बलिउड सेलिब्रिटीहरुका छोरीहरु जसले आफ्नो करिअर फिल्मी अभिनयमा देखेनन्
- आइतबार, १९ असोज, २०७६
- 3 years ago
- कला र मनोरञ्जन

बलिउड परिवारमा केही यस्ता व्यक्तिहरु पनि छन् जसले वुबा आमाको बाटो आफुलाई लैजान मानेनन् । उनीहरु फिल्म लाइनभन्दा पनि अरु नै व्यवसाय गर्न रुचाए ।
उनीहरुलाई फिल्महरुबाट अफर आउँदा समेत फिल्म खेल्न मानेनन् । पारिवारिक माहोल पुरै फिल्मी भए पनि उनीहरु यसबाट पर रहन सफल भए ।
आउनुहोस् केही यस्ता बलिउड सेलिब्रिटीहरुका छोरीहरु जसले आफ्नो करिअर फिल्मी अभिनयमा देखेनन् ।
१. रिद्धिमा कपुर साहनी
ऋषि कपुर र नीतू कपूरकी एक्ली छोरी रिद्धिमाले फिल्मलाइनमा जाने मुड कहिल्यै बनाइनन् । कपुर खानदानका प्राय व्यक्तिहरु बलिउडमा आवद्ध रहेका छन् । तर, उनले फिल्म लाइन छोडेर अन्य व्यवसाय रोजिन् । रिद्धिमा इन्टेरिअर र फेशन डिजाइनर हुन् । उनको आफ्नै ज्वलेरीको लाइन रहेको छ । सन् २००६ मा रिद्धिमा ले आफ्नो बालककालका साथी बिजनेशम्यान भरत साहनीसँग विवाह गरेकी थिइन् ।
२. श्वेता बच्चन नन्दा
फिल्मी परिवार भएपनि अमिताभ बच्चन र जया बच्चनकी छोरी श्वेता बलिउड देखि पर रहिन् । तर, उनलाई अक्सर फिल्मी पार्टी तथा इभेन्टमा भने देखिने गरिन्छ । श्वेता एक ब्लगर हुन् । उनले सीएनएन र आइबीएन च्यानलमा जोर्नालिष्ट भएर काम गरेकी छिन् । उनले रणवीर कपुरका कजन निखिल नन्दासँग सन् १९९७ मा विवाह गरेकी थिइन् । नाब्याका दुई बच्चाहरु नाब्या नबेली र अगस्त्य रहेका छन् ।
३. सुज्यान खान
संजय खान छोरी सुज्यान खानले ऋतिक रोशनसँग विवाह गरेकी थिइन् । तर, उनी फिल्ममा भने कहिल्यै देखिनन् । फिल्ममा आउनुभन्दा उनले इन्टेरिअर डिजाइनरको कोर्स गरिन् र त्यसैलाई आफ्नो बिजेनेश बनाउने काम गरिन् । बलिउडदेखि पर रहेपनि उनको चर्चामा भने कहिल्यै कमी आएन । उनले धेरै बलिउड सेलिब्रिटीहरुको घरको इन्टेरिअर डिजाइन गरेकी छिन् । सुज्यानका रिदान र रिहान नामका दुई बच्चाहरु पनि छन् । उनको ऋतिकसँग डिभोर्स भइसकेको छ ।
४. सबा अली खान
शर्मिला टेगोरकी कान्छी छोरी सोहाले बलिउड रोजिन् भने उनकी ठुली छोरी भने यस क्षेत्रदेखि पर नै रहिन् । उनी चर्ची ज्वेलरी डिजाइनर हुन् । उनले सुरु देखिनै फिल्ममा काम गर्ने इच्छा देखाइनन् ।
५. अहाना देओल
धमेन्द्र र हेमा मालिनीकी कान्छी छोरी अहानाले पनि फिल्ममा अभिनय गर्ने कुनै इच्छा देखाइनन् । सन् २०१० मा आएको संजय लिला भंसालीको फिल्म गुजारिसमा सह निर्देशक भएर काम गरेकी थिइन् । उनले सन् २०१४ मा बिजनेशम्यान बैभव बोरासँग विवाह गरिन् । सन् २०१५ मा डेरियन बोहरालाई उनले जन्म दिएकी थिइन् ।
६. रिया कपुर
अनिल कपरकी ठुली छोरीले पनि फिल्ममा कुनै इच्छा देखाइनन् । तर, सोनाम कपुरले भने बलिउडमा आफ्नो स्थान बनाइसकेकी छिन् । रियाले पनि सह निर्देशक भएर काम गरिन् । रियाले निर्माण गरेको फिल्म ‘आयुशा’ बक्स अफिसमा कुनै कमाल गर्न सकेन ।
७. लैला खान
फिरोज खानकी छोरी र फरदीन खानकी बहिनी लैला खान पनि बलिउडदेखि पर रहिन् । उनी पेन्टीङ आर्टिस्ट हुन् । उनले विश्वका विभिन्न ठाउँमा एक्जिभिसन गराएकी छिन् । लैलाले पहिलो विवाह सन् १९९८ मा रोहित राजपालसँग गरेकी थिइन् । तर, पछि उनीहरु अलग्एिका थिए । सन् २०१० मा उनले फरहान फर्नीचरवालासँग विवाह गरिन् ।
८. शाहान भट्ट
महेश भट्ट र सोनी राजदानकी ठुली छोरी शाहीन भट्टले आफ्नो बलिउड करिअर सह फिल्म निर्देशनमा देखिइन् । उनले फिल्म ‘राज ३’ फिल्म ‘जिस्म २’ मा सह निर्देशक भएर काम गरिन् । तर, फिल्ममा उनी भुमिका गर्ने पक्षमा भने उनी छैनन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
बुटवलमा पुर्जाविहीन जग्गाको सर्भे
- 24 minutes ago

