सन् २०१८ मा यी बलिउड फिल्महरुले मारे बाजीः यी स्टारहरुले सलमान, आमिरलाई पनि पछि पारे
- बिहीबार, १२ पुष, २०७५
- 4 years ago
- कला र मनोरञ्जन

सन् २०१८ बलिउड फिल्महरुका लागि विशेष रह्यो । नाम चलेका कलाकारहरु लिएर बनेका ठुला बजेटका फिल्महरु पछारिए भने साना बजेटका फिल्महरु दमदार कमाइ गर्न सफल भए ।
सन् २०१८ मा रिलिज भएका कतिपय फिल्महरुले हालसम्मकै ठुलो ओपनिङ कमाइ गर्न समेत सफल भए । शाहरुख खान, सलमान खान र आमिर खानको अन्य वर्ष जस्तो यो वर्ष हुन सकेन । उनीहरुलाई बक्स अफिसमा टाइगर श्राफ, कार्तिक आर्यन, आयुष्मान खुराना जस्ता कलाकारहरुले पछि पारे ।
एक्टर राजकुमार रावको हरर फिल्म ‘स्त्री’ ले बक्स अफिसमा जोडदार कमाइ गर्न सफल भयो । मात्र २४ करोडको बजेटमा बनेको यो फिल्मले १८६.७६ करोडको कमाइ गर्न सफल भए ।
त्यस्तै आयुष्मान खुरानाका दुई फिल्म बधाइ हो र अंधाधुनले बक्स अफिसमा धमाकेदार कमाइ गरे । यो साल उनका यी दुई फिल्मात्र रिलिज भएका थिए जुन ब्लकबस्टर साबित भए । २९ करोडको लागतमा बनेको फिल्म बधाइ हो ले बक्स अफिसमा २२१.४८ करोडको कमाइ गर्यो । त्यस्तै ३२ करोडमा बनेको फिल्म अंधाधुनले ११० करोडको कलेक्शन गर्यो ।
सन् २०१७ डिसेम्बर १ मा रिलिज हुने भनिएको फिल्म पद्य्मावत २५ जनवरी २०१८ मा रिलिज भयो । यो फिल्म २१५ करोड बजेटमा बनेको थियो । विभिन्न विवादमा परे पनि यो फिल्मले बक्स अफिसमा ५७० करोड कलेक्सन गर्न सफल भयो ।
बक्स अफिसमा ब्लकबस्टर साबित भएको अर्को नन बिग स्टार फिल्म सोनु के टिटु की स्वीटीले बलिउडको ट्रेण्ड नै परिवर्तन गरिदियो । यो फिल्ममा कुनै पनि चर्चित बलिउड अनुहार थिएन । तर, यसको कथा वस्तुले फ्याहरुलाई आकर्षित गर्न सफल भयो । ३० करोडमा बनेको यो फिल्मले १०८ करोडको कमाइ गर्यो । यो फिल्ममा कार्तिक आर्यन, नुसरत भरुचा लिड रोलमा थिए ।
अजय देवगनको फिल्म रेडले पनि बक्स अफिसमा सानदार कमाइ गर्न सफल रह्यो । यो सन् २०१८ को तेस्रो ठुलो विकेण्ड ओपनिङ गर्ने फिल्म बन्यो । फिल्मको बजेट जम्मा ४५ करोडको थियो तर यसले बक्स अफिसमा १०१ करोड कमाइ गर्न सफल भयो ।
टाइग्रर श्राफ र दिशा पटानी प्रमुख भुमिकामा रहेको फिल्म बागी–२ ले १५ दिनमा २०० करोडभन्दा बढीको कलेक्सन गर्यो । यो फिल्म यस वर्ष सबैभन्दा छिटो १०० करोड कमाउने फिल्मको सुचीमा रहन गयो ।
बलिउड स्टार अक्षय कुमारको फिल्म प्याडमेन ९ फ्रेबअरीमा रिलिज भएको थियो । अक्षय कुमार, सोनाम कपुर र राधिका आप्तेजस्ता कलाकारहरुको भुमिका रहेको यो फिल्म २० करोड बजेटमा बनेको थियो । यो फिल्मले बक्स अफिसमा १९१.२४ करोड कमाउन सफल भएको थियो ।
सन् २०१८ को अर्को ब्लकबस्टर फिल्म बन्यो सन्जु । यो फिल्मले अन्य फिल्मले बनाएका सबै रेकर्ड तोड्न सफल भएको थियो । यो फिल्म संजय दत्तको लाइफमा आधारित रहेको थियो । यस फिल्मले ५८६.८५ करोड कमाउन सफल भयो ।
१५ अगस्तमा रिलिज भएको यो फिल्म बक्स अफिसमा टिकिरहन सफल भएको थियो । ४५ करोडमा बनेको यो फिल्मले १०६.६८ करोड कमाइ गर्न सफल भएको थियो ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
गण्डकीमा स्वास्थ्य बीमा गर्ने आठ लाख
- 9 minutes ago

गण्डकी । गण्डकी प्रदेशमा आठ लाखभन्दा बढीले स्वास्थ्य बीमा गरेका छन् । स्वास्थ्य बीमा बोर्ड प्रदेश कार्यालयका अनुसार हालसम्म आठ लाख छ हजार नौ सय ४१ जना स्वास्थ्य बीमामा आबद्ध भएका हुन् । बिमित परिवारको
पूर्व–पश्चिम विद्युतीय रेलमार्गको प्रगति छ प्रतिशत मात्रै
- 24 minutes ago

काठमाडौँ । नागरिकले आशाका साथ हेरिरहेको विकास योजनामा पर्ने पूर्व–पश्चिम रेलमार्ग निर्माण अघि बढ्न सकेको छैन । नौ सय किमीभन्दा बढी लम्बाइमध्ये हालसम्म ५५ किमी अर्थात् छ प्रतिशत मात्रै सम्पन्न भएको रेल
नेकपा माओवादी केन्द्रले नेताहरूको वरीयता तोकियो (सुचीसहित)
- 38 minutes ago

काठमाडौँ । नेकपा माओवादी केन्द्रले पदाधिकारी र स्थायी समिति सदस्यहरुको वरीयता निर्धारण गरेको छ ।
पर्यटन
किस्पाङ गुम्बा

नुवाकोट । नुवाकोटको किस्पाङ गाँउपालिका–३ मा अवस्थित प्रसिद्ध किस्पाङ गुम्बा । भारतको कर्नाटकस्थित स्यार गादेन बुद्धिष्ट कल्चरल एसोसिएशन गुम्बासँगको समन्वयमा किस्पाङ गुम्बाले लामा अध्ययनको प्रारम्भिकदेखि पिएचडी तहसम्मको अध्ययनको प्रबन्ध मिलाएको छ । तस्बिरः रामहरि न्यौपाने÷रासस
जीवनशैली
घरमा रातो रंगका वस्तुहरू यस दिशामा राख्नुहोस्

एजेन्सी । यदि हामीले आफ्नो जीवनमा वास्तुशास्त्रका नियमहरू लागू गर्यौं भने हामीलाई सफल हुनबाट कसैले रोक्न सक्दैन।
विचित्र विश्व
उपराष्ट्रपतिको श्रीमानलाई अमेरिकी प्रथम महिलाले चुम्बन गरेपछि...

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनकी पत्नी जिल बाइडेनले उपराष्ट्रपति कमला ह्यारिसनका खसमको ओठमा चुम्बन गरेर संसारलाई आश्चर्यचकित बनाएकी छन् ।