बलिउड अभिनेता सन्नी देवलबारे रोचक कुराहरु जसबारे कमैलाई थाहा छ
- बिहीबार, ५ भदौ, २०७६
- 3 years ago
- कला र मनोरञ्जन

एजेन्सी । बलिउडका चर्चित अभिनेता हुन् सन्नी देवल । पछिल्लो समय उनी राजनीतिमा लागेका छन् । भारतीय जनता पार्टीबाट सांसद पद जितेका उनी सक्रिय रुपमा बलिउडमा भने देखिएका छैनन् ।
उनको जन्म सन् १९५७, १९ अक्टोबारमा भएको थियो । उनको रियल नाम अजय सिंह देवल हो । उनी अभिनेता, निर्देशक तथा निर्माता पनि हुन् । उनीसँग ५० मिलियन डलर बराबरको सम्पत्ति रहेकोछ ।
उनले एउटा फिल्म खेलेबापत ५ करोडसम्म लिने गरेका छन् । उनको स्कुले पढाई स्याक्रिड बोयज हाइस्कुलमा भएको थियो । उनको ग्रयाजुयसन भने राए बोदर कलेजबाट भएको हो ।
उनको मुम्बईस्थित जुहुमा घर रहेको छ । बलिउड लिजेण्ड धर्मेन्द्रका छोरा सन्नीको ८० र ९० को दशकमा ठुलो डिमाण्ड रहेको थियो । पछिल्लो समय उनी पन्जावी फिल्ममा व्यस्त रहेका छन् । उनको आमाको नाम प्रकाश कौर हो । उनको सौतनी आमा भने हेमा मालिनी हुन् । बबी देवल उनको सानो भाइ हुन् ।
उनको श्रीमतीको नाम पुजा देवल हो । उनको पहिलो फिल्म बेताब हो जुन १९८३ मा रिलिज भएको थियो । दुई सन्तानका पिता रहेका देवलले गदर एक प्रेम कथा फिल्ममा दमदार अभिनय गरेका थिए । उनलाई सोही फिल्मबाट धेरै अवार्डहरु मिलेको थियो ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
सञ्चारकर्मी ताम्राकारको निधन
- 21 minutes ago

काठमाडौँ । वरिष्ठ सञ्चारकर्मी कृष्णा ताम्राकारको ८६ वर्षको उमेरमा निधन भएको छ ।
विश्व क्षयरोग दिवस: नेपालमा ३२ हजार क्षयरोगी उपचारबाट वञ्चित
- 27 minutes ago

काठमाडौँ । नेपालसहित विश्वभर आज विश्व क्षयरोग दिवस मनाइँदै छ । ‘हो १ हामी क्षयरोग अन्त्य गर्छौं’ मूल नाराका साथ विश्व क्षयरोग दिवस मनाउन लागिएको छ ।
बुटवलमा पुर्जाविहीन जग्गाको सर्भे
- 1 hour ago

बुटवल । बुटवल उपमहानगरपालिकाले नापजाँच बाँकी रहेका लालपुर्जाविहीन जग्गाको सर्भे सुरु गरेको छ । राष्ट्रिय भूमि आयोगबाट पास भएका ब्लकमा बुटवल उपमहानगरपालिकाले डीजीपीएस सर्भे थालेको हो ।
पर्यटन
एकपटक पुग्नै पाथीभरा धाम

सन्तोष पुर्कुटी। देशकै प्रमुख शक्तिपीठमध्ये ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरले वार्षिक लाखौँ स्वदेशी तथा विदेशी तीर्थयात्रीलाई आकर्षण गरिरहेको छ। अलौकिक शक्तिको खानीका रुपमा लिइने पाथीभरामा पछिल्लो एक वर्षमा मात्रै झण्डै तीन लाख बढी स्वदेशी तथा विदेशी तीर्थयात्री आएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।
जीवनशैली
खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

एजेन्सी । काजु मानिसहरुले सबैभन्दा बढी सेवन गर्ने सुक्खा फल हो । अधिकांश मानिसहरु काजू खान मन पराउँछन् । यो धेरै स्वस्थ नट मध्ये एक समावेश छ।
विचित्र विश्व
महाठग चन्द्रशेखरले भनेः गरिब कैदीलाई करोडौँ रकम प्रदान गर्ने चाहन्छु

एजेन्सी । आफैँ कैदमा रहेका एक बन्दीले कारागारमा रहेका कैदीबन्दी तथा उनीहरूका परिवारका लागि रु पाँच करोड ११ लाख प्रदान गर्ने चाहना व्यक्त गरेका छन् ।