बलिउडमा लभ अफयेरपछिको लफडा

Global IME
Norvic Hospital

एजेन्सी । विवाह पवित्र सम्बन्ध हो जसमा बाँधिएका हर–कोहि यसको सम्मान गर्ने गर्छन् । र एक अर्कालाई विश्वास र अधिक प्रेम पनि । विवाह यस्तो सम्बन्ध हो जुन विश्वास, भरोसा र प्रेममा अडेको हुन्छ । 

 

तर आजभोलि विवाह बन्धनमा बाँधिइसकेका कयन् जोडीहरु एक अर्काप्रतिको अविश्वास, असन्तुष्टि र वेमेल विचारका कारण विवाहेत्तर सम्बन्धमा रहने गरेका पाइन्छन् । 

 

त्यस्तै बलिउडमा पनि केही यस्ता जोडी निकै चर्चित छन् जसले विवाहपछि आफ्नी श्रीमतीभन्दा अर्की युवती अर्थात बलिउडकै अभिनेत्रीसँग सम्बन्ध स्थापित गरे । जुन सम्बन्धले बलिउडमा निकै चर्चा कमाए । 

 

बलिउडका केही यस्ता स्टार जसले विहे भइसकेपछि पनि अर्की अभिनेत्रीको लागि आफ्नी पत्नीलाई धोका दिएका थिए । तर यसको बावजुद पनि तीनका श्रीमतीले तिनीहरुलाई स्वीकारेका थिए । 

 

आज हामीले बलिउडका केही चर्चित विवाहेत्तर सम्बन्धलाई यहाँ उल्लेख गरेका छौँ । 

 

अमिताभ बच्चन र रेखा 

 

अमिताभ र रेखाको प्रेम सम्बन्धकोबारे सबैलाईृ थाहा भएकै कुरा हो । आज पनि उनीहरुको प्रेमलाई लिएर बलिउडमा निकै किस्सा सुन्ने गरिन्छ भने उनीहरुको  नजरमा  एकअर्को लागि प्रेम सजिलै देख्न सकिन्छ । 

 

अमिताभ र जयालाई बलिउडको चर्चित जोडीको रुपमा लिइन्छ । विवाह पश्चात पनि अमिताभले रेखालाई भुल्न सकेनन् । रेखा र अमिताभको प्रेम सम्बधको चर्चाले जया माथि ठुलो बज्रपात परेको थियो जसका कारण उनले अमिताभसँग सम्बन्ध बिच्छेद गर्ने निर्णय गरेकी थिइन ।

 

जबकि जयासँग छुट्टिने डरले अमिताभले रेखासँग आफ्नो प्रेम सम्बन्ध तोडे । जसले गर्दा उनीहरुको विवाह बच्न सफल भयो । 

 

शाहरुख खान र प्रियंका चोपडा 

 

शाहरुख खानले गौरी खानलाई पाउनको लागि धेरै ‘पापड’ बेलेका थिए । धेरै संर्घषपछि उनको प्रेम विवाहमा परिणत भयो । गौरी र शाहरुख खानको विवाह प्रेम सम्बन्धको बारेमा थाहा छ तर कम मानिसलाई मात्रै थाहा छ कि शाहरुख खान र गौरी खानको सम्बन्धमा एक चोटि मनमुटाव  भएको थियो । यद्यपि ‘डन’ फिल्मको सुटिङ क्रममा शाहरूख खान र प्रियंका चोपडा  एक अर्काको नजिक हुन थालेका थिए ।

 

खबर यो पनि थियो कि उनीहरु बिच प्रेम पनि थियो । जब यो कुरा गौरी खानले थाहा पाइन् तब उनले शाहरुख खानलाई  ‘डिर्भोस’ दिने धम्की दिइन् यस पछि शाहरुख खानले प्रियंकासँग दुरी बढाए । अहिले उनी आफ्नो श्रीमती र बच्चाहरुसँग खुसी साथ जिन्दगी बिताइ रहेका छन् । 

 

अक्षय कुमार र प्रियंका चोपडा 

 

जुन समयमा प्रियंका आफ्नो करियर सुरु गर्दै थिइन तब उनको नाम धेरै बलिउडका स्टारहरुसँग जोडिएर आउने गथ्र्यो । मिडियामा यो हल्ला थियो कि अक्षय कुमार र  प्रियंका चोपडा बिच प्रेम सम्बन्ध छ । उनीहरु एकअर्कासँग धेरै नजिक भएका थिए । 

 

जब यो कुरा अक्षयकी  श्रीमती ट्वीङ्कल खन्नालाई थाहा भयो  तब  उनले अक्षयलाई  प्रियंकासँग कुनै पनि फिल्म खेल्न  दिइनन् । त्यस पछि अक्षय कुमार प्रियंकासँग देखा परेनन् ।

