‘भारतीय साहित्यका निर्माता प्रेम थापा’ पुस्तक विमोचन

Global IME
Norvic Hospital

खरसाङ (भारत)। भारतीय नेपाली समाजका सुपरिचित राजनीतिज्ञ, साहित्यकार, सामजिक कार्यकर्ता, शिक्षक स्व. प्रेम थापामाथि लेखिएको पुस्तक ‘भारतीय साहित्यका निर्माता प्रेम थापा’ शनिबार (७ जनवरी) को साँझ जागृति परिवारमा विमोचन भएको छ। भारतीय नेपाली समाजका सुपरिचित नाटककार पूर्ण गुरुङ ‘निरुपम’ले लेखेका यो पुस्तक दार्जीलिङ पहाडी भएको ५० वर्ष पुरानो नाट्य संस्था ‘जागृति परिवार’को भवनमा यसका अध्यक्ष खेमराज राई र पत्रकार सञ्जय प्रधानको बाहुलीबाट विमोचन गरियो। नयाँ दिल्लीस्थित साहित्य अकादेमीले यो पुस्तक प्रकाशित गरेको हो। यो पुस्तकको सार्वजनिक विमोचन अझ बृहत रुपमा फेरि पनि अर्को ठाउँमा गरिने तय गरिएको छ। 

 

२१ फेब्रुअरी १९३३ मा खरसाङको मकैबारी चियाबगानदेखि केही तल लङ्भ्यूको चिलाउने धुरामा जन्मिएका प्रेम थापा एकजना बेजोडका हास्यव्यङ्ग साहित्यकार थिए। पेशाले खरसाङको सन्त अल्फन्सस स्कूलमा शिक्षक रहेका स्व. प्रेम थापा शिक्षा र राजनैतिक क्षेत्रमा चर्चित रहे पनि एकजना ओझेलमा परेका साहित्यकार हुन्। भारतीय नेपाली साहित्य क्षेत्रको एक पाटामा उनको महत्त्वपूर्ण योगदान रहेको छ।  ‘भारतीय साहित्यका निर्माता प्रेम थापा’ यस पुस्तकले उनको व्यक्तित्व परिचयका साथमा सामाजिक, राजनैतिक, साहित्यिक क्षेत्रबारेमा विशेष गुणहरू उजागर गरेको छ। यसका साथै उनका व्यङ्ग्यात्मक रचनाहरू बारेमा विशेष रुपमा लेखक पूर्ण गुरुङ ‘निरुपम’ले प्रकाश पारेका छन्। सन् १९१३ मा स्थापित भएको भारतीय नेपालीहरूको सबैभन्दा जेठो संस्था खरसाङको गोर्खा जन पुस्तकालय र सन् १९३५ मा स्थापित भएको गोर्खा दुस्ख निवारक सम्मेलन (जीडीएनएस)सित सामाजिक कार्यको निम्ति संलग्न थिए।

 

सामाजिक कार्यलाई निरन्तरता दिन सन् १९५८ मा खरसाङ नगरपालिकाको निर्वाचनमा निर्वाचित भएर नगरपाल बनेर समाज विकासका कार्यहरू गरे। सन् १९७५ मा अनि १९८४ मा पनि उनी नगरपालको रुपमा निर्वाचित भएर जनसेवाका कार्यहरूलाई निरन्तरता दिए। सन् १९८६ मा गोर्खाल्याण्ड आन्दोलनको दौरान सीआरपीएफको गोलीकाण्डमा पाँचजना मानिसहरूको ज्यान गएको थियो। यसै घटनाको विरोध जनाउँदै प्रेम थापाले नगरपालको पदबाट राजीनामा दिएका थिए। सन् १९७९ मा भारतका तत्कालीन प्रधानमन्त्री स्व। मोरारजी देसाई दार्जीलिङ आएका थिए। सो बेला नेपाली भाषालाई मान्यता दिलाउने माग चर्किएको थियो। प्रेम थापा भारतको सत्ताधारी दल जनता दलमा भएको हुँदा नेपाली भाषा मान्यताको माग लिएर आफ्नो प्रतिनिधि टोली लिएर गएका थिए। प्रधानमन्त्री मोरारजी देसाईले नेपाली भाषालाई विदेशी भाषा भन्दा तत्कालै विरोध जनाउँदै प्रेम थापाले मुखकै अघि ‘मोरारजी देसाई मुर्दावाद!’को नारा लगाएर प्रतिवाद जनाएका थिए। सन् १९८० मा उनी ‘छुट्टै प्रान्त’ अर्थात राज्यको माग गर्दै दार्जीलिङ प्रान्त परिषदमा सक्रिय थिए। उनी छुट्टै प्रान्तको माग गर्न स्थापित गरिएको ‘दार्जीलिङ प्रान्त परिषद’को एकजना संस्थापक थिए।

 

