माया पाउन अजबगजबका हर्कत गरेका बलिउड कलाकारहरु

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

बलिउड । बलिउडमा अफयेरको कुरा चल्नु कुनै नौलो कुरा होइन । तर केही सम्बन्धहरु यस्ता छन् जसले सबै  फ्यानहरुलाई अचम्ममा पारेका छन् ।

 

बलिउड सेलिब्रिटीहरु कोही यस्ता रहेका छन् जो आफ्नो प्रेमका लागि धेरै नै पोजेसिभ हुने गरेका छन् । 

 

बलिउडमा पागलप्रेमीहरुको संख्या उत्तिकै उच्च रहेको छ । जसका कारण उनीहरु बेलाबेलमा चर्चामा आइनै रहनछन् । पागलपनकै कारण केही बलिउड सेलिब्रिटीहरुले आफ्नो प्रेम समेत गुमाएका छन् ।

 

केही यस्ता बलिउडका पागलप्रेमीहरु  रहेका छन् जसको पागलपनको चर्चा उत्तिकै हुने गरेको छ । 

 

१. सलमान खान

बलिउडका दंवग नायक सलमान खान आफ्नो पोजेसिभनेसका कारण मिडियामा निकै लोकप्रिय रहेका छन् । सलमानको पोजेसिभ नेचरका कारण उनकी गलफ्रेण्डले उनलाई छोडेर गइन् ।

 

ऐश्वर्या रायसँगको प्रेम सम्बन्धका बारेमा धेरैलाई थाहा भएकै कुरा हो । उनको पोजेसिभ नेचरका कारण उनीहरुको त्यो सम्बन्ध टिक्न सकेन । जब सलमान खानले विवेक अब्रोराय ऐश्वर्यासँग डेट गरेको कुरा थाहा पाए सलमानले विवेकलाई रातभर फोन गरेर धम्काएका थिए । 

 

२. शाहरुख खान र गौरी खान

शाहरुख खान र गौरी खानको लब स्टोरी कुनै परीको कथाभन्दा कम छैन । फिल्मी क्षेत्रमा आउनुभन्दा पहिलादेखिनै गौरी र शाहरुख खान एकअर्कालाई डेटिङ गरेका गर्थे ।

 

गौरीलाई लिएर शाहरुख खान एकदमै पोजेसिभ रहेका थिए । गौरीलाई कपाल खुल्ला छोडेर शाहरुखले हिड्न दिदैनथे । गौरी यति राम्राी थिइन कि जो कोही उनलाई हेरर लठ्ठ पर्थे । शाहरुखलाई एउटै डर थियो कतै गौरीले कतै छोडेर जाने त होइन ।

 

३. बिपाशा बासु

बिपाशा बासु  विवाह गरेर सेटल भइसकेकी छिन् । तर जोन अब्राहमसँग लब अफयेर हुदाँ उनी निकै पोजेसिभ रहेकी थिइन् । जोन अ्रबाहमसँग सम्बन्ध टुटेपछि उनी हर्मनसँग रिलेसनसिपमा रहेकी थिइन् ।

 

हर्मनले खेलेका फिल्ममा आफुलाई पनि खेलाउन उनले निर्देशकहरुसँग समेत अनुरोध गरेकी थिइन् । उनले एउटा फिल्ममा हर्मनको गरेको लव मेकिङ सिन पनि डिलेट गराउन लगाएकी थिइन् । 

 

४. सैफ अली खान र करिना कपुर 

सैफ अली खान र करिना कपुर हाल बलिउडका क्विउट जोडीमा गनिन्छन् । तर सेफ करिनाका लागि निकै पोजेसिभ रहेका छन् । सैफले एक अन्तर्वातामा भनेका थिए,‘करिनासँग कोही अरु एक्टर देखे भने म होस सम्हान सक्दिन, त्यो एक्टरलाई के गर्छु मलाई पनि थाहा छैन ।’

 

५. रणवीर सिंह र दिपिका पादुकोण

अनुष्का शर्मासँगको सम्बन्ध त्यति राम्रो नभएपछि एक्लिएका रणवीरको जीवनमा दिपिकाको आगमन भएको थियो । दिपिकालाई हरेक सफलतासँग रणबीर जोड्ने काम गर्छन् ।

 

