ब्राजिलको दूतावास जेरुसेलममा सार्ने बोल्सोनारोको योजना
- शुक्रबार, १६ कार्तिक, २०७५
- 4 years ago
- अन्तर्राष्ट्रिय

ब्रासिलिया । ब्राजिलका नवनिर्वाचित राष्ट्रपति जेयर बोल्सोनारोले इजरायलको तेल अभिभमा रहेको आफ्नो मुलुकको राजदूतावास जेरुसेलम सारिने बताएका छन् ।
“इजरायल सार्वभौम मुलुक हो । यदि उनीहरुले राजधानी सहर जेरुसेलमलाई मान्छन् भने हामीले त्यही अनुरुप कार्य गर्नु पर्दछ । चुनावताका मेरो प्रतिबद्धता त्यही थियो, र आज पनि छ,” बोल्सोनारोले इजरायल हालोमलाई दिएको अन्तर्वार्तामा बताएका छन् ।
गत वर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेरुसेलमलाई इजरायलको राजधानीको रुपमा मान्यता दिनुका साथै तेल अभिभमा रहेको अमेरिकी राजदूतावास जेरुसेलम सारिएको थियो । अमेरिकी कदम लगत्तै प्यालेस्टिनी अधिकारीहरुले अमेरिकासँगको सहकार्य स्थगित गरेका छन् ।
जेरुसेलम विवादित सहर हो जसलाई प्यालेस्टिनीहरुले पूर्वी जेरुसेलम मान्दछन् । यो सहरलाई १९६७ को अरब–इजरायल युद्धका क्रममा इजरायलले कब्जा गरेको थियो । प्यालेस्टिनीहरुले स्वतन्त्र प्यालेस्टाइनको भावी राजधानीका रुपमा जेरुसेलमलाई लिने गरेका छन् ।
ग्वाटेमाला र पाराग्वेले पनि अमेरिकी कदमको सिको गर्दै तेल अभिभबाट आफ्ना मुलुकका राजदूतावास जेरुसेलम ल्याउने घोषणा गरेका थिए । तर पाराग्वेले हाल उक्त निर्णय फिर्ता लिएको छ । धेरै मुलुकले आफ्ना दूतावासहरु जेरुसेलम स्थानान्तरण गर्ने योजना बनाउन थालेको बताइएको छ ।
ब्राजिल र इजरायलबीच लामो समयदेखि घनिष्ट सम्बन्ध रहे पनि पछिल्लो समयमा दुई देशबीचको सम्बन्धमा तनाव आएको छ । सन् २०१४ मा इजरायलले गाजा क्षेत्रमा जथाभावी गरेको सशस्त्र कारबाहीलाई ब्राजिलले विरोध गरेको थियो । त्यसबखत इजरायली विदेश मन्त्रालयले ब्राजिललाई असान्दर्भिक कुटनीतिक साझेदारको संज्ञा दिएको थियो ।
आगामी जनवरी १ देखि ब्राजिलको राष्ट्रपति पदमा औपचारिक पदबहाली गर्ने बोल्सोनारोले इजरायलसँगको सम्बन्धलाई थप प्रगाढ बनाउने बताएका छन् ।
ब्राजिलको राष्ट्रपतिमा रहँदा लुइज इनासियो लुला डी सिल्भाले प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिएका थिए । तर नवनिर्वाचित राष्ट्रपति बोल्सोनारोले उक्त नीतिमा परिवर्तन ल्याउने सङ्केत गरेका छन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन माघ २३ मा हुने
- 18 minutes ago
काठमाडौँ। राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन माघ २३ गते हुने भएको छ। राष्ट्रियसभाको शुक्रबारको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभाको उपाध्यक्षको निर्वाचन माघ २३ गते सोमबार बिहान ११ बजेर
दिनेश र अनुको स्वरमा ‘गैँडा चुरोट’ गीत सार्वजनिक
- 26 minutes ago
काठमाडौँ। गायक दिनेश गौतम र अनु सिंहको स्वर रहेको ‘गैँडा चुरोट’ बोलको गीत सार्वजनिक भएको छ। बिहीबार गायक गौतमकै युट्युब च्यानलबाट गीत सार्वजनिक गरिएको हो। विदुर तिमल्सिना ‘देवदुत’ को शब्द रहेको
उपप्रधानमन्त्री लिङ्देन र नेपालका लागि बेलायती राजदूत पोलिटबीच भेटवार्ता
- 32 minutes ago

उपप्रधान एवं उर्जा जलश्रोत तथा सिंचाई मन्त्री राजेन्द्र प्रसाद लिङ्देन र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटवीच भेटवार्ता भएको छ । उर्जा जलश्रोत तथा सिंचाई मन्त्रालयमा आज शुक्रवार भएको भेट
पर्यटन
जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन

पोखरा। माघ १ गते पोखराको सेतीखोंचमा यति एयरलाइन्सको जहाज दुर्घटना भएपछि पोखराको पर्यटन क्षेत्र सुस्ताएको छ। अङ्गेजी नयाँ वर्षसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि चलायमान बनेको यहाँको पर्यटन व्यवसाय जहाज दुर्घटनापछि फेरी सुस्ताएको हो।
जीवनशैली
साउना, स्टिम र जाकुजी लिने बढ्दै, शरीरलाई आनन्द र तनावमुक्त राख्ने

आजभोलि मानिसहरु थकानबाट मुक्त हुनका लागि स्पा, साउना, स्टिम, जाकुजी जस्ता सेवाबाट आनन्द लिने गरेको पाइएको छ ।
विचित्र विश्व
रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।