श्रीदेवीको मृत्युको रहस्यः के–के भएको थियो त्यो रात २२०१ नं कोठामा ?
- बिहीबार, २१ आषाढ, २०७५
- 4 years ago
- कला र मनोरञ्जन

एजेन्सी । सन् १९७८ मा ‘सोलहवाँ सावन’ मा मुख्य कलाकारको रुपमा बलिउडमा प्रवेश गरेकी श्रीदेवीले आफ्नो जीवनको ४ दशकमा डेढ सयभन्दा बढी चलचत्रिमा अभिनय गरिसकेकी थिइन् ।
र, अन्त्यमा सन् २०१७ मा उनले आफ्नै श्रीमान् बोनी कपूरले बनाएको चलचित्र ‘मम’ मा अभिनय गरेकी थिइन् । जुन उनको जीवनकै अन्तिम चलचित्र बन्यो । र उनको २४ फेब्रअरी २०१८ मा दुबईको जुमैरा एमिरेट्स टावर होटलमा उनको निधन भयो ।
श्रीदेवीको मृत्युको केस शुरुमा जति सीधा र सरल देखिएको थियो समयसँगै यसले नयाँ–नयाँ रहस्यको पर्दा थप्दै गयो । शुरुमा उनको मृत्यु ‘कार्डिएक अरेस्ट’ को कारण भएको भन्ने रिपोर्ट सार्वजनिक गरिएको थियो । त्यसको लगत्तै भोलिपल्ट उनको मृत्युको कारण ‘बाथटब’ मा डुबेर भएको भनियो । विवादित रिपोर्ट सार्वजनिक हुँदै गर्दा धेरैलाई शंकाको विषय बनेको उनको मृत्युको रहस्य आखिर के हो त रु यो बारे अझै पनि धेरै उल्झनहरु यथावत नै छन् ।
श्रीदेवीको मृत्युको उल्झन र तीन प्रश्न
पहिलो प्रश्नः किन श्रीदेवी ४८ घण्टासम्म कोठामा थुनिइन् ?
दोस्रो प्रश्नः उनको मृत्यु राति १० बजे भएको थियो तर कसरी ९ बजे पुलिस त्यहाँ पुग्यो ?
तेस्रो प्रश्नः अन्तिममा श्रीदेवीसँग को थियो ?
यो तीन प्रश्नले उनको मृत्युलाई अझै रहस्यमय बनाएको छ । पोस्टमार्टमभन्दा पहिले उनको मृत्यु ‘कार्डिएक अरेस्ट’ भनिएपनि पोस्टमार्टम रिपोर्टपछि कारण नै बदलियो । अहिले सम्म उनको मृत्युबारे कुनै पनि आधिकारिक तथ्यहरु बाहिरिएको छैन । अन्तिम समयमा उनको साथमा को थियो र अस्पताल जादाँ उनीसँग को–को गएका थिए रु यो प्रश्नको आजसम्म पनि कुनै उत्तर भेटिएको छैन ।
के हो कोठा नं २२०१ को रहस्य ?
श्रीदेवीले दुबईको जुमैरा एमिरेट्स टावर होटलको कोठा नं २२०१ मा २४ फेब्रअरी अर्थात बुधबार दिउँसो ‘चेक इन’ गरेकी थिइन् । यसपछि उनलाई ४८ घण्टासम्म कोठाबाट बाहिर निस्किएको देखेनन् । तबसम्म उनी कोठामा एक्ले बसिन् र यसपछि मात्र उनको मृत्युको समाचार आयो ।
उनका श्रीमान् बोनी कपूरको भान्जीको बिहेमा सामेल हुन पुगेकी श्रीदेवीको लागि कोठा नं २२०१ बुक गरिएको थियो । बिहे सकिए लगत्तै बोनी कपूर उनकी सानी छोरी मुम्बई फर्किए भने श्रीदेवी त्यही होटलमा ४८ घण्टा एक्लै बसिन् ।
के–के भएको थियो त्यो रात ?
यूपीको इनवेस्टर समितमा सहभागी भएर बोनी कपूर २४ फेब्रअरी दिउँसोको फ्लाइटमाबाट बोनी कपूर पुनः दुबई आए । जसको बारेमा श्रीदेवी पनि अनभिज्ञ थिइन् । तर होटलको कोठा भित्र के–के भयो भन्ने बारे अहिलेसम्म दुई थरी कहानी बनेको छ ।
पहिलो कहानी बोनी कपूर होटलको कोठामा पुगेर श्रीदेवीलाई बाहिर ‘डीनर’ को लागि जान अनुरोध गरे र श्रीदेवी तयार हुनको लागि बाथरुम गइन् । करिब १५ मिनेट सम्म उनी ननिस्किएपछि उनलको बाथरुमको ढोका खाल्दा उनी ‘बाथटब’ मा बेहोश भेटिएकी थिइन् । त्यसपछि बोनी कपूले आफ्नो साथीलाई फोन गरेका थिए ।
दोस्रो कहानीमा भने जतिबेला श्रीदेवी बाथरुम गइन् त्यतिबेला बोनी कपूर त्यहाँ थिएनन् र होटलको कर्मचारीले श्रीदेवीलाई बाथटबमा बेहोस भेट्टाएका थिए ।
खैर, यी दुई कहानी र माथिका केहि प्रश्नहरु अझै पनि रहस्यको पोको भएर बसेको छ । के साचोँ हो ? कसैलाई थाहा छैन ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
नेकपा माओवादी केन्द्रले नेताहरूको वरीयता तोकियो (सुचीसहित)
- 4 minutes ago

