जब यी बलिउड कलाकारहरु कंगाल बने
- बिहीबार, ११ असोज, २०७५
- 4 years ago
- कला र मनोरञ्जन

एजेन्सी । बलिउड चलचित्र उद्योग विश्वमा नै धनि मध्येको एक मानिन्छ र यहाँका स्टारहरुको अवस्थामा पनि निकै राम्रो छ । उनीहरुको लाइफस्टाइलका कारण सधैँ मानिसको नजरमा परिनै रहेका हुन्छन् ।
यिनीहरुलाई देख्दा लाग्छ कि यिनीहरुलाई कहिल्यै दुख नै पर्दैन । तर हर कोहि मानिसको जीवनमा कहिले सुख अनि कहिले दुख आइनैरहन्छ । र विश्वमै चर्चित यस्ता केहि बलिउडका कलाकार छन् जो जीवनमा एकपटक कंगाल हुनुपरेको थियो ।
अमिताभ बच्चन
बलिउडका महानायक अमिताभ बच्चन अभिनयका हिसावले आजपनि विश्वभर निकै चर्चित छन् । र उनको लाइफस्टाइलपनि कुनै देशको राजाको भन्दा कम छैन । तर कुनै एक समय यस्तो थियो जुन बेला उनी कंगाल बनेका थिए । जुन समय उनको घर समेत लिलाम गरिएको थियो । ९० को दशकमा उनले आफ्नो सारा लगानी लगाएर एवीसियल कम्पनी खोलेका थिए जुन असफल भयो र उनको सवै लगानी डुब्यो । र उनीलाई ९० करोड ऋण लागेको थियो ।
जैकी श्रॉफ
जैकी कुनै समय आफ्नो करियरको उच्च स्थानमा पुगेका अभिनेता हुन् । तर उनले एक समया साजिद नाडियाडवालासँग ऋण लिएका थिए जुन उनले तिर्न सकेनन् र आफ्नो फ्ल्याट बेचेर ऋण तिर्न बाध्य भए ।
ए.के. हंगल
हंगल निकै राम्रो अभिनेतामा गनिन्छन् भने उनको व्यक्तित्प पनि निकै राम्रो थियो । उनी आफ्नो जीवनको अन्तिम दिनहरुमा पैसामो अभावमा बाचिँरहेका थिए । उनको साथमा आफ्नो रोगको उपचार गर्ने पैसा समेत थिएन ।
भारत भूषण
फिल्म ‘बैजू बावरा’ मा शानदार अभिनय गरेर सवैको दिलमा बस्न सफल भारत भूषण आफ्नो जीवनको अन्तिम दिनहरुमा पैसाको अभावमा बाचिँरहेका थिए । उनले अन्तिममा आफ्नो घर, गाडी र सवै सामान बेच्न बाध्य भएका थिए ।
प्रीति जिंटा
आफ्नो प्रोडक्सनको चलचित्र ‘इश्क़ इन पेरिस’ फ्लप भएपछि प्रीति जिंटा कंगाल भएकी थिइन् ।
सीताराम पंचाल
सीताराम पंचाल स्लमडॉग मिलेनियर, द लीजेंड ऑफ भगत सिंह, जॉली एलएलबी, सारे जहां से महंगा, हल्ला बोल, बैंडिट क्वीन जस्ता चलचित्रमा सानदार अभिनय गरेका फोक्सोको क्यान्सरका विरामी थिए । उनीसँग आफ्नो उपचा गराउने पैसा समेत थिएन । फेसबुक मार्फत सहयोग मागियो तर पैसाको अभावमा उपचार नपाएर उनको मृत्यु भयो ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
न्यायाधीश भट्टराईको प्रश्नः नागरिकता प्राप्त गर्नु र त्यसलाई प्रयोग नगर्नुमा केही फरक छ र?
- 35 minutes ago

काठमाडौँ। सर्वोच्च अदालतको संवैधानिक इजलासको बहसमा न्यायाधीशको प्रश्नमा गृहमन्त्री रवि लामिछानेका वकिलले जवाफ फर्काउन असमर्थ भएका छन्। शुक्रबारको सुनुवाइमा न्यायधीश आनन्दमोहन भट्टराईको प्रश्नमा रविका
माडागास्करमा आँधीबाट १६ को मृत्यु, १९ बेपत्ता
- 45 minutes ago
अन्टानानारिभो। माडागास्करमा आँधीबाट कम्तीमा पनि १६ जनाको ज्यान गएको शुक्रबार बताइएको छ। त्यहाँ आँधीमा परेर कम्तीमा पनि १६ जनाको ज्यान गएको र अरु १९ जना हाराएका सो समाचारमा जनाइएको छ ।प्राप्त समाचार अन
इराकमा चौध जनालाई मृत्युदण्ड
- 53 minutes ago

बगदाद। इराकी अदालतले यहाँका कम्तीमा पनि १४ जना आतङ्ककारीलाई मृत्युदण्डको सजायँ सुनाएको छ। ती व्यक्ति नागरिकको आमहत्यामा संलग्न रहेको पाइएको थियो। नागरिक हत्यामा संलग्न पाइएको भन्दै यहाँको एक अदालतले त
पर्यटन
जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन

पोखरा। माघ १ गते पोखराको सेतीखोंचमा यति एयरलाइन्सको जहाज दुर्घटना भएपछि पोखराको पर्यटन क्षेत्र सुस्ताएको छ। अङ्गेजी नयाँ वर्षसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि चलायमान बनेको यहाँको पर्यटन व्यवसाय जहाज दुर्घटनापछि फेरी सुस्ताएको हो।
जीवनशैली
साउना, स्टिम र जाकुजी लिने बढ्दै, शरीरलाई आनन्द र तनावमुक्त राख्ने

आजभोलि मानिसहरु थकानबाट मुक्त हुनका लागि स्पा, साउना, स्टिम, जाकुजी जस्ता सेवाबाट आनन्द लिने गरेको पाइएको छ ।
विचित्र विश्व
रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।