अजबगजको बलिउड जोडी, श्रीमातीभन्दा कान्छा छन् यी सेलिब्रटीहरु
- बुधबार, ५ मंसिर, २०७५
- 4 years ago
- कला र मनोरञ्जन

धेरै जसो पुरुष आफुभन्दा केही उमेरले भनेपनि कान्छी केटी विवाह गर्न मन पराउँछन् । तर बलिउडमा भने यस्तो पुरानो मान्याताको क्रमभंगता धेरै सेलिब्रिटीहरुले गरेका छन् ।
उनीहरुले उमेरलाई महत्व नदिदै विवाह बन्धनमा बाँधिएका छन् । उनीहरुको वैवाहिक जीवन केही हदसम्म सफल पनि रहेका छन् । आउनुहोस् हेरौ बलिउडका केही यस्ता जोडीहरु जसका श्रीमान् भन्दा श्रीमती जेठी रहेका छन् ।
१. करन ग्रोबर र बिपाशा बासु
हालै वैवाहिक बन्धनमा बाँधिएकी बिपास बासु करन ग्रोबरभन्दा ३ वर्षले जेठी छन् । फिल्म ‘एलोन’ पश्चात प्रेममा परेका यी जोडीहरुले अन्तत उमेरको प्रवाह नगर्दै विवाह बन्धनमा बाधिने निर्णय गरे । यसले पनि के पुष्टि गर्यो भने उनीहरुलाई उमेरप्रति कुनै चासो छैन ।
२. ऐश्वर्या राय बच्चन र अविशेक बच्चन
ऐश्वर्या र अविशेकबिच दुई वर्षको भिन्नता रहेको छ । उमेरले जेठी रहेकी ऐश्वर्या अविशेकसँग विवाह गर्न मानिन् । उनीहरुको एक छोरी समेत रहेकी छिन् । यिनीहरुको जोडीलाई उत्कृष्ट जोडीको रुपमा लिइन्छ ।
३. फराहा खान र शिरिष कुन्दर
आफ्नो श्रीमान भन्दा आठ वर्षले जेठी रहेकी फराहा खानको श्रीमानको नाम हो शिरिष कुन्दर । कोरियोग्राफर, निर्देशक, एक्टर र निर्माता समेत रहेकी उनको बैवाहिक जीवन समेत राम्रो रहेको छ ।
४. सोहा अलि खान र कुनाल खेमु
सोहा अलि खान र कुनाल खेमुको प्रेम कथा खुल्ला किताब जस्तै रहेको छ । उनीहरु लामो समयसम्म गहिरो प्रेममा रहेका थिए । तर धेरैलाई थाहा नहुनसक्छ उमेरमा कुनाल खेमुभन्दा सोहा ५ वर्षले जेठी रहेकी छिन् ।
५. मेहर जेसिया र अर्जुन रामपल
मोडलिङ क्षेत्रमा राम्रो सफलता हासिल गरेका यी दुवैले सन् १९९८ मा विवाह गरे । अर्जुनभन्दा मेहर दुई वर्षले जेठी रहेकी छिन् । रामपालले भनेका थिए माया,‘ एकप्रकारले अन्धो नै हुन्छ, यसमा नम्बरको गन्ती हुँदैन ।’ १७ वर्षको वैवाहिक सम्बन्धपछि उनीहरुले डिर्भोस गरे ।
६.अमृता सिंह र सेफ अली खान
आफुभन्दा उमेरले १२ वर्ष जेठी नायिकासँग प्रेममा परेका सेफ अली खानले अन्तत विवाह नै गरे । सेफले विवाह गर्दा उनी भर्खर २१ वर्षका थिए । १४ वर्षको वैवाहिक सम्बन्धपछि उनीहरुले डिर्भोस गरे । सेफले केही वर्ष अघि करिना कपुरसँग विवाह गरेका थिए ।
७. सिल्पा सेट्टी र राज कुन्द्रा
सिल्पा र राजबिच उमेरमा जम्मा ३ महिनाको फरक रहेको छ । राज डिभोर्सी हुन् । सिल्पासँग वैवाहिक बन्धनमा बाधिएपछि सिल्पाले फिल्मलाइनलाई बाइबाइ गर्दै व्यापारमा हात हालेकी छिन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
आज चैते दशैँ पर्व मनाइँदै
- 19 minutes ago

प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन् ।
ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्प
- 1 hour ago

नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाको सानदार जित, मेसीको ह्याट्रिकसहित १०० औं गोल पूरा
- 1 hour ago

मैत्रीपूर्ण खेलमा विश्वविजेता अर्जेन्टिनाले सानदार जित निकालेको छ । बुधबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले क्युरसाओलाई ७–० गोलले पराजित गरेको हो ।
पर्यटन
अन्नपूर्ण हिमशृङ्खला
कास्की । पोखरा महानगरपालिका—३ नदीपुरबाट मङ्गलबार विहान देखिएको सुन्दर अन्नपूर्ण हिमश्रृङ्खला । तस्बिरः कृष्ण दवाडी÷रासस
जीवनशैली
यस्तो समस्या छ भने एलोभेराको प्रयोग नगर्नुहोस्

एजेन्सी । हामीले एलोभेराको फाइदाबारे मात्र सुन्दै धेरै आएका छौं । यो बहुउपयोगी चिज हो । तर, तपाईलाई यसको बेफाइदाको बारेमा थाहा नहुन सक्छ । कतिपय अवस्थामा यसले विषको काम समेत गर्छ ।
विचित्र विश्व
आज आकाशमा ५ ग्रह एकैसाथ देखिने

नासाका खगोलविद् बिल कुकले यी ग्रहहरू हेर्न सूर्यास्तपछि पश्चिम क्षितिजमा हेर्न सकिने बताउँछन् । क्षितिज त्यो ठाउँ हो जहाँ हेर्दा पृथ्वी र आकाश एक आपसमा मिलेको देखिन्छ ।