पाँचथरको फालोटमा बिओपी स्थापना
- बुधबार, १० मंसिर, २०७७
- 2 months ago
- नेपाल

पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका—४ फालोटमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरिएको छ । सो बिओपीमा सशस्त्र प्रहरी नायब निरीक्षकका नेतृत्वमा १९ सुरक्षाकर्मी रहेको सशस्त्र प्रहरी बल २ नं गुल्म फिदिमका प्रमुख किशोरकुमार श्रेष्ठले बताए ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले बिओपीको उद्घाटन गर्दै सरकारले एकैसाथ सयौँ बिओपी स्थापना गरी सीमा क्षेत्रलाई सुरक्षित पार्ने प्रयास थालेको बताए ।
मन्त्री नेम्वाङले सीमित स्रोत साधनको उपलब्धता हुँदासमेत धेरै बिओपी स्थापना भएको तथा सुरक्षा निकायलाई सबल बनाउन र छिमेकीमुलुकसँग सुमधुर सम्बन्ध राख्न सरकार सफल भएको बताउँदै पूर्वाधार विकास, पर्यटन विकास, स्वास्थ्य शिक्षा जस्ता क्षेत्रको सम्वद्र्धनमा थालिएको पहल दूरगामी महत्वको रहेको जनाए । एकैसाथ धेरै स्थानीय तहमा अस्पताल निर्माण गरिनु, सयौँ विद्यालयमा आइसिटी ल्याब स्थापना गरिनुलगायतले सरकार सबै क्षेत्रको समग्र विकासमा अग्रसर रहेको स्पष्ट भएको उनको भनाइ थियो ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
निर्वाचन आयोगको निर्णयसँगै नेकपाको आधिकारिता विवाद टुङ्गिएको माधव नेपालको दाबी
- 11 minutes ago

पाँचथर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले निर्वाचन आयोगको निर्णयसँगै नेकपाको आधिकारिता विवाद टुङ्गिएको दाबी गरेका छन् । नेकपा पाँचथर जिल्ला कमिटीले मंगल
पूर्वसभामुख ढुंगानाविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
- 21 minutes ago

काठमाडौँ । पूर्वसभामुख दमननाथ ढुंगानाविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ । राजाराम घिमिरेसहित ४ जनाले ढुंगानाविरुद्ध दिएको अवहेलना मुद्दा सर्वोच्च प्रशासनले मंगलबार दर्ता गरेको हो ।
मंगलबार जम्मा ४ हजार ५७४ हजार स्वाब परीक्षण
- 24 minutes ago

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा ४ हजार ५७४ स्वाबको पीसीआर बिधिबाट परीक्षण भएको छ । देशका विभिन्न प्रयोगशाला उक्त परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पर्यटन
४ जोडीले जिते ‘बञ्जी कपल च्यालेन्ज’

पोखरा । पोखरा २४ हेम्जास्थित हाइग्राउण्ड एडभेन्चर्सले २ साताअघि सुरु गरेको ‘कपल बञ्जी च्यालेन्ज’ बाट ४ जोडी विजेता बनेका छन् । कोभिड–१९ का कारण लामो समयदेखि बन्द रहेको बञ्जीमा जोडीको आर्कषण बढाउन कम्पनीले यही माघ एकदेखि १३ गतेसम्म देशभरीबाट च्यालेन्जमा सहभागी हुन आह्वान गरेको थियो ।
जीवनशैली
खाली पेटमा खान नहुने यी चिजबारे जानौं

एजेन्सी । हामी अफिस जाने हतारोले खाली पेटमा जेसुकै खाएर पनि जाने गछौं । यो बानी हाम्रै लागि ठिक होइन । चिकित्सकहरुले केही चिज नखान भनेका छन् ।भर्खरै गरेको एक अध्ययनले अब यो कुरालाई प्रमाणित पनि गरिदिएको छ । जानौं कुन चिज खाली पेटमा खानु हुँदैन, जसले स्वास्थ्यलाई हानी गर्छ ।
विचित्र विश्व
भुटानमा सक्रिय कोरोना संक्रमित कति छन् ?

एजेन्सी । भुटानमा कोरोना संक्रमितको संख्या ८५५ पुगेको छ । कुल कोरोना संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या १२९ रहेको छ ।