यी हुन् अरुको कोख भाडामा लिएर बच्चा जन्माउने बलिउड सेलिब्रेटी
- बिहीबार, २४ माघ, २०७५
- 4 years ago
- कला र मनोरञ्जन

बलिउडका थुप्रै सेलिब्रेटी सेरोगेसीमार्फत आमाबुबा बनेका छन् । कोख भाडामा लिएर बच्चा जन्माउने विधिलाई सेरोगेसी भनिन्छ । कोही बिहे नगरी अभिभावक बनेका छन् भने कतिपय जोडीले यस विधिबाट सन्तानसुख प्राप्त गरेका छन् ।
सनी लियोनी
अभिनेत्री सन्नी लियोनी छोरी निशा कौरलाई धर्मपुत्री बनाएको आठ महिनापछि सरोगेसीबाट जुम्ल्याहा सन्तानकी आमा बनेकी थिइन् । यस विधिबाट उनका दुई छोरा जन्मिएका छन् ।
शाहरुख खान
अभिनेता शाहरुख खानका तीन सन्तान छन्, दुई छोरा र एक छोरी । उनको कान्छो छोरा अबराम सरोगेसीबाट जन्मिइको हो । उनी जन्मिदा शाहरुखकी श्रीमती गौरी खान ४० वर्ष नाघिसेकेकी थिइन् । यस उमेरमा गर्भधारण गर्नु जोखिमपूर्ण रहेकाले यस जोडीले सरोगेसीको सहारा लियो
आमिर खान
अभिनेता आमिर खान र उनको दोस्री श्रीमती किरण खान रावले इन–भिट्री फर्टिलाइजेसन (आईभीएफ) सेरोगेसी विधिबाट छोरा आजाद राव खानलाई जन्माएका हुन् । किरणलाई गर्भधारण गर्न समस्या देखिएपछि आफूहरुले यस प्रविधिको सहारा लिएको आमिरले बताएका थिए । आमिरको पहिलो श्रीमती रीना दत्तबाट दुई सन्तान छन् ।
लिजा रे
अभिनेत्री लिजा रे गत वर्ष सरोगेसीबाट दुई छोरीकी आमा बनेकी छिन् । लिजालाई सन् २००९ मा ब्लड क्यान्सर देखिएको थियो । क्यान्सरका कारण गर्भधारण गर्न नसक्ने भएपछि उनी यस प्रविधिको सहारा लिएर आमा बनेकी छिन् ।
तुषार कपुर
अभिनेता तुषार कपुरले बिहे गरेका छैनन् । तर, सन् २०१६ मा उनी एक छोराका बुबा बनेका छन् । सरोगेसीबाट उनको छारा लक्ष्य जन्मेका हुन् । सम्पूर्णको सहयोगमा ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
सत्ता गठबन्धनको बैठक बस्दै
- 19 minutes ago

सत्ता गठबन्धनको बैठक आज बस्दैछ । बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार बैठकमा पेस गरेो न्युनतम साझा कार्यक्रमक
आज चैते दशैँ पर्व मनाइँदै
- 1 hour ago

प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन् ।
ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्प
- 2 hours ago

नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
पर्यटन
अन्नपूर्ण हिमशृङ्खला
कास्की । पोखरा महानगरपालिका—३ नदीपुरबाट मङ्गलबार विहान देखिएको सुन्दर अन्नपूर्ण हिमश्रृङ्खला । तस्बिरः कृष्ण दवाडी÷रासस
जीवनशैली
यस्तो समस्या छ भने एलोभेराको प्रयोग नगर्नुहोस्

एजेन्सी । हामीले एलोभेराको फाइदाबारे मात्र सुन्दै धेरै आएका छौं । यो बहुउपयोगी चिज हो । तर, तपाईलाई यसको बेफाइदाको बारेमा थाहा नहुन सक्छ । कतिपय अवस्थामा यसले विषको काम समेत गर्छ ।
विचित्र विश्व
आज आकाशमा ५ ग्रह एकैसाथ देखिने

नासाका खगोलविद् बिल कुकले यी ग्रहहरू हेर्न सूर्यास्तपछि पश्चिम क्षितिजमा हेर्न सकिने बताउँछन् । क्षितिज त्यो ठाउँ हो जहाँ हेर्दा पृथ्वी र आकाश एक आपसमा मिलेको देखिन्छ ।