दोस्रा अम्बानीः बलिउडका सबैभन्दा धनि अभिनेता

Global IME
Norvic Hospital

एजेन्सी । बलिउडमा १०० करोड नकमाउने फिल्म एकदमै कम बन्छन् भने अभिनेता तथा अभिनेत्रीको कमाई पनि त्यसै अनुसारको हुन्छ । 

 

 बलिउडका अभिनेता तथा अभिनेत्री कमाईको हिसाबले कुनै उद्योगति भन्दा कम हुँदैनन् । यस उद्योगका हर कोहि निकै सम्पन्न र धनि छन् । 

 

केही कमलाई हटाएर गणना गर्ने हो भने बलिउडका धेरै जसो अभिनेता तथा अभिनेत्रीको जीवनशैली निकै नै लोभलाग्दो छ । तर यी मध्येमा पनि एकजना अभिनेता यस्ता छन् जसलाई बलिउडका सबैभन्दा धनि अभिनेता तथा दोस्रो अम्बानी भनेर चिन्ने गरिन्छ । 

 

भारतका दोस्रो अम्बानीको रुपमा परिचित सुनील शेट्टी लामो समयदेखि बलिउडबाट टाढा रहेका छन् । कुनै समय एक्सन हिरोको उपाधि पाएका उनी लामो समयदेखि चलचित्रमा देखिन छाडेका छन् यद्यपि उनी सम्पतिको हिसाबले दोस्रो अम्बानीको रुपमा चिनिन्छन् । 

 

 

इन्डियाका ‘अर्नोल्ड श्वार्जनेगर’ भनेर चिनिएका शेट्टीको अभिनय अरु बाकीँ फिल्मका स्टारको भन्दा निकै अलग मानिन्छ । ‘धडकन’, ‘टक्कर’, ‘मोहरा’ जस्ता ११० चर्चित फिल्ममा काम गरिसकेका उनी ५६ वर्षका सुनिलले मलयालम, तामिल र अंग्रेजी फिल्ममा समेत काम गरेका छन् । 

 

सुनिल राम्रो अभिनेता मात्र होइनन् उनी एक सफल व्यावसायी पनि हुन् ।  उनको वार्षिक कमाई १०० करोड भन्दा बढी हुने स्रोतले उल्लेख गरेको छ । उनको ‘रेस्टुरेन्ट’, ‘प्रोडक्सन हाउस’, ‘कपडाको बुटीक’ जस्ता व्यवसाय रहेको छ । उनी सामाजिक कार्यमा पनि निकै सक्रिय रहेका छन् । 

 

फिल्मबाट टाढिएका सुनिलले खेलमा आफ्नो ध्यान केन्द्रीत गरे । उनले अन्य स्टारसँग मिलेर ‘सेलिब्रेटी क्रिकेट लीग’ को लागि टीम किने जसको कप्तान उनी आफै हुन् । 

 

सुनिल शेट्टीले बलिउडमा फिल्मसँग सँगै व्यवसायलाई अगाडि बढाउने सँस्कारको विकास गरे । 

 

 

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

सञ्चारकर्मी ताम्राकारको निधन

  • 23 minutes ago
सञ्चारकर्मी ताम्राकारको निधन

काठमाडौँ । वरिष्ठ सञ्चारकर्मी कृष्णा ताम्राकारको ८६ वर्षको उमेरमा निधन भएको छ ।

विश्व क्षयरोग दिवस: नेपालमा ३२ हजार क्षयरोगी उपचारबाट वञ्चित

  • 30 minutes ago
विश्व क्षयरोग दिवस: नेपालमा ३२ हजार क्षयरोगी उपचारबाट वञ्चित

काठमाडौँ । नेपालसहित विश्वभर आज विश्व क्षयरोग दिवस मनाइँदै छ । ‘हो १ हामी क्षयरोग अन्त्य गर्छौं’ मूल नाराका साथ विश्व क्षयरोग दिवस मनाउन लागिएको छ ।

बुटवलमा पुर्जाविहीन जग्गाको सर्भे

  • 1 hour ago
बुटवलमा पुर्जाविहीन जग्गाको सर्भे

बुटवल । बुटवल उपमहानगरपालिकाले नापजाँच बाँकी रहेका लालपुर्जाविहीन जग्गाको सर्भे सुरु गरेको छ । राष्ट्रिय भूमि आयोगबाट पास भएका ब्लकमा बुटवल उपमहानगरपालिकाले डीजीपीएस सर्भे थालेको हो ।



पर्यटन

एकपटक पुग्नै पाथीभरा धाम

एकपटक पुग्नै पाथीभरा धाम

सन्तोष पुर्कुटी। देशकै प्रमुख शक्तिपीठमध्ये ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरले वार्षिक लाखौँ स्वदेशी तथा विदेशी तीर्थयात्रीलाई आकर्षण गरिरहेको छ। अलौकिक शक्तिको खानीका रुपमा लिइने पाथीभरामा पछिल्लो एक वर्षमा मात्रै झण्डै तीन लाख बढी स्वदेशी तथा विदेशी तीर्थयात्री आएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।

जीवनशैली

खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

एजेन्सी । काजु मानिसहरुले सबैभन्दा बढी सेवन गर्ने सुक्खा फल हो । अधिकांश मानिसहरु काजू खान मन पराउँछन् । यो धेरै स्वस्थ नट मध्ये एक समावेश छ।