बलिउडका यी स्टारहरुको बिहेमा पानी झै बगाइयो पैसा, तर धेरै समय टिकेन वैवाहिक जीवन

Global IME
Mega Bank
Norvic Hospital

एजेन्सी । बलिउड स्टारले आफ्नो बिहेमा करोडौं खर्च गरेपनि यस्ता थुप्रै जोडीहरु पनि रहेका छन् जसको वैवाहिक जीवन धेरै समय टिक्न सकेन । ती जोडीहरुबारे चर्चा गरौं–

 

करिश्मा कपुर – सञ्जय कपुर 

 

 

बलिउडमा एक समयकी सबैभन्दा चर्चित अभिनेत्री करिश्मा कपुरले २००३ सेप्टेम्बर २९ मा व्यापारी सञ्जय कपुरसँग बिहे गरेकी थिइन् । उक्त बिहे शिख रीतिरिवाजले भएको थियो जसका लागि उनको पैत्रिक घर कृष्णा राज बंगला चुनिएको थियो । बिहे एकदमै धुमधाम तरिकाले भएको थियो । यी जोडीको एक छोरी समायरा र छोरा कियान छन् । बिहेको ११ वर्षपछि यो जोडीले सम्बन्धविच्छेद गरे । सन् २०१६ मा अदालतले दुईको सम्बन्धविच्छेदलाई स्वीकृत गर्यो । 

 

सामन्था अक्किनेनी – नागा चैतन्य

 

 

साउथ अभिनेत्री सामन्था अक्किनेनी र नागा चैतन्य पछिल्लो केही समयअघि देखि सम्बन्धविच्छेदका कारण चर्चामा रहेका छन् । यो जोडीले २०१७ मा गोवामा बिहे गरेका थिए जसमा साउथका ठूला हस्तिहरु उपस्थित थिए । यो जोडीले हिन्दु र क्रिश्चियन परम्पराले बिहे गरेका थिए । बिहेमा १० करोडभन्दा बढी खर्च भएको थियो । यो साउथको सेलिब्रेटीको सबैभन्दा महँगो विवाहमध्ये एक हो । 

 

मनिषा कोइराला – सम्राट दाहाल 

 

 

एक जमानाको सबैभन्दा मन पराइएकी अभिनेत्री मनिषा कोइरालाले २०१० जुन १९ मा नेपालका चर्चित व्यापारी सम्राट दाहालसँग बिहे गरेकी थिइन् । उनीहरुको बिहे धुमधामले भएको थियो । बिहेपछि यो जोडी हनिमुनका लागि फिनल्याण्ड समेत गएका थिए । तर, दुई बर्षपछि यो जोडीले अलग रहने घोषणा गरे । 

 

इमरान खान – अवन्तिका 

 

 

बलिउड अभिनेता इमरान खानले २०११ जनवरी १० मा आफ्नो लामो समयको प्रेमिका अभन्तिकासँग बिहे गरेका थिए । जोेडीले आमिर खानको पाली हिलस्थित घरमा बिहे गरेका थिए जसमा थुप्रै स्टारहरु उपस्थित थिए । बिहेमा ५.५ करोड खर्च गरिएको थियो । तर, २०१९ मा यी दुईको सम्बन्धमा खटपट आयो । अभन्तिकाले आफ्नी छोरीलाई लिएर अलग बसेकी छन् । आधिकारीक रुपमा यो जोडीले सम्बन्धविच्छेद नगरेपनि दुबै अलग भइसकेका छन् । 

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

समानुपातिक मतगणनातर्फ एमालेको २७ लाख ८८ हजार मत

  • 38 seconds ago
समानुपातिक मतगणनातर्फ एमालेको २७ लाख ८८ हजार मत

काठमाडौँ । मङ्सिर ४ गते भएको निर्वाचनमा समानुपातिकतर्फ एक करोड चार लाख २० हजार १२५ मतगणना हुँदा नेकपा एमालेले २७ लाख ८८ हजार मत कटाएको छ ।

सन् २०२२ मा यी बलिउड फिल्महरू असफल साबित भए

  • 16 minutes ago
सन् २०२२ मा यी बलिउड फिल्महरू असफल साबित भए

एजेन्सी । सन् २०२२ लाई बिदाइ गर्ने समय आएको छ । बलिउडको हिसाबले २०२२ संघर्षपूर्ण वर्ष रह्यो । जहाँ दिग्गज स्टारका फिल्मले समेत बक्स अफिसमा निकै नराम्रो घाटा सहनु पर्यो । कमजोर कथा, पुरानै ढाँचा, कमजोर

लुम्बिनीको प्रदेश राजधानी तत्काल नसार्न एमालेको माग

  • 1 hour ago
लुम्बिनीको प्रदेश राजधानी तत्काल नसार्न एमालेको माग

बुटवल । नेकपा एमाले रुपन्देहीले लुम्बिनी प्रदेशको अस्थायी राजधानी बुटवलबाट सार्ने निर्णय तत्काल रोक्न माग गरेको छ ।



पर्यटन

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वत । बन्जी निर्माणअघि पर्वत धेरैका लागि नौलो नाम सुनिन्थ्यो । पर्वत हुँदै बागलुङ, मुस्ताङ पुग्ने पर्यटकहरूले समेत पर्वतको बारेमा बेखबर देखिन्थे । तर, हिजोआज अवस्था त्यस्तो छैन । आन्तरिक तथा बाह्य पर्यटकहरूका कारण यति बेला सदरमुकाम कुश्माका होटेल तथा रेस्टुरेन्ट व्यवसायहरू फस्टाएका छन् । तस्बिरः सुमनजङ्ग थापा÷रासस

जीवनशैली

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।