नो भागमा परेको ब्लेम, आफ्नो भागमा परेको जुन दुःख छ, आफू जिम्मेवार हुन चाहन्छु र आफ्नो राजनीतिक दलको तर्फबाट गत केही दिनमा भएका बहहिरु अलिकति अमर्यादित भएकोमा क्षमा याचना गर्न चाहन्छु।’




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मनसुनको पूर्वतयारी तथा प्रतिकार्यका लागि राष्ट्रिय कार्ययोजना निर्माण गरिँदै

काठमाडाैँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनको पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२ निर्माण गर्दैछ । मौसम

‘ऊनको स्वीटर’को गीत ‘चाइनेजो जिन्दगानीमा’ले निरुता सिंहलाई सम्झायो ‘दर्पण छाया’,…

काठमाडौँ । आक्रामक व्यापारसहित प्रदर्शनरत नेपाली चलचित्र ‘ऊनको स्वीटर’ को नयाँ गीत ‘चाइनेजो जिन्दगानीमा’ ले दर्शक र श्रोताको मन जितिरहेको

आफनो युद्ध आफैं लड्नुपर्छ

जित तिम्रो हुनसक्छ तिमीले प्रयास गर्नुपर्छ कृष्ण त केवल सारथी बन्छ आफ्नो युद्ध आफै लड्नै पर्छ। ध्यान तिम्रै धनुष बनाउनुपर्छ

हिमालबाट ७७ करोड रोयल्टी सङ्कलन

काठमाडाैँ । यस वर्षको वसन्त ऋतुको हिमाल आरोहणबाट ७७ करोड रुपैयाँ भन्दा बढी रोयल्टी सङ्कलन भएको छ । पर्यटन विभागको

नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं । नेपाल एक खेल अगावै साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भारतको उत्तर प्रदेशस्थित गोल्डेन जुब्ली

नौ महिनामा भित्रियो ११ खर्ब ९१ अर्ब ३१ करोड विप्रेषण

काठमाडौं । विप्रेषण आप्रवाहमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार चालु आर्थिक बर्षको नौ महिनामा

Techie IT