राजनैतिक क्षेत्रमा स्व. प्रेम थापा एकजना जुझारू नेता थिए िसन् १९६९ मा उनी अखिल भारतीय गोर्खालीगबाट पश्चिम बङ्गाल विधानसभाको चुनावमा खरसाङ–सिलगढी विधानसभा समष्टिबाट निर्वाचित भएर विधायक बनेका हुन्। त्यति बेला सिलगढी खरसाङ विधानसभा समष्टिभित्र नै अन्तर्भुक्त थियो। राजनैतिक क्षेत्रमा स्व. प्रेम थापाका भाषण आक्रामक साथै व्यङ्ग्यात्मक भएको हुँदा भाषण सुन्न सर्वसाधारणको निक्कै बाक्लो भीड जम्ने गर्थ्यो। साहित्यको क्षेत्रमा उनका दर्जनौं व्यङ्ग्यात्मक कथा, निबन्धहरू विभिन्न पत्रपत्रिकाहरूमा प्रकाशित भएका छन्। सन् १९६२ मा कथा सङ्ग्रह ‘प्रेम स्मारक’ अनि सन् २००१ मा ‘प्रेम थापाका कथाहरू’ (कथा सङ्ग्रह) पुस्तक प्रकाशित भएको छ। उनी भारतीय नेपाली समाजमा एक जातिप्रेमी, भाषाप्रेमी, सामाजिक(राजनैतिक चिन्तक थिए। १७ सेप्टेम्बर २००१ मा उनको देहावसान भयो।

 

(जागृति परिवार स्वर्ण वर्षमा प्रवेश)

सन् १९७३ मा खरसाङमा नाट्य संस्था ‘जागृति परिवार’ स्थापना भएदेखि करिब ३६ वटा नाटकहरू मन्चन गरिसकेको छ। यस वर्ष २९ जुलाईमा जागृति परिवारको ५० वर्ष अर्थात स्वर्ण वर्ष पूरा हुनेछ। स्वर्ण वर्षको कार्यक्रम भव्य रुपमा मनाउन शनिबार (७ जनवरी)मा जागृति परिवारको सभा अध्यक्ष खेमराज राईको अध्यक्षतामा सम्पन्न भएको थियो। यसै सभामा सो पुस्तक विमोचन गरिएको हो। यसका साथै २० दिसम्बर २०२२ मा कालेबुङ प्रेस क्लबद्वारा ‘एक्सिलेन्स इन् जर्नलिजम’ पुरस्कार प्राप्त गरेका जागृति परिवारका सदस्य सञ्जय प्रधानलाई परिवारका सदस्यहरूले बधाई साथै शुभकामना जनाए। जागृति परिवारले स्वर्ण जयन्ती मनाउनका लागि १६ जनाको उपसमिति गठन गरेको छ। जसको संयोजक प्रकाश प्रधानलाई चयन गरिएको छ। जागृति परिवारको जीर्ण बनेको भवनलाई पनि पुनः निर्माणको लागि सहयोग जुटाउने बारेमा चर्चा सभामा गरियो। जागृति परिवारले नाटक मन्चन गर्नका लागि नयाँ प्रतिभाशाली युवा कलाकारहरूलाई अघि ल्याउने बारेमा पहल गर्ने भएको छ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

युरोकप छनोटः इंग्ल्यान्डले इटालीलाई हरायो

  • 14 minutes ago
युरोकप छनोटः इंग्ल्यान्डले इटालीलाई हरायो

एजेन्सी। युरोकप छनोटमा इंग्ल्यान्डले इटालीलाई २-१ गोलले पराजित गरेको छ । इंग्ल्यान्डलाई जित दिलाउन डिक्लेन राइस र ह्यारी केनले एकएक गोल गरे ।

अर्जेन्टिनाको सहज जित

  • 28 minutes ago
अर्जेन्टिनाको सहज जित

एजेन्सी । शुक्रबार बिहान भएको अन्तराष्ट्रिय मैत्रीपुर्ण खेलमा अर्जेन्टिनाले पनामालाई २-० गोलले पराजित गरेको छ ।

सुपारी र कुखुराको अवैध आयात रोक्न माग

  • 37 minutes ago
सुपारी र कुखुराको अवैध आयात रोक्न माग

झापा । अवैधरुपमा भारतबाट भित्रिने कुखुरा र तेस्रो मुलुकबाट आयातित सुपारीले स्वदेशी उत्पादनको बजार धराशायी बनाएको स्थानीय व्यवसायीले बताएका छन् ।



पर्यटन

एकपटक पुग्नै पाथीभरा धाम

एकपटक पुग्नै पाथीभरा धाम

सन्तोष पुर्कुटी। देशकै प्रमुख शक्तिपीठमध्ये ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरले वार्षिक लाखौँ स्वदेशी तथा विदेशी तीर्थयात्रीलाई आकर्षण गरिरहेको छ। अलौकिक शक्तिको खानीका रुपमा लिइने पाथीभरामा पछिल्लो एक वर्षमा मात्रै झण्डै तीन लाख बढी स्वदेशी तथा विदेशी तीर्थयात्री आएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।

जीवनशैली

खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

एजेन्सी । काजु मानिसहरुले सबैभन्दा बढी सेवन गर्ने सुक्खा फल हो । अधिकांश मानिसहरु काजू खान मन पराउँछन् । यो धेरै स्वस्थ नट मध्ये एक समावेश छ।