आधुनिक साजसज्जामा शुक्ल यजुर्वेद पाठ विधिसहितको पुस्तक सार्वजनिक

काठमाडौं । नेपालका अधिकांश वैदिक सनातन हिन्दू धर्मावलम्बीले यज्ञ गर्न प्रयोग गर्ने मन्त्रको स्रोत ‘वाजसनेयि–माध्यन्दिन–शुक्लयजुर्वेद–संहिता’ को नेपाली प्रकाशनबाट प्रकाशित शुद्ध पुस्तक बजारमा आएको छ ।

 

वेदपाठको नियमसहित राखिएको यो पुस्तक गुरुकुल प्रकाशन देवघाटले प्रकाशित गरेको हो । पुस्तकको सम्पादन स्वामी केशवानन्द गिरीले गरेका हुन् । वेदको पुस्तक पत्रमा प्राचीन खालको हुने भए पनि यो पुस्तक भने ‘डिमाइ साइज’को आधुनिक किसिमको छ । रेञ्जेनको खोलसहितको पुस्तकमा फन्ट पनि आधुनिक प्रयोग गरिएको छ । युनिकोडको यो फन्ट पूर्वीय वाङ्मयलाई प्रविधिसँग जोड्ने अभियानमा लागेका स्वामी केशवानन्द गिरीले नै विकास गरेका हुन् । यसैले फन्टको नाम पनि केएन स्वामी राखिएको छ ।

 

पुस्तकमा वेद पाठको नियमसहित हात सञ्चालन र उच्चारण विधि पनि उल्लेख गरिएको छ । वेदको भूमिका, पृष्ठभूमिलाई नेपाली भाषामा पुस्तकमा समावेश गरिएको छ । वेदको विषयमा जान्न चाहने पाठकका लागि पनि पुस्तक उपयोगी छ । वेदका कतिपय विषयका पृष्ठभूमि टिप्पणीमा उल्लेख गरिएको छ । आकर्षक कागज उपयोग गरेर झोला प्रकारको गातामा सजिएको ३६० पृष्ठको पुस्तकको मूल्य रु ८०० तोकिएको छ ।

 

आफूले गुरुकुलमा निःशुल्क पढेको र सन्न्यास लिई सबैका लागि ज्ञान बाँड्ने अभियानमा लागेकाले लागत मात्र उठ्ने गरी मूल्य तोकिएको स्वामी केशवानन्द गिरी बताउँछन् । वेदको पृष्ठभूमि बुझेर आधुनिक डिजिटल फन्टमा पाठ गर्न चाहनेका लागि पुस्तक उपयोगी छ । पुस्तक प्रकाशनसँगै स्वामी केशवानन्दले शुक्लयजुर्वेदको सारस्वरसहितको भिडियो बनाई युट्युब च्यानलमा राख्ने तयारीसमेत गरेका छन् । श्रुतिसमेत भनिने वेदलाई कुनै समय कागजमा लेख्नसमेत नहुने धारणा राखिन्थ्यो । गुरुले शिष्यलाई कानमा सुनाएर बाँडिने ज्ञान भएकाले श्रुति परम्पराका रूपमा समेत चर्चित छ । आधुनिक युगमा मानिसको व्यस्तता बढेसँगै गुरुबाट वेद सुनेर कण्ठस्थ गर्न फुर्सद स्मरण गर्न सक्ने क्षमतासमेत नहुने भएकाले सारस्वरसहितको भिडियो सार्वजनिक गर्न लागिएको उनको भनाइ छ ।

 

युट्युबमा भिडियो सार्वजनिक भएपछि त्यसकै आधारमा शुद्धरूपमा सारस्वर र उच्चारण विधिसहित वेद पाठ सिक्न चाहनेका लागि पनि उपयोगी हुनेछ । चार÷पाँच जनाको समूहमा यो काम गर्न लागिएको स्वामी केशवानन्द बताउँछन् । यसले गुरुकुलमा वेद पढिरहेका विद्यार्थी र पढाउने गुरुलाई समेत स्रोत सामग्रीको काम गर्नेछ । पूर्वीय दर्शनलाई प्रविधिसँग जोड्न लागिपरेका उनले संस्कृत सिक्न चाहनेका लागि संस्कृत भाषामै कार्टुनसमेत बनाउन थालेका छन् । दुई भाग कार्टुन तयार भई सामाजिक सञ्जालमार्फत प्रतिक्रियाका लागि सार्वजनिकसमेत गरिसकिएको छ ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

बिरामी, रोगी भएर औषधि खाँदै हिड्नु पर्ने नेताहरु बेमतलवको झगडामा अल्झेका छन्ः पूर्व प्रधानन्यायाधीश कार्की

  • 45 minutes ago
बिरामी, रोगी भएर औषधि खाँदै हिड्नु पर्ने नेताहरु बेमतलवको झगडामा अल्झेका छन्ः पूर्व प्रधानन्यायाधीश कार्की

काठमाडौँ । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले पुराना नेताले काम गर्न नसक्ने भन्दै सबै पार्टीका ७० वर्ष काटेका नेताले विश्राम लिएर नयाँ पुस्तालाई नेतृत्व सुम्पन आग्रह गरेकी छिन् । प्रजातान्त्रिक विच

उखु किसानको बक्यौता रकम शीघ्र भुक्तानी गर्न राष्ट्रिय मानव अधिकार आयोगको आग्रह

  • 52 minutes ago
उखु किसानको बक्यौता रकम शीघ्र भुक्तानी गर्न राष्ट्रिय मानव अधिकार आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले चिनी उद्योगीले उखु किसानलाई दिनुपर्ने बक्यौता सम्पूर्ण रकम दिन आग्रह गरेको छ । सरकारसँग भएको सम्झौताअनुरूप सम्झौताको २१ दिनभित्र दिनुपर्नेमा आंशिक मात्र प्राप्त

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

  • 55 minutes ago
सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने



पर्यटन

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने गरेको छ ।

जीवनशैली

वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

काठमाडौं । वृहस्पति (गुरु) आइतबारदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका काम्य कर्म गर्न नमिल्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।