प्रेममा धोका खाएपछि बलिउडसँग सम्बन्ध नभएकासँग विवाह गरेका चर्चीत सेलिब्रिटीहरु
- शनिबार, १४ पुष, २०७५
- 4 years ago
- कला र मनोरञ्जन

बलिउडमा अफेयर लामो समयसम्म चलेपनि एक समय त्यस्तो आएको छ जसकारण ब्रेकअप भएका घटनाहरु धेरै नै रहेका छन् । बलिउडमा माया पाउन त्यति सजिलो छैन । कति अभिनेता तथा अभिनेत्रीहरुले प्रेम सम्बन्धमा धोका खाएका छन् । कति प्रेमसम्बन्ध र मिडियादेखि पर समेत रहेका छन् । धेरै बलिउड अभिनेता तथा अभिनेत्रीहरुको एउटा न एउटा विगत रहेको छ । तर जब विवाह गर्ने समय आउँछ केही अभिनेता तथा अभिनेत्रीहरुले बलिउडबाट पर रहेका व्यक्तिहरुसँग विवाह गरेका छन् । उनीहरुलाई जीवनसाथीको रुपमा चुनेका छन् ।
१. शाहिद कपुर
बलिउडका चकलेटी नायकका रुपमा परिचीत साहिद कपुर पनि धेरै प्रेमिकाहरुबाट धोखा खाएकामध्येमा चिनिन्छन् । कहिले करिना कपुरसँगको सम्बन्ध त कहिले प्रियंका चोपडासँगको सम्बन्ध । करिनाले धोखा दिएपछि प्रियंकाको अगालोमा बाधिन पुगेका साहिदले विवाह भने मिरा राजपुत सँग गरेका थिए । प्रियंकासँगको सम्बन्ध पनि धेरै दिन नटिकेपछि साहिदले मिरासँग विवाह गरेका थिए । मिरा फिल्मी क्षेत्रसँग मतलब नराख्ने महिला हुन् ।
२. जोन अब्राहम
१० वर्षसम्म बिपासा बासुसँग रिलेशनसिपमा रहेका जोन अब्राहमको पनि ब्रेकअप भयो । जोनले आफ्नो धर्मपत्नी प्रिया रुचाललाई बनाए । उनी फिल्म ब्याग्राउण्डबाट होइनन् । फिल्म उद्योगदेखि उनको कुनै सम्बन्ध समेत रहेको छैन । हिमालचल प्रदेशमा बस्दै आइरहेकी प्रियाले अमेरिकाबाट आफ्नो अध्ययन सकेकी थिइन् ।
३. रविना टण्डन
कुनै समयकी चर्चीत नायिका रविना टण्डनले पनि नन फिल्मी व्यक्तिसँग विवाह गरिन् । अक्षय कुमारसँग तगडा अफयेर चलेपनि उनीहरुको ब्रेकअप भयो । अक्षयले अर्कैै अभिनेत्रीलाई मनपराउन थालेको थाहा पाएपछि रविनाले सम्बन्ध तोडेको बताइएको थियो । त्यसपछि रविनाले फिल्म डिस्ट्रीब्युटर अनिल थडानीसँग विवाह गरिन् ।
४. फरदिन खान
जानशीन फिल्मबाट आफ्नो फिल्मी करिअर सूरु गरेका फरदिन र अमृता अरोराबिच धेरै लामो समयसम्म अफयेर चल्यो । तर यो सम्बन्धले काम गरेन । फरदिन खानले पुरानो जमानाकी नायिका मुमताजकी छोरी नताशा माधवानीसँग विवाह गरे । नताशा फिल्मी संसारभन्दा पर छिन् ।
५. विवेक ओबरोय
ऐश्वर्य रायसँग अफयेर चलेपछि सलमान खानको धम्कीमाथि धम्की खाएका विवेकको चर्चा सोही विषयलाई लिएर आज पनि हुन्छ । तर ऐश्वर्याले अभिशेक बच्चनसँग लगनगाँठो कसिन् । विवेकले भने फिल्मी लाइनदेखि पर रहेकी सामजसेवी नन्दनी अलवाकी छोरी प्रिंयका अलवासँग विवाह गरे ।
६. करिस्मा कपुर
अभिशेक बच्चनसँग इन्गेजमेन्टसमेत गरेर सम्बन्ध टुटेपछि करिस्मा कपुरले फिल्मी लाइन देखि पर रहेका व्यापारी संजय कपुरसँग विवाह गरिन् । उनीलाई फिल्म देखि केही वास्था समेत रहेको थिएन । हाल यो जोडीको भने डिभोर्स भइसकेको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने
- 7 minutes ago

काठमाडौँ। बिहीबारदेखि सुरु भएको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू नेकपा एमालेको प्रस्तावमा प्रधानमन्त्री बने पनि विश्वासको मत लिने बेलामा कांग्रेस समेत सामेल भ
राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन माघ २३ मा हुने
- 32 minutes ago
काठमाडौँ। राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन माघ २३ गते हुने भएको छ। राष्ट्रियसभाको शुक्रबारको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभाको उपाध्यक्षको निर्वाचन माघ २३ गते सोमबार बिहान ११ बजेर
दिनेश र अनुको स्वरमा ‘गैँडा चुरोट’ गीत सार्वजनिक
- 40 minutes ago
काठमाडौँ। गायक दिनेश गौतम र अनु सिंहको स्वर रहेको ‘गैँडा चुरोट’ बोलको गीत सार्वजनिक भएको छ। बिहीबार गायक गौतमकै युट्युब च्यानलबाट गीत सार्वजनिक गरिएको हो। विदुर तिमल्सिना ‘देवदुत’ को शब्द रहेको
पर्यटन
जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन

पोखरा। माघ १ गते पोखराको सेतीखोंचमा यति एयरलाइन्सको जहाज दुर्घटना भएपछि पोखराको पर्यटन क्षेत्र सुस्ताएको छ। अङ्गेजी नयाँ वर्षसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि चलायमान बनेको यहाँको पर्यटन व्यवसाय जहाज दुर्घटनापछि फेरी सुस्ताएको हो।
जीवनशैली
साउना, स्टिम र जाकुजी लिने बढ्दै, शरीरलाई आनन्द र तनावमुक्त राख्ने

आजभोलि मानिसहरु थकानबाट मुक्त हुनका लागि स्पा, साउना, स्टिम, जाकुजी जस्ता सेवाबाट आनन्द लिने गरेको पाइएको छ ।
विचित्र विश्व
रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।