ब्राजिलका राष्ट्रपतिका छोरालाई कोरोना सङ्क्रमण

Norvic Hospital

एजेन्सी । ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोका छोरालाई कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । सांसदसमेत रहेका एडुर्डो बोल्सोनारोले आफु सङ्क्रमित भएको शुक्रबार जानकारी दिएका हुन् ।

 

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्कगएको टोली मध्ये उनी तेस्रो सङ्क्रमित हुन् । 

 

सामाजिक सञ्जाल ट्वीटरमार्फत् ३७ बर्षिय बोल्सोनारोले आफुलाई कुनै गाह्रो महसुस नभएको र अवस्था सामान्य नै रहेको जानकारी दिएका छन्। उनले आफैँले आफैँलाई हेरविचार गरिरहेको पनि बताएका छन् ।  

 

यसअघि ब्राजिलका स्वास्थ्य मन्त्री मार्कोलो क्वेरोगालाई पनि गत मंगलबार सङ्क्रमण पुष्टि भएको थियो । न्युयोर्कमै रहेका बेला उनलाई सङ्क्रमण पुष्टि भएकाले उनी अहिले न्युयोर्कस्थीत एक होटलमा एकान्तवासमा बसेका छन् । 

 

त्यस बाहेक अर्का एक जना कुटनीतिज्ञ पनि कोरोनाभाइरसबाट सङ्क्रमित भएको अधिकारीले जानकारी दिएका छन् । 

 

अहिलेसम्म राष्ट्रपति बोल्सोनारो भने जोगिन सफल हुनुभएको जनाइएको छ । मास्क र खोपको विरोधीसमेत रहेका बोल्सोनारोले महासभामा सहभागी भएका बेला पनि मास्क प्रयोग गरेको थिएन भने खोप पनि लगाएका छन् । 

 

महासभाको बेलाका उनका फोटोमा पनि उनले मास्क नलगाएको देखिएको समाचारमा जनाइएको छ । 

 

महासभामा उनले कोरोनाभाइरस, यसको महामारी, मास्क, खोप, यसको व्यवस्थापनलगायतका विषयमा अरु नेताको भन्दा फरक धारणा राखेका थिए । 

 

उनले कोरोनाभाइरसलाई सामान्य ज्वरोका रुपमा व्याख्या गरेका थिए भने मास्क र खोपको आवश्यकता नरहेको जिकिर गरेका थिए । 

 

राष्ट्रपति बोल्सोनारोले खोप लगाउने ब्राजिलका जनतामध्ये आफु सबैभन्दा अन्तिम हुने जानकारी पनि महासभामा दिएका थिए ।

 

उनकी श्रीमती मिचेलले भने महासभामा सहभागी हुन न्युयोर्क जानका लागि खोप लगाएकी छन् ।

 

“खोप लगाउने वा नलगाउने कुरा व्यक्तिगत छनौटको कुरा हो, उदाहरणका लागि मेरी श्रीमतीले महासभाका लागि अमेरिका आएको बेला खोप लगाउनुभयो, तर मैले भने लगाएको छैन,” राष्ट्रपति बोल्सोनारोले भने । 

 

कोरोनाभाइरसका कारण ब्राजिलमा अहिलेसम्म झण्डै छ लाखको मृत्यु भइसकेको छ भने दुई करोड १३ लाख २७ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । 

 

कोरोनाभाइरसबाट धेरै प्रभावित देशको सूचीमा ब्राजिल तेस्रो क्रममा रहेको छ । ब्राजिलमाभन्दा धेरै क्रमशः अमेरिका र भारतमा पहिलो र दोस्रो क्रममा रहेका छन् । 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

‘गोरखा’को पोस्टर सार्वजनिक

  • 1 hour ago
‘गोरखा’को पोस्टर सार्वजनिक

काठमाडौँ । भारतीय सेनाको गोरखा रेजिमेन्ट पाँचौं गोरखा राइफल्सका एक अधिकारीको जीवनमा आधारित फिल्म ‘गोरखा’को पोस्टर सार्वजनिक भएको छ। बलिउड अभिनेता अक्षय कुमार प्रमुख भूमिकामा रहेको फिल्मको पोस्टर अभिने

धान काट्दै कम्पाइन मेशिन

  • 1 hour ago
धान काट्दै कम्पाइन मेशिन

लुम्बिनी । ओमसतिया गाउँपालिका रुपन्देहीको खेतमा धान काट्दै कम्पाइन मेशिन ।

हिमचितुवा घिमिरे ‘हिट ४९ प्रोफेसनल हिट बक्सिङ च्याम्पियनसिप २०२१’ मा भिड्दै

  • 2 hours ago
हिमचितुवा घिमिरे ‘हिट ४९ प्रोफेसनल हिट बक्सिङ च्याम्पियनसिप २०२१’ मा भिड्दै

काठमाडौँ । अन्तर्राष्ट्रिय बक्सर खेलाडी अविरल घिमिरेले ‘हिट ४९ प्रोफेसनल हिट बक्सिङ च्याम्पियनसिप २०२१’मा भिड्ने भएका छन् । जापानको नायोगा शहरस्थित ‘नायोगा कङ्ग्रेस सेन्टर इभेन्ट हल’मा आइतबार दिउँसो आ



पर्यटन

मालदिभ्समा यसवर्ष नौ लाख पर्यटक पुगे

मालदिभ्समा यसवर्ष नौ लाख पर्यटक पुगे

एजेन्सी । कोभिड १९ को सङ्क्रमणका कारण विगतको समयमा पर्यटकहरुको आगमन रोकिएको मालदिभ्समा यस वर्ष भने ९ लाख भन्दा बढी पर्यटक आएका छन् ।यहाँको पर्यटन मन्त्रालयले दिएको जानकारीअनुसार यस वर्ष मालदिभ्समा नौ लाख ५ हजार पर्यटक आएका छन् । सो मन्त्रालयले अघिल्लो वर्ष सन् २०२० को यो अवधिको भन्दा १२२ प्रतिशतले बढी पर्यटक मालदिभ्स भित्रिएका हुन् । अघिल्लो वर्ष अर्थात् सन् २०२० मा यहाँ पर्यटक नै आएका थिएनन् ।

जीवनशैली

स्वादिलो भुटन कसरी बनाउने ?

स्वादिलो भुटन कसरी बनाउने ?

एजेन्सी । नेपालमा चाड­पर्वमा मासु तथा विभिन्न थरिका परिकारहरु बन्दछन्। मासु साह्रै लोकप्रिय छ हामी सबै नेपालीहरुलाई। नेपालको सबैभन्दा बढी प्रयोगमा आउने खसीको मासु हो। सारा विश्वमै खसी र बाख्राको परिकारहरु लोकप्रिय छन्, कहीँ यसको दूध बढी उपयोगमा ल्याइन्छ, त कहीँ त्यसबाट बनेको चिज भने कहीँ यसको मासु।

विचित्र विश्व

यी हुन् विश्वकै अग्ली महिला !

यी हुन् विश्वकै अग्ली महिला !

एजेन्सी । सात फिटभन्दा बढी उचाई भएकी टर्कीकी एक महिलाले सबैभन्दा अग्लो जीवित महिलाको रुपमा नयाँ विश्व रेकर्ड बनाउन सफल भएकी छन् । यी महिलाको नाम रुमेसा गेलगी हो ।