अभिनयमा फ्लप भएपछि अर्बपतिसँग बिहे

एजेन्सी । बलिउड उद्योग निकै ठूलो छ जहाँ जो–जो कलाकार आफ्नो भविष्य बनाउन छिर्छन् ती मध्ये केहीलेमात्र आफ्नो नाम सुनौले अक्षरले लेख्न सफल भएका छन् भने धेरैले संघर्ष गर्दागर्दै करियरलाई बीट मारेर बलिउडबाट बिदा मागेका छन् ।

 

ती मध्ये केही अभिनेत्री जो बलिउडमा फ्लप भएर पनि अरबौँ पैसामा रमाइरहेका छन् कारण उनीहरुले निकै धनि व्यक्तिसँग बिहे गरे । ती अभिनेत्रीमा आयशा टाकिया, अमृता अरोरा र सेलिना जेटली पर्छन् ।

 

आयशा टाकिया 

 

सन् १९८६ जनवरी १० मा भारतमा जन्मिएकी अभिनेत्री आयशा टाकियाले बलिउडमा ‘टार्जन द वन्डर कार’ बाट आफ्नो करियर सुरू गरेकी थिइन् । उनको पहिलो फिल्मलाई धेरैले मन पराए । 

 

राम्रो अभिनयका कारण उनलाई ‘फिल्म फेयर अवार्ड’ पनि प्रदान गरिएको थियो । तर टाकिया अभिनित थुप्रै फिल्म फ्लप भए । त्यसपछि उनले फरहान आजमीसँग बिहे गरिन् । 

 

जो निकै सफल व्यवसायी हुन् भने ससुरा नेता । १० मिलियन डलरका मालिक आजमीको परिवारमा टाकिया पनि निकै सुखमय जीवन विताइरहेकी छिन् । 

 

अमृता अरोरा 

 

सन् १९८१ जनवरी ३१ मा जन्मिएकी अभिनेत्री अमृताले बलिउडमा २००४ सालमा ‘गर्लफ्रेन्ड’ नामक फिल्मबाट आफ्नो करियरको सुरुवात गरेकी थिइन् । 

 

चर्चित अभिनेत्री मलाइका अरोराकी बहिनी अमृताले केहि फिल्ममा काम गरिन् तर उनी अभिनित फिल्म चलेनन् । फिल्ममा चल्न नसकेपछि उनले शकील लन्डकसँग बिहे गरिन् । उनी भवनहरु निर्माण गर्ने कम्पनीका मालिक हुन् । 

 

उनको कुल कमाई १२ मिलियन डलर रहेको छ । र उनको कमाईमा अमृता खुशी जीवन बिताइरहेकी छिन् । 

 

सेलिना जेट्ली 

 

यी अभिनेत्रीलाई बलिउड उद्योगमा निकै कम चिनिन्छ । ‘मिस इन्डिया’ समेत भइसकेकी यी अभिनेत्री ‘मिस यूनिभर्स’ पनि भइसकेकी छिन् । 

 

निकै सुन्दर यी अभिनेत्रीले बलिउडमा आफ्नो नाम चलाउन सकिनन् । र अन्त्यमा उनले पनि व्यवसायीसँग बिहे गरिन् । उनका पति पीटर पनि खरबौँका मालिक हुन् ।


थप समाचार

वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु

  • 14 minutes ago
वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु

वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु भएको छ । नारायणी कोरोना विशेष अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो । मृत्यु भएकी ४५ वर्षीया महिला कोरोना संक्रमित रहेको पुष्टि भएको छ

पर्सामा थप २२ जनामा कारोना संक्रमण पुष्टि

  • 20 minutes ago
पर्सामा थप २२ जनामा कारोना संक्रमण पुष्टि

पर्सा। पर्सामा थप २२ जनामा कारोना संक्रमण पुष्टि भएको छ । ६ जना महिलासहित २२ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले जानकारी दिए ।

बल्ल पूर्णता पायो काँग्रेसको केन्द्रीय विभागले

  • 33 minutes ago
बल्ल पूर्णता पायो काँग्रेसको केन्द्रीय विभागले

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानबमोजिम केन्द्रीय विभागमा आइतबार उपप्रमुख, सचिव र सदस्य मनोनयन गरी पूर्णता दिएका छन् । केन्द्रीय विभागका प्रमख भने यसअघि नै मनोनयन गर



प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

गर्मीमा छालाको समस्या, कसरी गर्ने छालाको सुरक्षा

गर्मीमा छालाको समस्या, कसरी गर्ने छालाको सुरक्षा

चितवन । चितवनमा केही दिनदेखि तातो हावा चल्न थालेकाले जनजीवन अस्तव्यस्त बनेको छ । बढ्दो गर्मीका कारण छालाजन्य रोगबाट बच्न छालालाई घामबाट जोगाउन चिकित्सकले सुझाव दिएका छन् । गर्मीको मौसम छालाका लागि चुनौतीपूर्ण हुने चिकित्सकको भनाइ छ ।