बलिउडः यी सुपरस्टारको पहिलो पारिश्रमिक कति थियो ?
- बुधबार, ८ भदौ, २०७९
- 5 months ago
- कला र मनोरञ्जन

एजेन्सी । हालैको एक अन्तर्वार्तामा अभिनेत्री आलिया भट्टले आफ्नो पहिलो फिल्मका लागि १५ लाख भारु पाएको बताइन् । १९ वर्षको उमेरमा आलियाले फिल्म ‘स्टुडेन्ट अफ द इयर’ बाट आफ्नो करियर सुरु गरेकी थिइन् । खर्च गर्नुको सट्टा उनले आफ्नो पहिलो कमाई आमालाई दिएकी थिइन् ।
आलियाजस्तै अहिले बलिउडमा यस्ता धेरै कलाकार छन् जसले फिल्मका लागि करोडौं शुल्क लिने गर्छन् । तर के तपाईलाई थाहा छ उनले आफ्नो पहिलो फिल्मको लागि कति पारिश्रमिक लिएका थिए? ? आज यसबारे चर्चा गरौँ ।
सलमान खान
सलमान खानले फिल्म ‘मैने प्यार किया’बाट बलिउडमा मुख्य कलाकारको रुपमा डेब्यु गरेका थिए । उनले यो फिल्मका लागि ७५ हजार पारिश्रमिक लिएका थिए । यसअघि उनी फिल्म ‘बीवी हो तो ऐसी’ मा सहायक भूमिकामा देखिएका थिए । यो भूमिकाका लागि उनले ११ हजार पाएका थिए । भाग्यश्रीले यो फिल्मका लागि सलमानभन्दा बढी पारिश्रमिक लिएकी थिइन् ।
शाहरुख खान
शाहरुखले १९९२ मा आएको फिल्म ‘दीवाना’बाट आफ्नो अभिनय करियर सुरु गरेका थिए । शाहरुखले आफ्नो पहिलो फिल्मको लागि ४ लाख पारिश्रमिक लिएका थिए । उनले यो फिल्मबाट फिल्मफेयर अवार्ड पनि जिते ।
अक्षय कुमार
अक्षय पहिलो पटक फिल्म ‘सौगन्ध’मा मुख्य कलाकारको रुपमा देखा परेका थिए । यस फिल्ममा उनले शिव कृपलानीको भूमिका निर्वाह गरेका थिए । उनले यो भूमिकाका लागि ५१ हजार पारिश्रमिक लिए ।
आमिर खान
आमिरले सन् १९८८ मा रिलिज भएको फिल्म ‘कयामत से कयामत तक’बाट आफ्नो अभिनय करियर सुरु गरेका थिए । उनले पहिलो फिल्मका लागि ११ हजार रुपैयाँ पाएका थिए ।
अमिताभ बच्चन
आजभन्दा ५० वर्षअघि अमिताभ बच्चनले फिल्म ‘सात हिन्दुस्तानी’बाट सिनेमा जगतमा डेब्यू गरेका थिए । यो फिल्म सन् १९६९ मा रिलिज भएको थियो । उनले यो फिल्मबाट ५ हजार मात्रै पाएका थिए ।
दीपिका पादुकोण
अभिनेत्रीले सन् २००७ मा आएको फिल्म ‘ओम शान्ति ओम’बाट बलिउडमा डेब्यु गरेकी थिइन् । यो फिल्म पनि ब्लकबस्टर हिट भयो । तर तपाईलाई यो थाहा पाउँदा छक्क पर्नुहुनेछ कि दीपिकाले पहिलो फिल्मको लागि एक रुपैया पनि लिएकी छैनन् ।
शाहिद कपुर
शाहिदले सन् २००३ मा रिलिज भएको फिल्म ‘इश्क भिस्क’बाट आफ्नो करियर सुरु गरेका थिए । यो रोमान्टिक कमेडी फिल्मका अभिनेताले १ लाख ५० हजार पारिश्रमिक लिएका थिए ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
मेलम्ची खानेपानीको मुहान निरीक्षण
- 15 minutes ago

काठमाडौँ । खानेपानी मन्त्री अब्दुल खान, सचिव मणिराम गेलाल, खानेपानी विकास समितिका कार्यकारी निर्देशक कमलराज श्रेष्ठलगायत टोली शनिबार हेलम्बु–१, अम्बाथानमा रहेको मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल नि
सिद्धान्त कस्तो छ, व्यवहारले देखाउँछः अध्यक्ष नेपाल
- 23 minutes ago

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीको व्यवहारले सिद्धान्तका बारेमा बताउने भएकाले सही व्यवहार गर्नुपर्ने बताएका छन् । उनले पार्टीेको पाँचौँ केन्
'सबै पक्षसँग कुरा हुन्छ'
- 26 minutes ago

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै पक्षसँग आफूले संवाद गर्ने बताएका छन् ।
पर्यटन
वीरगञ्ज नाकाबाट एक वर्षमा ६५९ पर्यटक भित्रिए

पर्सा । पर्साको वीरगञ्ज भन्सार नाकाबाट पछिल्लो एक वर्षको अवधिमा ६५९ विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।
जीवनशैली
चाणक्य नीतिः हरेक पत्नीले आफ्नो पतिबाट जीवनभर लुकाइराख्छन् यी ५ कुरा, जीवनभर रहन्छ रहस्य

एजेन्सी । आचार्य चाणक्यको नीति र विचार अलि कठोर लागे पनि यो कठोरता नै जीवनको सत्य हो । दौडधुपको जीवनमा यी विचारहरूलाई किन बेवास्ता गर्नुपर्छ, तर यी शब्दहरूले तपाईंलाई जीवनको हरेक परीक्षामा मद्दत गर्नेछ। आचार्य चाणक्यले आफ्नो नीतिमा विवाह, घरपरिवार, मानव जीवनको बारेमा धेरै महत्त्वपूर्ण कुराहरू बताएका छन्।
विचित्र विश्व
रुससँगको युद्ध थप उग्र हुने, अमेरिकाले युक्रेनलाई २.२ अर्ब डलर दिने, फ्रान्स, इटालीले क्षेप्यास्त्र प्रणाली दिने

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध भएको एक वर्ष पुग्न लागेको छ । फागुन २४ गते यस युद्धको एक वर्ष पूरा हुनेछ । तर, युद्ध जारी छ। कहिले रुसले तिब्र गतिमा आक्रमण गर्छ, कहिले युक्रेनले बदला लिन्छ। तर, यो युद्धमा युक्रेन एक्लैले रुससँग प्रतिस्पर्धा गर्न सक्दैन । त्यसैले नेटोका सदस्य राष्ट्रहरूले युक्रेनलाई निरन्तर सहयोग गरिरहेका छन् । यसै क्रममा अमेरिकाले फेरि युक्रेनलाई सहयोग गरिरहेको छ ।