प्रेममा पागल शाहरुखः गौरीसँग तीनपटक विवाह

Global IME
Mega Bank
Norvic Hospital

मुम्बई । शाहरुख र गौरी बलिउडको एक यस्तो जोडी हो, जसको तीन पटक विवाह भयो । जसले आफ्नो जिन्दगीका राम्रो र खराब समय सँगै बिताए ।  

 

शाहरुख र गौरी स्कुल जीवनमै एक दोस्रोसँग प्रेम गर्थे । कयौं वर्षको प्रेमपछि उनीहरुले आफ्नो प्रेमका विषयमा घरपरिवारलाई बताए । 

 

पहिले शाहरुख मुस्लिम भएका कारण गौरीका घरका मानिसहरुले अस्वीकार गरिदिए । तर, उनीहरुको प्रेमका अगाडि घरपरिवार झुक्नै पर्यो र उनीहरुको विवाह भयो । 

 

शाहरुख जब १९ वर्षका थिए त्यतिबेला गौरी १४ वर्षकी मात्र थिइन । त्यही बेला उनीहरुले पहिलो पटक गौरीलाई देखेका थिए ।

 

पहिलो पटक देखि पछि नै शाहरुखलाई लभ एट फष्ट साइट भइहाल्यो । उनले गौरीसँग कुराकानी गर्न खोजे तर गौरीले अस्वीकार गरिदिइन । 

 

कयौं कोशिसपछि गौरी कुराकानी गर्न राजी भइन । एक पटक गौरीले शाहरुखलाई नभनेरै आफ्ना साथीहरुसँग मुम्बई जाने फैसला गरिन् । जब शाहरुखले त्यो थाहा पाए उनले मुम्बईमा आएर सबै बीचहरुमा गौरीलाई खोजे । 

 

एक म्यागजिनमा छापिएको आफ्नो लेखमा शाहरुखले भनेका छन्, ‘त्यो समय गौरीलाई लिएर मेरो पागलपन एकदमै बढिसकेको थियो । यदि उ स्वीमसुट पहिरिन्थि वा आफ्नो कपाल खुल्ला राख्थी त म उसँग झगडा गर्न थाल्थे । जब उ आफ्ना कपाल खोल्थी एकदमै सुन्दर लाग्थी । म दोस्रो केटाले उसलाई देखुन भनेर चाहदैंन्थे ।’ 

 

फिल्मजस्तै शाहरुख र गौरीको रियल लभ स्टोरीमा पनि कयौं कठिनाईहरु आएका थिए । कयौं मुश्किलका बाबजुद पनि ‘दिलवाल दुलहनिया ले ही गया था’ । 

 

तीन पटक विवाह 

 

शाहरुख र गौरी त आफ्नो प्रेमलाई विवाहमा बदल्न तयार थिए । तर, दुवैको धर्म अलग भएका कारण घरपरिवारको कडा आपत्ति थियो । 

 

शाहरुखले गौरीका परिवारलाई मनाउन खुब पापड पेल्नुपर्यो । तर, उनी अन्ततः गौरीका परिवारलाई मनाउन सफल भइछाडे । 

 

त्यसपछि, २६ अगष्ट १९९१ मा शाहरुख र गोरीले अदालतमा विवाह गरे । त्यसपछि उनीहरुको निकाह पनि भयो ।

 

जसमा गौरीको नाम आयशा राखिएको थियो । यसपछि पुनः २५ अक्टोर १९९१ मा हिन्दुर रीतिरिवाजअनुसार 

 

दुवैको विवाह भयो । अहिले यो जोडीले विवाहको २५ वर्ष मनाइरहेको छ ।स्रोतस्नेपालीपत्र 

 

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

एमालेसँग गठबन्धन बनाएर सरकारमा जानेबारे छलफल भएको छैनः देव गुरुङ

  • 2 hours ago
एमालेसँग गठबन्धन बनाएर सरकारमा जानेबारे छलफल भएको छैनः देव गुरुङ

काठमाडौँ। नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले अहिले एमालेसँग गठबन्धन बनाएर सरकारमा जानेबारे कुनै छलफल नभएको स्पष्ट पारेका छन्। शनिबार र आइतबार बसेको केन्द्रीय पदाधिकारीहरूको अनौपचारिक बै

ग्वार्कोमा ‘फ्लाइओभर’को काम शुक्रवारदेखि सुरु हुने

  • 2 hours ago
ग्वार्कोमा ‘फ्लाइओभर’को काम शुक्रवारदेखि सुरु हुने

काठमाडौँ। ललितपुरको ग्वार्को चोकमा आउँदो शुक्रवारदेखि फ्लाइओभर (आकाशे पुल) निर्माणको काम सुरु हुने भएको छ। बढ्दो जामलाई मध्यनजर गरेर ग्वार्कोमा फ्लाइओभर निर्माण हुन लागेको हो।

पाकिस्तानको पाख्तुनख्वा प्रान्तमा आतङ्ककारी आक्रमणमा परी तीन प्रहरीको मृत्यु

  • 3 hours ago
पाकिस्तानको पाख्तुनख्वा प्रान्तमा आतङ्ककारी आक्रमणमा परी तीन प्रहरीको मृत्यु

इस्लामाबाद। पाकिस्तानको उत्तरपश्चिममा पर्ने खैबर पाख्तुनख्वा प्रान्तको नाउसेरा जिल्लामा भएको एक आतङ्ककारी आक्रमणमा परी तीन प्रहारीको मृत्यु भएको उद्धारकार्यमा संलग्न कार्यकर्ताहरुले बताएका छन्।



पर्यटन

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वत । बन्जी निर्माणअघि पर्वत धेरैका लागि नौलो नाम सुनिन्थ्यो । पर्वत हुँदै बागलुङ, मुस्ताङ पुग्ने पर्यटकहरूले समेत पर्वतको बारेमा बेखबर देखिन्थे । तर, हिजोआज अवस्था त्यस्तो छैन । आन्तरिक तथा बाह्य पर्यटकहरूका कारण यति बेला सदरमुकाम कुश्माका होटेल तथा रेस्टुरेन्ट व्यवसायहरू फस्टाएका छन् । तस्बिरः सुमनजङ्ग थापा÷रासस

जीवनशैली

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।