१० बुदाँमा बुझ्नुहोस् ब्रिटेन सरकारको नयाँ ग्रीन रिभाेलुशन योजना

  • बिहीबार, ४ मंसिर, २०७७
  • 2 weeks ago
  • युके

लण्डन । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले एउटा ठुलो योजनाको खुलासा गर्दै भनेको छन् कि २०३० सम्ममा बेलायतमा पेट्रोल र डिजेल सवारी साधनहरूको बिक्री रोकिनेछ। केवल इलेक्ट्रिक साधनहरुचल्नेछन्। यो उनको ठूलो योजना को एक हिस्सा मात्र हो। बोरिसले बेलायतमा नयाँ ग्रीन रिभोलुसनको घोषणा गरेका छन् । 

 

अपतटीय हावाः बोरिसले सन् २०३० सम्ममा समुद्री तट र समुन्द्रमा पवनचक्की स्थापना गरेर ४० गीगावाट उर्जा उत्पादन गर्ने बताएका छन्। यसको सहयोगले करिब ६० हजार व्यक्तिले रोजगारी पाउनेछन्।

 

हाइड्रोजनः ब्रिटेनको सरकार ५०० मिलियन पाउण्ड खर्च गरेर हाइड्रोजन इन्धनबाट सञ्चालित हुने घर बनाउने योजनामा छ । सन् २०२५ मा हाड्रोजन गाउँ बनाउने योजना रहेको छ । १० वर्षमा हजारौँ घर बनाउने योजना रहेको ब्रिटेन सरकारले जनाएको छ । 

 

न्युक्लियरः आणविक शक्तिलाई स्वच्छ उर्जाको रूपमा प्रयोग गर्ने ब्रिटेन सरकारको योजना रहेको छ । यसका लागि साना र ठूला आणविक प्लान्टहरूका लागि ५२५ मिलियन पाउण्ड खर्च गर्ने योजना बनाइएको छ । अत्याधुनिक आणविक र्याक्टरहरूको लागि अनुसन्धान र विकास गरिनेछ।

 

इलेक्ट्रिकल वाहनः बेलायती सरकारले विश्वास गर्दछ कि विद्युतीय सवारी चलाएर उनीहरूले उद्योगहरूलाई वेस्ट मिडल्याण्ड्स, उत्तर पूर्व र नर्थ वेल्समा स्थापना गर्ने समर्थन गर्नेछ। दश वर्ष पछि, केवल इलेक्ट्रिकल गाडीहरू बेलायतको सडकहरूमा चल्नेछन्। पेट्रोल र डिजेल सवारी साधनहरूको बिक्री रोकिनेछ।

 

पब्लिक ट्रान्सपोर्टः साइकल चलाउने परम्परालाई बढाइनेछ। व्यक्ति हिड्नको लागि उत्कृष्ट सुविधा प्रदान गरिनेछ। साथै, शून्य उत्सर्जन सार्वजनिक यातायात प्रणालीलाई प्रबर्द्धन गर्न सुविधा विस्तार गरिनेछ।

 

ग्रीनर मेरीटाइमः बेलायत सरकारको हरित समुद्री प्रविधि विकास गर्न १९६ करोडको लगानी गर्ने योजना बनाएको छ । यसको मतलब समुद्रमा प्रदूषणको स्तर कम गराइनेछ । 

 

घर र सार्वजनिक भवनः ९८२६ करोडको लागतमा सार्वजनिक क्षेत्र डेकार्बोनाइजेशन योजना अन्तर्गत पुराना भवनहरू बनाइनेछ । नयाँ भवनहरू निर्माण गर्दै र सार्वजनिक भवनहरू सच्याउँदै अगाडि बढ्ने योजना रहेको छ। साथै ग्रीन होमस् ग्रान्ट भौचर योजना एक बर्ष बढाउने तयारी रहेको छ।

 

कार्बन क्याप्चरः १९६५ करोड रुपैयाँ खर्च गरेर दुई वटा कार्बन क्याप्चर क्लस्टर बनाउने योजना रहेको छ । सन् २०३० सम्म १० मेट्रिकटन कार्बनडाइअक्साइड खत्तम गरिनेछ । 

 

प्रकृतिः प्राकृति वातावरणलाई रक्षा गरिनेछ । प्रत्येक वर्ष ३० हजार विरुवा रोपिनेछ । 

 

इनोभेसन र फाइनान्सः अत्याधुनिक प्रविधिको विकास गर्दै ताकि ऊर्जा संरक्षण गर्न सकियोस्। लन्डन हरित वित्तको ग्लोबल केन्द्रमा विकसित गरिनेछ । 

 

 

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

विद्यार्थीकोे भेलामा अष्टलक्ष्मी शाक्यले के भनिन् ?

  • 5 hours ago
विद्यार्थीकोे भेलामा अष्टलक्ष्मी शाक्यले के भनिन् ?

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले पहिलो नम्बरका अध्यक्ष केपी शर्मा ओलीको कारण पार्टी र सरकार ठप्पै भएको आरोप लगाएकी छिन् । शुक्रबार दिउँसो थ

परराष्ट्र मन्त्री ज्ञवालीकी धर्मपत्नीको कवितासंग्रह सार्वजनिक

  • 5 hours ago
परराष्ट्र मन्त्री ज्ञवालीकी धर्मपत्नीको कवितासंग्रह सार्वजनिक

काठमाडौँ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीकी धर्मपत्नी सरस्वती ज्ञवालीको अर्को नयाँ कृति कवितासंग्रह सार्वजनिक भएको छ । कवयत्री ज्ञवालीले जीवनका विभिन्न आरोह–अवरोह र अनुभूतिहरुलाई कवितामा उता

‘कान्छी मट्याङ् ट्याङ्’को भिडियो सार्वजनिक

  • 5 hours ago
‘कान्छी मट्याङ् ट्याङ्’को भिडियो सार्वजनिक

काठमाडौँ । ‘कान्छी मट्याङ् ट्याङ्’को बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सुनिल कटुवालको शब्द तथा प्रेम घिमिरेको संगीतमा तयार भएको गीतमा किरण भुजेल र एलिना चौहानको युगल स्वर छ।



जीवनशैली

यस्ता बानीले अनिन्द्राको समस्या बढाउँछ

यस्ता बानीले अनिन्द्राको समस्या बढाउँछ

काठमाडौँ । प्राय मानिस रातको वेला रक्सी र चुरोट सेवन गर्छन् । सुत्ने वेला कफी, चुरोट, रक्सी सेवन गर्नु हुँदैन । दैनिक शारीरिक व्यायाम गर्न आवश्यक हुन्छ । योग, ध्यान, प्राणायाम गर्दा पनि धेरै हदसम्म अनिद्राको समाधान हुन्छ । यदि साँझको समयमा ध्यान गर्न मन लागेमा निष्क्रिय खालको गर्नु राम्रो हुन्छ ।

विचित्र विश्व

कोरोना भ्याक्सिनभन्दा पहिला फाइजर कम्पनीले बनाएको थियो भियग्रा

कोरोना भ्याक्सिनभन्दा पहिला फाइजर कम्पनीले बनाएको थियो भियग्रा

एजेन्सी । फाइजर र बायोएन्टेक नामको कम्पनीले कोरोना खोपको स्वीकृति प्राप्त गरेको छ। यस कम्पनीले घोषणा गरेको थियो कि उनले प्रयोगशालामा यस्तो कोरोना खोप बनाउन सफल भएको छ, जुन भाइरसविरूद्ध ९४.५ प्रतिशत प्रभावकारी छ।