बलिउडका ‘बेस्ट फ्रेण्ड’
- सोमबार, २८ साउन, २०७५
- 4 years ago
- कला र मनोरञ्जन

बलिउडमा कोही एकअर्कासँग काम गर्न नरुचाउने सेलिब्रिटीहरु छन् भने कोही सदाबहार बेस्ट फ्रेण्डहरु पनि रहेका छन् । बलिउडमा मित्रताकोभन्दा पनि दुश्मनी र छेडछाडलाई बढी महत्वका साथ पस्किने गरिन्छ ।
बलिउडमा केही यस्ता बेस्ट फ्रेण्डहरु रहेका छन् जो एकअर्कालाई हरेक तरिकाले सहयोग गर्दै आइरहेका छन् । आउनुहोस् हेरौ बलिउडका बेस्ट फ्रेण्डहरु को को हुन् ।
१. शाहरुख खान र करन जोहर
विभिन्न खटपटकाबीच पनि शाहरुख खान र करन जोहरको सम्बन्धमा भने कहिल्यै चिराहरु परेनन् । उनीहरुले आफ्नो बलियो मित्रता भएको आभास एकअर्कालाई दिइनै रहे ।
बलिउडमा शाहरुख र करनको जोडीले धेरै हिट फिल्महरु दिएको छ । उनीहरुको घनिष्ठ मित्रतालाई अर्कै नाम पनि दिन खोजियो ।
तर, उनीहरुले यस कुरालाई वास्ता गरेनन् । शाहरुख र करनको मित्रता अझै पनि उत्तिकै बलियो रहेको छ ।
२. सलमान खान र संजय दत्त
सलमान र संजयले धेरै फिल्महरु एकसाथ काम पनि गरेका छन् । सलमान खानलाई समस्या पर्दा संजय दत्तले धेरै पटक मदत गरेका छन् ।
पछिल्लो समय उनीहरुको सम्बन्धलाई लिएर नकारात्मक समाचारहरु पनि आएका थिए । तर, उनीहरुले यस कुराको खण्डन गर्दै आफुहरुको मित्रता कसैले तोड्न नसक्ने र कमजोर नरहेको बताएका थिए ।
संजयले सलमानलाई आफ्ना राम्रा कुराहरु सिक्न र गल्तीहरु नदोहोर्याउन बारम्बार प्रेरणा दिने गरेको सलमान खानले एक अन्तर्वार्तामा बताएका थिए ।
२. शाहरुख खान र जुही चाउला
शाहरुख र जुहीबीच निकै बलियो र न्यायो मित्रता रहेको छ । उनीहरुले धेरै फिल्महरुमा समेत काम गरिसकेका छन् । उनीहरुको सम्बन्धलाई देखेर बेलाबेलामा उनीहरु रिलेशनसिपमा समेत रहेको हल्ला बाहिर चलिनै रहे ।
तर, उनीहरुले आफु एकदमै मिल्ने साथी भएको र हल्लाको पछाडि नलाग्न भनेका थिए । उनीहरुले मिलेर खोलेको प्रोडक्सन कम्पनी समेत रहेको छ ।
३. करिना कपुर र अमृता अरोरा
बलिउडबाट लगभग पलायन भइसकेकी अमृता अरोरा र करिना कपुर मिल्ने साथी हुन् । उनीहरु समय निकालेर एकअर्कालाई भेट्ने तथा आफ्ना कुराहरु शेयर गर्ने काम गर्छन् । उनीहरुले हरेक सुख, दःख, कठिन पलमा एक अर्काको लागि उभिने समेत गरेको बताएका थिए ।
४. सलमान खान र अजय देवगन
धेरैलाई थाहा हुन नसक्छ सलमान र अजय मिल्ने साथी हुन् । उनीहरुले एकअर्काको फिल्म प्रोमोट गर्न कुनै कसर बाँकी राख्दैनन् । सलमान खानको फिल्म रेडीमा अजयले अतिथि भुमिका रहेको थियो ।
त्यस्तै सन अफ सरदारमा सलमानले अतिथि भुमिका गरेका थिए । बलिउडको हिट फिल्म ‘हम दिल दे चुके सनम’ र ‘लण्डन ड्रिम्स’ मा काम यिनीहरुले सँगै काम गरेका थिए ।
५. ऐश्वर्या राय र संजय लिला भंसाली
कुनै समय संजय लिला भंसालीको निर्देशनमा बनेका प्राय फिल्महरुमा ऐश्वर्या राय बच्चन देखिने गर्थिन् । हिट फिल्महरु ‘हम दिल दे चुके सनम’, ‘देवदास’ जस्ता फिल्महरुमा ऐश्वर्याको भुमिका रहेको थियो । फिल्म गुजारिसमा समेत संजयले ऐश्वर्यालाई नै लिएका थिए । तर, फिल्म भने हिट भएन ।
६. दीपिका पादुकोण र साहना गोस्वामी
कमै चर्चामा रहेको जोडी हो दीपिका र साहनाको । उनीहरु एकदमै मिल्ने साथी भएको बताउँछन् । फिल्मको करिअर बनाउने दौडमा उनीहरुको भेट भएको थियो । त्यहाँबाट सुरु भएको उनीहरुको मित्रता निकै बलियो रहेको छ । आयोजित विभिन्न पार्टी तथा कार्यक्रममा प्राय सँगै देखिने गर्छन् ।
८. ऋतिक रोशन र फरहान अख्तर
यिनीहरु बाल्यकालदेखिका मिल्ने साथीहरु हुन् । उनीहरुको पारिवारिक सम्बन्ध पनि उत्तिकै बलियो रहेको छ । उनीहरु सँगै हुर्किए र दुवैले फिल्मीलाइन नै समाते । फरहानले फिल्म लक्ष्यमा ऋतिकलाई कास्ट गरेका थिए ।
उनीहरुको रियल लाइफको मित्रता फिल्मी लाइफमा पनि देखियो । फिल्म ‘जिन्दगी नामिलेगी दोबारा’ सुपर हिट भएको थियो ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
बुटवलमा पुर्जाविहीन जग्गाको सर्भे
- 10 minutes ago

