युरोपेली संघलाई फकाउने प्रयासमा बेलायती प्रधानमन्त्री मे

  • बुधबार, ८ फागुन, २०७५
  • 1 year ago
  • युके
बेलायती प्रधानमन्त्री टेरेसा मे

 

लण्डन । बेलायती प्रधानमन्त्री टेरेसा मे ब्रेक्जिट सम्झौताको विषयमा थप वार्ता गर्न बुधबार फेरि ब्रसेल्स जांदैछिन् । 

 

युरोपेली संघका नेताहरुले सम्झौताको यसअघि गरिएको सहमतिमा परिवर्तनका लागि थप वार्ता हुन नसक्ने अडान दोहोर्याइरहेका बेला प्रधानमन्त्री मे ब्रसेल्स जान लागेकी हुन् । 

 

प्रधानमन्त्री मेले युरोपेली संघसंग सहमति गरेको सम्झौताको पक्षमा बेलायतमा समर्थन जुट्न सकेको छैन । गत महिना संसदमा भएको मतदानमा समझौता भारी मतबाट अस्वीकृत भएको थियो । 

 

समझौताभित्रको आयरल्याण्डको बोर्डरसम्बन्धी विषयमा बेलायतमा विपक्षी दलहरु मात्र नभएर सत्तारुढ दलकै धेरै सांसदहरुले असहमति जनाएका छन् । सोहि विषयमा उनीहरुले पोखेको चिन्तालाई सम्बोधन गर्ने कानुनी ग्यारेन्टी व्यवस्था मिलाउन युरोपलाई फकाउने कोशिस प्रधानमन्त्री मेले गरिरहेकी छन् । 

 

युरोपेली संघबाट बेलायतको बहुप्रतिक्षित बहिर्गमनको लागि तोकिएको मार्च २९ को डेडलाइनको लागि अब ६ साताभन्दा पनि थोरै समय बांकी छ । तर दुई पक्षबीच गरिएको बहिर्गमन सम्झौतामा बेलायतभित्रै सहमति जुटाउन प्रधानमन्त्री मेलाई अझै पनि मुस्किल परिरहेको छ । 

 

प्रधानमन्त्री मेले युरोपेली संघसंग सहमति गरेको ब्रेक्जिट सम्झौतालाई गत महिना बेलायती संसदमा भएको मतदानमा सांसदहरुले भारी मतबाट अस्वीकृत गरिदिएका थिए । विपक्षी पार्टीहरु मात्र नभएर प्रधानमन्त्रीको आफ्नै दल कञ्जरभेटिभका १ सय बढि सांसदले सम्झौताको विपक्षमा मत दिएपछि प्रधानमन्त्री मेसामु सम्झौता संसदबाट पास गराउनु ठूलो चुनौति बनेको छ । 

 

संसदबाट यसअघिको सम्झौताको सहमति अस्वीकृत भएपछि प्रधानमन्त्री मेले युरोपसंग थप वार्ता गरेर सम्झौतालाई परिमार्जन गर्ने कोशिस गरिरहेकी छन् । बेलायतमा सबैभन्दा बढि आलोचना भएको सम्झौताको आयरल्याण्डको बोर्डरसम्बन्धी बुंदा परिमार्जन गराउने उनको कोशिस थियो । 

 

तर युरोपेली संघले लगातार रुपमा सम्झौतामा सहमति भइसकेको र अब थप परिवर्तन हुन नसक्ने अडान राखिरहेको छ । बेलायती प्रधानमन्त्री मेले भने सम्झौता परिवर्तन सम्भव नभएपनि बेलायती संसदले व्यक्त गरेका चिन्ताहरुको सम्बोधन गर्ने ग्यारेन्टीको कानुनी व्यवस्था गराएर बेलायतमा सम्झौताको पक्षमा समर्थन जुटाउने कोशिस गरिरहेकी छन् । 

 


थप समाचार

बुद्धबारेको भारतीय अधिकारीको अभिव्यक्तिबारे कुरा गर्न सरकारसँग आग्रह

  • 3 hours ago
बुद्धबारेको भारतीय अधिकारीको अभिव्यक्तिबारे कुरा गर्न सरकारसँग आग्रह

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले भारतीय विदेशमन्त्री एस जयशङ्करले नेपालमा जन्मिएका गौतम बुद्धलाई महान् भारतीय भन्दै गरेकोे प्रचार तथ्यहीन रहेको भनी आपत्ति जना

नेकपाका महासचिव विष्णु पौडेलका अंगरक्षक कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि

  • 3 hours ago
नेकपाका महासचिव विष्णु पौडेलका अंगरक्षक कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलका अंगरक्षक कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भएको छ । अंगरक्षक नै कोरोना संक्रमित भएपछि पौडेल आजदेखि आइसोलेसनमा बसेका छन्

नेकपाका ६१ सांसदहरूले जनाए पार्टी एकताका लागि प्रतिवद्धता

  • 3 hours ago
नेकपाका ६१ सांसदहरूले जनाए पार्टी एकताका लागि प्रतिवद्धता

काठमाडौं । सिंहदरवारमा पत्रकार सम्मेलन सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ६१ जना सांसदहरूले पार्टी फुट्न नदिने प्रतिवद्धता जनाएका छन् ।



प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

गर्मीमा छालाको समस्या, कसरी गर्ने छालाको सुरक्षा

गर्मीमा छालाको समस्या, कसरी गर्ने छालाको सुरक्षा

चितवन । चितवनमा केही दिनदेखि तातो हावा चल्न थालेकाले जनजीवन अस्तव्यस्त बनेको छ । बढ्दो गर्मीका कारण छालाजन्य रोगबाट बच्न छालालाई घामबाट जोगाउन चिकित्सकले सुझाव दिएका छन् । गर्मीको मौसम छालाका लागि चुनौतीपूर्ण हुने चिकित्सकको भनाइ छ ।