‘ठग्स अफ हिन्दुस्तान’ ट्रेलरः अमिर–अमिताभको लडाईं
- प्रतिक्षा भट्ट
- बिहीबार, ११ असोज, २०७५
- 4 years ago
- कला र मनोरञ्जन

काठमाडौँ । बुहप्रतीक्षित फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ को ट्रेलर सार्वजनिक भएको छ । यशराज ब्यानरमा निर्माण भएको फिल्मको ट्रेलर यशराज चोपडाको जन्मदिनको अवसरमा आज सेप्टेम्बर २७ मा सार्वजनिक गरिएको हो ।
सत्रौँ शताब्दीको कहानीमा आधारित फिल्मको ट्रेलर बिहिबार मुम्बईको आईम्याक्स डोम थिएटरमा मूख्य भूमिकामा रहेका अमिर खान, अमिताभ बच्चन, कटरीना कैप र फातिमा बानु शेखको उपस्थितीमा सार्वजनिक गरिएको हो ।
बलिउड सुपरस्टार अमिर खान र अमिताभ बच्चनबीच पहिलो पटक फिल्मको पर्दामा हुन गइरहेको यो लडाईंले हलिउड फिल्म ‘पीरियड वार’ को झल्को दिनेछ ।
विजय कृष्ण आचार्यको निर्देशनमा बनेको यो फिल्ममा अंग्रेज शासनको गुलामीको दौरान स्वतन्त्रताको लागि संघर्ष गर्दै गरेको एक योद्धा र एउटा ठगको बीचको युद्धलाई देखाइएको छ ।
सन् १७९५ मा भारतमा ईस्ट इन्डिया कम्पनी व्यापार गर्ने उद्देश्यले आएको थियो । र त्यही बाहानामा उसले भारतमा कब्जा गर्ने तयारीमा थियो र यसको विरोधमा थुप्रै आवाज उठ्न शुरु हुन्छ त्यसमध्येमा आजाद र उसको समुन्द्री कबीलेको फौज हुन्छ । आजादको भूमिकामा अमिताभ बच्चनलाई देख्न सकिन्छ भने अमिर खानलाई ठगको भूमिकामा । उनको पहिरन निकै रोचक छ ।
ट्रेलर हेर्नुहोस्:
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
संविधानको इमान्दार कार्यान्वयन गर्ने जिम्मेवारी हाम्रो नै होः प्रधानमन्त्री दाहाल
- 53 seconds ago

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रणाली र संविधान जनताको सर्वोपरि हितका लागि भएकाले संविधानको इमान्दार कार्यान्वयनका लागि सबैलाई आग्रह गरेका छन् ।
इयुद्वारा भूकम्प प्रभावित टर्किएका लागि ३६ उद्धार टोली परिचालन
- 17 minutes ago

काठमाडौँ । युरोपेली युनियन (इयु) सदस्य राष्ट्रहरू एवं इयु नागरिक सुरक्षा संयन्त्रमा सहभागी तीन देशहरूले भूकम्प प्रभावित तुर्किए, जेनेजमा (बुधबार ३६ वटा उद्धार र चिकित्सा टोली पठाउने प्रस्ताव गरेका
गण्डकीमा स्वास्थ्य बीमा गर्ने आठ लाख
- 29 minutes ago

गण्डकी । गण्डकी प्रदेशमा आठ लाखभन्दा बढीले स्वास्थ्य बीमा गरेका छन् । स्वास्थ्य बीमा बोर्ड प्रदेश कार्यालयका अनुसार हालसम्म आठ लाख छ हजार नौ सय ४१ जना स्वास्थ्य बीमामा आबद्ध भएका हुन् । बिमित परिवारको
पर्यटन
किस्पाङ गुम्बा

नुवाकोट । नुवाकोटको किस्पाङ गाँउपालिका–३ मा अवस्थित प्रसिद्ध किस्पाङ गुम्बा । भारतको कर्नाटकस्थित स्यार गादेन बुद्धिष्ट कल्चरल एसोसिएशन गुम्बासँगको समन्वयमा किस्पाङ गुम्बाले लामा अध्ययनको प्रारम्भिकदेखि पिएचडी तहसम्मको अध्ययनको प्रबन्ध मिलाएको छ । तस्बिरः रामहरि न्यौपाने÷रासस
जीवनशैली
घरमा रातो रंगका वस्तुहरू यस दिशामा राख्नुहोस्

एजेन्सी । यदि हामीले आफ्नो जीवनमा वास्तुशास्त्रका नियमहरू लागू गर्यौं भने हामीलाई सफल हुनबाट कसैले रोक्न सक्दैन।
विचित्र विश्व
उपराष्ट्रपतिको श्रीमानलाई अमेरिकी प्रथम महिलाले चुम्बन गरेपछि...

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनकी पत्नी जिल बाइडेनले उपराष्ट्रपति कमला ह्यारिसनका खसमको ओठमा चुम्बन गरेर संसारलाई आश्चर्यचकित बनाएकी छन् ।