बुटवल । बुटवल उपमहानगरपालिकाले नापजाँच बाँकी रहेका लालपुर्जाविहीन जग्गाको सर्भे सुरु गरेको छ । राष्ट्रिय भूमि आयोगबाट पास भएका ब्लकमा बुटवल उपमहानगरपालिकाले डीजीपीएस सर्भे थालेको हो ।
बैरेनी जग्गा एकीकरण आयोजना कार्यान्वयन चरणमा
- 18 minutes ago

तनहुँ । तनहुँको व्यास नगरपालिका–१० स्थित बैरेनी जग्गा एकीकरण आयोजना कार्यान्वयन चरणमा प्रवेश गरेको छ । बैरेनीमा आयोजनाअन्तर्गत प्रथम चरणको कार्यान्वयन सुरुआत गरिएको हो ।
तीन सातामा सात चलचित्र प्रदर्शनमा आउने
- 21 minutes ago

काठमाडौँ । चैत लागेदेखि नै नेपाली चलचित्र प्रदर्शन भएको छैन । दुई साता खाली रहे पनि बाँकी तीन सातामा भने सात चलचित्र प्रदर्शन हुँदैछन् । वैशाखलाई लक्षित गर्दै निर्माताले वितरकसँग सल्लाह गरेर चलचित्र प
पर्यटन
एकपटक पुग्नै पाथीभरा धाम

सन्तोष पुर्कुटी। देशकै प्रमुख शक्तिपीठमध्ये ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरले वार्षिक लाखौँ स्वदेशी तथा विदेशी तीर्थयात्रीलाई आकर्षण गरिरहेको छ। अलौकिक शक्तिको खानीका रुपमा लिइने पाथीभरामा पछिल्लो एक वर्षमा मात्रै झण्डै तीन लाख बढी स्वदेशी तथा विदेशी तीर्थयात्री आएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।
जीवनशैली
खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

एजेन्सी । काजु मानिसहरुले सबैभन्दा बढी सेवन गर्ने सुक्खा फल हो । अधिकांश मानिसहरु काजू खान मन पराउँछन् । यो धेरै स्वस्थ नट मध्ये एक समावेश छ।
विचित्र विश्व
महाठग चन्द्रशेखरले भनेः गरिब कैदीलाई करोडौँ रकम प्रदान गर्ने चाहन्छु

एजेन्सी । आफैँ कैदमा रहेका एक बन्दीले कारागारमा रहेका कैदीबन्दी तथा उनीहरूका परिवारका लागि रु पाँच करोड ११ लाख प्रदान गर्ने चाहना व्यक्त गरेका छन् ।