उनी दिपिकालाई सरपराइज दिन दिपिकालाई भेट्न उनी विभिन्न ठाउँ जाने गर्छन् । क्यानडामा सुटिङमा व्यस्त रहेकी दिपिकासँग रणवीरले सरपराइज भेट गरेका थिए । 

 

६. टुइंकल खन्ना र अक्षय कुमार

टुइंकल खन्ना बलिउडकी कुनै जमानाकी चर्चीत नायिका थिइन् । तर अक्षयसँग विवाह गरेपछि उनले फिल्मी लाइनलाई बाइबाइ नै गरिदिइन् ।

 

अक्षय कुमार र प्रियंकाको अफयेरका बारेमा हल्ला चल्न थालेपछि उनले प्रिंयकासँग फिल्म खेलेमात्रै पनि आफुलाई छोड्न भनेकी थिइन् । त्यसपछि अक्षयले प्रियंकासँग फिल्म खेलेका छैनन् । 

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

दुर्गा पक्षको सातौँ दिन देशभरका शक्तिपीठमा भक्तजनको लाम

  • 6 hours ago
दुर्गा पक्षको सातौँ दिन देशभरका शक्तिपीठमा भक्तजनको लाम

काठमाडौँ । वडादसैँको सातौँ दिन अर्थात् दुर्गा पक्षका अवसरमा देशभरका देवी मन्दिरमा भक्तजनको बिहानैदेखि भीड लागेको छ । वडादसैँका अवसरमा आजैदेखि एकादशीसम्म सार्वजनिक बिदा दिइएको छ । सरकारी कार्यालय, विद्

बुर्किना फासोको सैनिक हस्तक्षेपप्रति राष्ट्रसङ्घीय महासचिवको चासो

  • 7 hours ago
बुर्किना फासोको सैनिक हस्तक्षेपप्रति राष्ट्रसङ्घीय महासचिवको चासो

एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले बुर्किना फासोमा भएको सैनिक हस्तक्षेप र कूप्रति चासो व्यक्त गरेका छन् । उनले यहाँको सेनाले गरेको सैन्य ‘कू’ बाट नागरिक अधिकारहरु हनन् भएका र सर

बिन्धबासिनी मन्दिरमा भक्तजन घुइँचो

  • 7 hours ago
बिन्धबासिनी मन्दिरमा भक्तजन घुइँचो

पोखरा । पोखराको प्रसिद्ध धार्मिक शक्तिपीठ बिन्धबासिनी मन्दिरमा सप्तमीको दिन आइतबार भक्तजन घुइँचो । तस्बिरः जमुना वर्षा शर्मा/रासस



पर्यटन

तालबाराही मन्दिरमा भक्तजनको घुइँचो

तालबाराही मन्दिरमा भक्तजनको घुइँचो

कास्की । नवरात्रको समय पारेर शनिबार पोखराको फेवाताल बिचमा रहेको तालबाराही मन्दिर दर्शन गर्ने भक्तजनको घुइँचो । तस्बिरः जमुना वर्षा शर्मा, रासस

जीवनशैली

कसरी स्वादिलो भुटन बनाउने ?

कसरी स्वादिलो  भुटन बनाउने ?

एजेन्सी । नेपालमा चाड­पर्वमा मासु तथा विभिन्न थरिका परिकारहरु बन्दछन्। मासु साह्रै लोकप्रिय छ हामी सबै नेपालीहरुलाई। नेपालको सबैभन्दा बढी प्रयोगमा आउने खसीको मासु हो। सारा विश्वमै खसी र बाख्राको परिकारहरु लोकप्रिय छन्, कहीँ यसको दूध बढी उपयोगमा ल्याइन्छ, त कहीँ त्यसबाट बनेको चिज भने कहीँ यसको मासु।

विचित्र विश्व

'कांग्रेस नेताहरू चुनावपछि भाजपामा सामेल हुनेछन्'

'कांग्रेस नेताहरू चुनावपछि भाजपामा सामेल हुनेछन्'

एजेन्सी । गुजरातको आगामी विधानसभा चुनावमा आम आदमी पार्टी मैदानमा उत्रने तयारीमा छ । यसै क्रममा दिल्लीका मुख्यमन्त्री तथा पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवालले राज्यका विभिन्न भागमा लगातार भ्रमण गरिरहेका छन् ।