काठमाडौँ । नेकपा माओवादी केन्द्रले पदाधिकारी र स्थायी समिति सदस्यहरुको वरीयता निर्धारण गरेको छ ।
अमेरिकाको दाबी रुसद्वारा अस्वीकार
- 24 minutes ago

एजेन्सी । रुसले नयाँ रणनीतिक हतियार न्यूनीकरण सन्धि (नयाँ स्टार्ट) को पालना नगरेको भन्दै संयुक्त राज्य अमेरिकाले गरेको दाबीलाई मस्कोले दृणतापूर्वक अस्वीकार गरेको छ ।
त्रिशूली जलविद्युत् केन्द्रको आधुनिकीकरण गरिदै
- 27 minutes ago

काठमाडौ । नेपाल विद्युत् प्राधिकरणले नुवाकोटको बिदुर नगरपालिका–९ त्रिशूली बजारस्थित त्रिशूली जलविद्युत् केन्द्रको जीर्णोद्धार तथा आधुनिकीकरण सुरुआत गरेको छ ।
पर्यटन
किस्पाङ गुम्बा

नुवाकोट । नुवाकोटको किस्पाङ गाँउपालिका–३ मा अवस्थित प्रसिद्ध किस्पाङ गुम्बा । भारतको कर्नाटकस्थित स्यार गादेन बुद्धिष्ट कल्चरल एसोसिएशन गुम्बासँगको समन्वयमा किस्पाङ गुम्बाले लामा अध्ययनको प्रारम्भिकदेखि पिएचडी तहसम्मको अध्ययनको प्रबन्ध मिलाएको छ । तस्बिरः रामहरि न्यौपाने÷रासस
जीवनशैली
घरमा रातो रंगका वस्तुहरू यस दिशामा राख्नुहोस्

एजेन्सी । यदि हामीले आफ्नो जीवनमा वास्तुशास्त्रका नियमहरू लागू गर्यौं भने हामीलाई सफल हुनबाट कसैले रोक्न सक्दैन।
विचित्र विश्व
उपराष्ट्रपतिको श्रीमानलाई अमेरिकी प्रथम महिलाले चुम्बन गरेपछि...

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनकी पत्नी जिल बाइडेनले उपराष्ट्रपति कमला ह्यारिसनका खसमको ओठमा चुम्बन गरेर संसारलाई आश्चर्यचकित बनाएकी छन् ।