 

अजय देवगन र कंगना रनौत

 

यी दूई चर्चित कलाकारबिच को प्रेमसम्बन्ध आगो जस्तै जताततै फैलिएको थियो । जब अजय र कंगना एउटै फिल्ममा देखिने भएका थिए तब उनीहरु बिचको प्रेमसम्बन्ध बाहिर आयो । अजयको श्रीमती काजोलले  यो कुरा थाहा पाउने बित्तिकै उनले अजयलाईृ कंगनासँग काम गर्न रोकिन  । त्यसपछि यी दुई कलाकार  कहिल्यै एक साथ काम गरेनन् ।   

 

गोविन्दा र रानी मुखर्जी

 

गोविन्दा र रानी मुखर्जीको जोड़ीलाई त्यस बेला धेरै मानिसले मन पराउने गरेको पाइन्थ्यो । उनीहरुको धेरै फिल्म सुपरहिट भएका छन् । दुबै सँग–सँगै काम गर्दा गर्दा एक अर्कालाई मन पराउन थालेका थिए ।

 

तर उनीहरुको प्रेम भेरै दिन सम्म टिकेन केहि दिन पछि नै गोबिन्दालाई  गल्तीको बोध भयो र उनले आफ्नी श्रीमती सुनीतासँग माफि मागे । तब देखि उनीहरु खुसीसाथ आफ्नो जिन्दगी बिताइ रहेका छन् । 

 

 ऋतिक रोशन र कंगना रनौत

 

ऋतिक रोशनले सुजैन खानसँग विवाह त गरे तर उनलाई धोका पनि दिए । ऋतिकको  प्रेम सम्बन्धको चर्चा करीना कपूर, प्रियंका चोपड़ा र बारबरा मोरीसँग पनि थियो । तर सबै भन्दा बढी कंगनासँग उनको नाम जोडिएको खबरले  फिल्मी जगतमा तहल्का मच्चाएको थियो ।

 

यिनीहरुको ‘रोमान्टिक’ तस्वीरको बिवादले सबैलाई  हैरान बनाएको थियो । यो मात्र नभएर उनीहरु एक अर्कालाई बिभिन्न आरोप लगाउदै दुबैले मुद्दा पनि हाले । तर पनि ऋतिक र सुजैन आफ्नो बच्चाहरुसँग धेरै पार्टीमासँगै उपस्थित हुन्छन् र क्रृतिक  यो पनि भन्छन् कि उनी आफ्नो श्रिमतीसँग नजिक बच्चाहरुको कारणले छन् तर आज पनि उनी  सुजैनलाई धेरै माया गर्छन्

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

युरोकप छनोटः इंग्ल्यान्डले इटालीलाई हरायो

  • 14 minutes ago
युरोकप छनोटः इंग्ल्यान्डले इटालीलाई हरायो

एजेन्सी। युरोकप छनोटमा इंग्ल्यान्डले इटालीलाई २-१ गोलले पराजित गरेको छ । इंग्ल्यान्डलाई जित दिलाउन डिक्लेन राइस र ह्यारी केनले एकएक गोल गरे ।

अर्जेन्टिनाको सहज जित

  • 29 minutes ago
अर्जेन्टिनाको सहज जित

एजेन्सी । शुक्रबार बिहान भएको अन्तराष्ट्रिय मैत्रीपुर्ण खेलमा अर्जेन्टिनाले पनामालाई २-० गोलले पराजित गरेको छ ।

सुपारी र कुखुराको अवैध आयात रोक्न माग

  • 37 minutes ago
सुपारी र कुखुराको अवैध आयात रोक्न माग

झापा । अवैधरुपमा भारतबाट भित्रिने कुखुरा र तेस्रो मुलुकबाट आयातित सुपारीले स्वदेशी उत्पादनको बजार धराशायी बनाएको स्थानीय व्यवसायीले बताएका छन् ।



पर्यटन

एकपटक पुग्नै पाथीभरा धाम

एकपटक पुग्नै पाथीभरा धाम

सन्तोष पुर्कुटी। देशकै प्रमुख शक्तिपीठमध्ये ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरले वार्षिक लाखौँ स्वदेशी तथा विदेशी तीर्थयात्रीलाई आकर्षण गरिरहेको छ। अलौकिक शक्तिको खानीका रुपमा लिइने पाथीभरामा पछिल्लो एक वर्षमा मात्रै झण्डै तीन लाख बढी स्वदेशी तथा विदेशी तीर्थयात्री आएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।

जीवनशैली

खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

एजेन्सी । काजु मानिसहरुले सबैभन्दा बढी सेवन गर्ने सुक्खा फल हो । अधिकांश मानिसहरु काजू खान मन पराउँछन् । यो धेरै स्वस्थ नट मध्ये एक समावेश छ।