मंगलबारदेखि उपत्यमा बक्स अफिस लागू, देशभर माघ १ गतेबाट

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

काठमाडौं । सरकारले फिल्म क्षेत्रमा मंगलबारदेखि ई–टिकेटिङ/बक्स अफिस प्रणाली लागू गरेको छ । 

 

चलचित्र विकास बोर्डमा मंगलबार आयोजित एक कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विगत लामो समयदेखि माग गरिँदै आएको बक्स अफिसको शुभारम्भ गरेका हुन् । 

 

सो अवसरमा सञ्चारमन्त्री बाँस्कोटाले फिल्म क्षेत्रमा भएको लगानीलाई सुरक्षित एवं प्रवद्र्धन गर्दै पारदर्शिताका लागि बक्स अफिस शुरु भएको बताए । बक्स आफिस लागू भएसँगै कलाकारिता क्षेत्रको प्रवद्र्धनमा सहयोग पुग्ने बताउँदै उनले राज्यले राजश्व प्राप्त गर्ने विश्वास व्यक्त गरे । 

 

सञ्चारमन्त्री बाँस्कोटाले ‘क्लिन फिड’ लागू गर्ने उल्लेख गर्दै मन्त्री बाँस्कोटाले श्रमजीवी पत्रकारको तलब बैंकमार्फत दिलाउने व्यवस्था गर्ने तयारी भइरहेको बताए । उनले पत्रकार कल्याणकारी कोषलाई रु एक करोडबाट रु तीन करोड पु¥याउने जानकारी दिए । 

 

देशका सबै भू–भाग फिल्म छायांकनका लागि उपयुक्त भएको भन्दै मन्त्री बाँस्कोटाले देशका सबै क्षेत्रलाई छायांकनका लागि सुन्दर स्थान छन् भन्ने सकारात्मक सन्देश प्रवाह गर्नुपर्नेमा जोड दिए । 

 

सम्भ्रान्त र पूँजीपतिका कथाभन्दा जनआन्दोलनका नायक तथा राष्ट्रिय गौरवका विषयमा फिल्म बन्नुपर्नेमा बताउँदै उनले सम्बन्धित पक्षले त्यस्ता विषयमा ध्यान दिन आग्रह गरे । 

 

कार्यक्रममा मन्त्रालयका निमित्त सचिव वीरेन्द्रकुमार मिश्रले बक्स अफिस कार्यान्वयनमा आएपछि चलचित्र क्षेत्रमा भएका विकृतिमा सुधार आउने विश्वास व्यक्त गरे । उनले आगामी दिनमा यस क्षेत्र पारदर्शी एवं जिम्मेवार भएर अघि बढ्ने बताए । 

 

चलचित्र विकास बोर्डका सदस्यसचिव महेन्द्रप्रसाद साँखीले बक्स अफिसको लागू हुनु ऐतिहासिक काम भएको भन्दै यसलाई सही तबरले कार्यान्वयन गर्न बोर्ड प्रतिबद्ध रहेको बताए । 

 

मंगलबारदेखि उपत्यकाका सबै हलमा लागू भएको हो भने उपत्यका बाहिरका हलमा माघ १ गतेदेखि लागू हुनेछ । उक्त प्रणाली जडान भएपछि प्रत्येक सिंगल र मल्टिप्लेक्स हलका सबै तथ्यांक एउटै सर्भर र सफ्टवेयरमा आउँछ ।

 

यसो हुँदा निर्माताले आफ्नो फिल्मको कलेक्सन जुनसुकै बेला एकै ठाउँबाट हेर्न भएका छन् । ‘बक्स अफिस’ सर्भरको पहुँच चलचित्र विकास बोर्ड, निर्माता, हल सञ्चालक, वितरक र कर कार्यालयमा हुनेछ । 

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

दुर्गा पक्षको सातौँ दिन देशभरका शक्तिपीठमा भक्तजनको लाम

  • 7 hours ago
दुर्गा पक्षको सातौँ दिन देशभरका शक्तिपीठमा भक्तजनको लाम

काठमाडौँ । वडादसैँको सातौँ दिन अर्थात् दुर्गा पक्षका अवसरमा देशभरका देवी मन्दिरमा भक्तजनको बिहानैदेखि भीड लागेको छ । वडादसैँका अवसरमा आजैदेखि एकादशीसम्म सार्वजनिक बिदा दिइएको छ । सरकारी कार्यालय, विद्

बुर्किना फासोको सैनिक हस्तक्षेपप्रति राष्ट्रसङ्घीय महासचिवको चासो

  • 7 hours ago
बुर्किना फासोको सैनिक हस्तक्षेपप्रति राष्ट्रसङ्घीय महासचिवको चासो

एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले बुर्किना फासोमा भएको सैनिक हस्तक्षेप र कूप्रति चासो व्यक्त गरेका छन् । उनले यहाँको सेनाले गरेको सैन्य ‘कू’ बाट नागरिक अधिकारहरु हनन् भएका र सर

बिन्धबासिनी मन्दिरमा भक्तजन घुइँचो

  • 7 hours ago
बिन्धबासिनी मन्दिरमा भक्तजन घुइँचो

पोखरा । पोखराको प्रसिद्ध धार्मिक शक्तिपीठ बिन्धबासिनी मन्दिरमा सप्तमीको दिन आइतबार भक्तजन घुइँचो । तस्बिरः जमुना वर्षा शर्मा/रासस



पर्यटन

तालबाराही मन्दिरमा भक्तजनको घुइँचो

तालबाराही मन्दिरमा भक्तजनको घुइँचो

कास्की । नवरात्रको समय पारेर शनिबार पोखराको फेवाताल बिचमा रहेको तालबाराही मन्दिर दर्शन गर्ने भक्तजनको घुइँचो । तस्बिरः जमुना वर्षा शर्मा, रासस

जीवनशैली

कसरी स्वादिलो भुटन बनाउने ?

कसरी स्वादिलो  भुटन बनाउने ?

एजेन्सी । नेपालमा चाड­पर्वमा मासु तथा विभिन्न थरिका परिकारहरु बन्दछन्। मासु साह्रै लोकप्रिय छ हामी सबै नेपालीहरुलाई। नेपालको सबैभन्दा बढी प्रयोगमा आउने खसीको मासु हो। सारा विश्वमै खसी र बाख्राको परिकारहरु लोकप्रिय छन्, कहीँ यसको दूध बढी उपयोगमा ल्याइन्छ, त कहीँ त्यसबाट बनेको चिज भने कहीँ यसको मासु।

विचित्र विश्व

'कांग्रेस नेताहरू चुनावपछि भाजपामा सामेल हुनेछन्'

'कांग्रेस नेताहरू चुनावपछि भाजपामा सामेल हुनेछन्'

एजेन्सी । गुजरातको आगामी विधानसभा चुनावमा आम आदमी पार्टी मैदानमा उत्रने तयारीमा छ । यसै क्रममा दिल्लीका मुख्यमन्त्री तथा पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवालले राज्यका विभिन्न भागमा लगातार भ्रमण गरिरहेका छन् ।