भैरवनाथ गणभित्र विष्फोट हुँदा महिला सिपाही गम्भीर घाइते
- बुधबार, ६ आषाढ, २०७५
- 4 years ago
- समाचार

काठमाडौं । महाराजगञ्जस्थित त्यही चर्चित भैरवनाथ गण हो, जहा सशस्त्र द्धन्द्धकालमा थुनिएका माओवादीका ४७ भाइको अझै अत्तोपत्तो छैन । त्यही नाममा सेना पटक–पटक बद्नाम भइरहन्छ । अहिले त्यही ब्यारेकभित्र हाते बम (ग्रिनेट) पड्किएर एक महिला सिपाही (दीपिका बस्नेत) मरणासन्न अवस्थामा पुगेकी छिन् ।
उनको आँखा र हातमा गम्भीर चोट लागेको छ । ती महिलाको उपचार व्यवस्थापन नहुँदै त्यही गणमा कार्यरत एकजना सिपाही ज्यानमारा केस लागेर समातिएका छन् । कमाण्ड कन्ट्रोल फितलो हुँदा माथिल्लो दर्जाका मान्छेले आफन्तलाई ब्यारेकबाहिर घुमी हिँड्ने सुविधा दिँदा यस्तो हुन जाने चर्चा त्यहाँ चल्ने गरेको छ ।
त्यही ब्यारेकबाट हराएको एउटा पेस्तोल अझै भेटिएको छैन । ब्यारेकमा राति खासै नबस्ने प्रधानसेनापतिका भान्जा हरि बाहोरालाई कमाण्डर बनाएर पठाइएको छ ।
उता, सेनाले कल्याणकारीको रकमबाट विभिन्न ठाउँमा जमिन किनेको छ । तर त्यसको उचित व्यवस्थापन हुन नसक्दा हाँसोको पात्र मात्र बन्नुपरेको छ । प्रधानसेनापति बस्ने शशीभवन र जंगी अड्डाको भूकम्पपति पुनर्निमाण त भयो । तर, त्यही निर्माणकार्यमा ईंटा बोक्ने, बालुवा बोक्ने सिपाहीका घर पनि भत्किएका छन् । तिनको घरचाँही कसले बनाइदिने ? आजको जनआस्था साप्ताहिकबाट ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
काठमाडौँ महानगरले मिटरब्याजी पीडितलाई खुलामञ्चमा पस्न र बस्न दिएन
- 1 hour ago

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले महोत्तरीबाट आएका मिटरब्याजी पीडितहरूलाई खुलामञ्चमा पस्न रोक लगाएको छ। महानगरले खुलामञ्चको गेटमा ताल्चा लगाएर उनीहरुलाई पस्न रोक लगाएको हो। गत चैत २ गते महोत्तर
'सात दिनभित्र सवारी अनुमति पत्र दिने कार्ययोजना बन्दैछ '
- 1 hour ago

काठमाडौँ । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकलाई सात दिनभित्र सवारी चालक अनुमतिपत्र प्रदान गर्ने तयारी गरिएको बताएका छन् ।
'नेपाललाई आँखा उपचारको गन्तव्य बनाउन सकिन्छ'
- 2 hours ago

काठमाडौँ । सभामुख देवराज घिमिरेले नेपाललाई आँखा उपचारको गन्तव्य बनाउन सकिने बताएका छन् । नेपाल नेत्रज्योति सङ्घको ४५औँ स्थापना दिवसका अवसरमा उनले केन्द्र, प्रदेश र स्थानीय तहसँगको सहकार्यमा नेपाललाई
पर्यटन
दोस्रो सिकार यामः ढोरपाटनमा १२ नाउर र नौ झारलको सिकार हुने

नेपालकै एक मात्र सिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो याममा २१ वन्यजन्तुको सिकार हुने भएको छ । बोलपत्र प्रक्रियाबाट छानिएका सात कम्पनीमार्फत १२ नाउर र नौ झारलको सिकार हुने छ ।
जीवनशैली
वासन्ती छठ पर्वको निराहार व्रत आज

मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ पर्व मनाइँदै छ । चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको आज तेस्रो दिन बर्तालुले निराहार व्रत सुरु गरेका छन् ।
विचित्र विश्व
'युक्रेनलाई हतियार दिएर रुसलाई हराउन सकिँदैन'

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष बितिसक्दा पनि जारी छ । यसैबीच रुसले पनि पटकपटक आणविक आक्रमण गर्ने धम्की दिदैँ आइरहेको छ ।