बलिउडका चर्चीत ‘चेनस्मोकर्स’
- सोमबार, १५ असोज, २०७५
- 4 years ago
- कला र मनोरञ्जन

एजेन्सी । बलिउड अभिनेता शाहरुख फिटनेशलाई लिएर कडा मेहनत गर्छन् । तर, उनको नराम्रो बानी भने उनले कहिल्यै छोड्न सकेनन् ।
उनी स्वास्थ्य बद्धक खाना, कसरत सबै गर्छन् । तर, मुख्य चुरोटको लतबाट उनी बाहिर आउन सकेका छैनन् ।
शाहरुख खानलाइै धेरै सार्वजनिक ठाउँमा चुरोट पिउँदै गरेको देखिएको थियो । उनको नाम पनि चेन स्मोकर्सको सुचीमा पर्ने गर्छ ।
सन् २०११ मा उनले एक अन्तर्वार्तामा भनेका थिए कि उनले १०० भन्दा बढी चुरोट एकदिनमा पिउने गरेका थिए । तर, परिवारको दबाबका कारण उनले चुरोट पिउन कम गरे । धेरै कोशिस गर्दा पनि उनले चुरोट छोड्न भने सकेनन् ।
रणवीर कपुर
रणवीर पनि बलिउडको चेन स्मोकर्सको गिन्तीमा पर्छन् । उनी जब कटरीनासँग अफयेरमा थिए तब उनले चुरोट छोड्न अस्ट्रेलिया मेडस्पा गएर इनजेक्सन लगाउने काम समेत गरेका थिए । केही समयका लागि चुरोट पिउने बानीमा सुधार आएको थियो । तर, ब्रेकअप पछि उनी फेरि चुरोटको सहारा लिन थालेका थिए । चुरोटको लत छोड्न उनले इलेक्ट्रोनिक हुक्काको प्रयोग समेत गरेको बताइएको छ ।
अजय देवगन
अजयलाई पनि चुरोट पिउने नराम्रो लत रहेको छ । सन् २०१० मा उनले दिएको एक अन्तर्वार्तामा भनेका थिए,‘मलाई रक्सी र स्मोकिङले फिट राख्ने काम गर्छ ।’
संजय दत्त
अरु अभिनेता झै संजय दत्त पनि चुरोटको लत छोड्ने बताउँछन् । तर, उनले पनि हालसम्म चुरोट पिइनै रहेका छन् ।
इरफान खान
इरफान खान आफ्नो चुरोट पिउने बानी भएको स्विकारछन् । उनले पहिलो पटक प्ले गर्दा चुरोट पिएका थिए । त्यसपछि लागेको बानी हालसम्म छुट्न सकेको छैन ।
रोनित रोए
रोनित रोए यस्ता चेन स्मोकर्स हुन् जसले दिनमा २०–२५ वटा चुरोटसम्म पिउने गर्छन् । अरु सेलिब्रिटी झै उनी पनि चुरोट छोड्ने कुरामात्र गर्छन् तर छोड्न सक्दैनन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
क्यानले २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलायो, सन्दीप लामिछाने परेनन्
- 26 minutes ago

नेपाल क्रिकेट संघ (क्यान)ले लिग टूको त्रिकोणात्मक सिरिजका लागि २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । क्यानले शुक्रबार नेपाल–नामीबिया र स्कटल्याण्डबीचको त्रिकोणात्मक सिरिजका लागि २८ खेलाडील
माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने
- 37 minutes ago

काठमाडौँ। बिहीबारदेखि सुरु भएको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू नेकपा एमालेको प्रस्तावमा प्रधानमन्त्री बने पनि विश्वासको मत लिने बेलामा कांग्रेस समेत सामेल भ
राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन माघ २३ मा हुने
- 1 hour ago
काठमाडौँ। राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन माघ २३ गते हुने भएको छ। राष्ट्रियसभाको शुक्रबारको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभाको उपाध्यक्षको निर्वाचन माघ २३ गते सोमबार बिहान ११ बजेर
पर्यटन
जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन

पोखरा। माघ १ गते पोखराको सेतीखोंचमा यति एयरलाइन्सको जहाज दुर्घटना भएपछि पोखराको पर्यटन क्षेत्र सुस्ताएको छ। अङ्गेजी नयाँ वर्षसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि चलायमान बनेको यहाँको पर्यटन व्यवसाय जहाज दुर्घटनापछि फेरी सुस्ताएको हो।
जीवनशैली
साउना, स्टिम र जाकुजी लिने बढ्दै, शरीरलाई आनन्द र तनावमुक्त राख्ने

आजभोलि मानिसहरु थकानबाट मुक्त हुनका लागि स्पा, साउना, स्टिम, जाकुजी जस्ता सेवाबाट आनन्द लिने गरेको पाइएको छ ।
विचित्र विश्व
रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।