बुटवल । बुटवल उपमहानगरपालिकाले नापजाँच बाँकी रहेका लालपुर्जाविहीन जग्गाको सर्भे सुरु गरेको छ । राष्ट्रिय भूमि आयोगबाट पास भएका ब्लकमा बुटवल उपमहानगरपालिकाले डीजीपीएस सर्भे थालेको हो ।
बैरेनी जग्गा एकीकरण आयोजना कार्यान्वयन चरणमा
- 32 minutes ago

तनहुँ । तनहुँको व्यास नगरपालिका–१० स्थित बैरेनी जग्गा एकीकरण आयोजना कार्यान्वयन चरणमा प्रवेश गरेको छ । बैरेनीमा आयोजनाअन्तर्गत प्रथम चरणको कार्यान्वयन सुरुआत गरिएको हो ।
तीन सातामा सात चलचित्र प्रदर्शनमा आउने
- 35 minutes ago

काठमाडौँ । चैत लागेदेखि नै नेपाली चलचित्र प्रदर्शन भएको छैन । दुई साता खाली रहे पनि बाँकी तीन सातामा भने सात चलचित्र प्रदर्शन हुँदैछन् । वैशाखलाई लक्षित गर्दै निर्माताले वितरकसँग सल्लाह गरेर चलचित्र प
पर्यटन
एकपटक पुग्नै पाथीभरा धाम

सन्तोष पुर्कुटी। देशकै प्रमुख शक्तिपीठमध्ये ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरले वार्षिक लाखौँ स्वदेशी तथा विदेशी तीर्थयात्रीलाई आकर्षण गरिरहेको छ। अलौकिक शक्तिको खानीका रुपमा लिइने पाथीभरामा पछिल्लो एक वर्षमा मात्रै झण्डै तीन लाख बढी स्वदेशी तथा विदेशी तीर्थयात्री आएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।
जीवनशैली
खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

एजेन्सी । काजु मानिसहरुले सबैभन्दा बढी सेवन गर्ने सुक्खा फल हो । अधिकांश मानिसहरु काजू खान मन पराउँछन् । यो धेरै स्वस्थ नट मध्ये एक समावेश छ।
विचित्र विश्व
महाठग चन्द्रशेखरले भनेः गरिब कैदीलाई करोडौँ रकम प्रदान गर्ने चाहन्छु

एजेन्सी । आफैँ कैदमा रहेका एक बन्दीले कारागारमा रहेका कैदीबन्दी तथा उनीहरूका परिवारका लागि रु पाँच करोड ११ लाख प्रदान गर्ने चाहना व्यक्त गरेका छन् ।