पाकिस्तान सरकारलाई बेलायती प्रधानमन्त्री जोनसनको यस्तो आग्रह

  • शुक्रबार, २८ कार्तिक, २०७७
  • 2 weeks ago
  • युके

एजेन्सी । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले पाकिस्तानको सरकारलाई आफ्ना नागरिकको मानवअधिकारको रक्षा गर्न आग्रह गरेका छन् ।

 

उनले बुधबार बेलायतको संसदको बैठकमा बोल्ने क्रममा सो कुरा बताएका हुन् । उनले पाकिस्तान सरकारले आफ्ना नागरिकको लागि उनीहरुको आधारभूत अधिकारहरुको रक्षा गर्नुपर्छ भनेका थिए ।

 

संसदमा यहाँका एक सांसदले सोधको प्रश्नको जवाफ दिँदै उनले सो कुरा बताएका हुन् ।सो प्रश्नको जवाफमा प्रधानमन्त्री बोरिस जोनसनले भनेका थिए– हामीले पाकिस्तानको सरकारलाई यो भन्न चाहन्छौँ कि पाकिस्तानले आफ्ना नागरिकहरुको कम्तीमा पनि उनीहरुको आधारभूत अधिकारको रक्षा गर्नुपर्दछ ।

 

केही समय यतादेखि पाकिस्तानमा नागरिकहरुको अधिकार हनन् हुने गरेको र यस्तो कार्य भइरहेको भए पनि यहाँका सरकारी अधिकारीहरुले नै बेवास्ता गर्ने गरेको भन्दै त्यसको विरोध हुदै आएको थियो ।

 

यसै विषयमा बेलायतको संसदमा पनि यहाँका प्रधानमन्त्री जोनसनलाई पो प्रश्न गरिएको थियो ।

 

पाकिस्तानमा पछिल्ला केही समयमा यहाँका नागरिकहरुको गैरन्यायिक हत्या हुने गरेको आरोप लगाइएको छ । यस क्रममा विश्वका अरु देशले पनि मानवअधिकारको हनन् भएको भन्दै चासो लिने गरेका छन् ।

 

तर पाकिस्तानले भने यहाँ यस्ता कार्यमा संलग्नहरुमाथि कारबाही गरिएको बताउने गरेको पनि समाचारमा जनाइएको छ ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

भारतमा कोरोना कहर, यस्तो छ पछिल्लो अपडेट

  • 1 minute ago
भारतमा कोरोना कहर, यस्तो छ पछिल्लो अपडेट

एजेन्सी । भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९३ लाख नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जनाएको छ ।

ओली र प्रचण्डबीचको असमझदारीको कारण नेकपामा संकट आयोः मुख्यमन्त्री पोखरेल

  • 2 minutes ago
ओली र प्रचण्डबीचको असमझदारीको कारण नेकपामा संकट आयोः मुख्यमन्त्री पोखरेल

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको असमझदारी नै अहिलेको सङ्कट भएको बताएका छन्

नियम पालना नगरे नयाँ वर्षमा लकडाउन गर्ने बेलायतका प्रधानमन्त्रीको चेतावनी

  • 10 minutes ago
नियम पालना नगरे नयाँ वर्षमा लकडाउन गर्ने बेलायतका प्रधानमन्त्रीको चेतावनी

लण्डन । बोलायका प्रधानमन्त्री बोरिस जोनसनले बेलायतको सरकारले कोरोनो भाइरसको महामारी अन्त्यका लागि बनाएका नियमहरुको पालना गर्न सबै नागरिकसँग आग्रह गरेका छन् ।



पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।

जीवनशैली

मेवाको पातमा हुन्छ क्यान्सरसँग लड्न सक्ने गुण

मेवाको पातमा हुन्छ क्यान्सरसँग लड्न सक्ने गुण

एजेन्सी । मेवा खानुले हाम्रो स्वास्थ्यलाई धेरै फाइदा हुन्छ । तर, मेवाको पातको जूस विरलै कसैले पिएको सुनिन्छ । मेवाको पातको जूस यदी तपाईले पिउनु भएको छ भने राम्रो हो र यदी पिउनु भएको छैन् भने अब पिउन थाल्नुस् ।