बेलायती सांसदहरु ब्रेक्जिट सम्झौताको विपक्षमा देखिन थाले

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

लण्डन । बेलायतकी प्रधानमन्त्री टरिजा मेको सरकारले ब्रेक्जिट (यूरोपली संघबाट हुने बेलायतको बहिर्गमन प्रक्रिया) लाई केही लम्ब्याउने बिषयमा निर्णय लिन आगामी हप्ता गरिने भनिएको संसको मतदानलाई तत्काल नगर्ने उल्लेख गरेको छ । 

 

ब्रेक्जिट प्रक्रियालाई धेरै पछि नपु¥याउन सरकारले संसदमा बहुमत पाउने प्रत्याभूत नहुँदासम्म मतदान नगर्ने प्रधानमन्त्री मेले बताएकी छिन् । 

 

यस पहिले ब्रेक्जिटबारे प्रधानमन्त्रीले इयू नेताहरूसँग गरेको सम्झौतालाई अनुमोदन गराउन बेलायती संसदमा भएका दुई फरक फरक प्रस्तावलाई बहुमतले अस्वीकार गरेको थियो । 

 

बेलायती प्रधानमन्त्री थेरेसा मेले गत मंगलवार संसद्मा प्रस्तुत गरेको ब्रेक्जिट सम्झौता अस्वीकृत गरेको थियो । ब्रेक्जिटका लागि अब केवल केही दिनमात्र बाँकी रहेको छ । यसअघि जनवरीमा पनि संसद्ले सो सम्झौता अस्वीकृत गरेको थियो । 

 

गत मंगलवार संसद्मा भएको मतदानमा ब्रेक्जिट सम्झौताको विपक्षमा ३९१ मत र पक्षमा २४२ मत परेको थियो । विशेषगरी, ईयूको सदस्य राष्ट्र आयरल्यान्ड र बेलायतको प्रान्तको रूपमा रहेको उत्तरी आयरल्यान्डबीचको सीमा खुला राख्ने, बन्द गर्ने वा आंशिक खुला गर्ने भन्नेमा बेलायत विभाजित छ । यो विवादका कारण सांसदहरु ब्रेक्जिट सम्झौताको विपक्षमा देखिएका हुन् । 

 

मंगलवार सम्झौता अस्वीकृत भएपछि मेले एक विज्ञप्ति जारी गर्दै आफू अझै पनि इयू नेतासँग भएको सम्झौतासहितको नियमित ब्रेक्जिटको पक्षमा रहेको बताउँदै आएकी छिन् । उनले उक्त सम्झौता उत्कृष्ट रहेको उल्लेख गरेकी छिन् । 

 

बेलायतले विना सम्झौता ब्रेक्जिट भए अधिकांश आयातमा कर छूट हुने बताएको छ । उसले अघि सारेको अस्थायी योजनामा समग्र आयातको ८० प्रतिशतमा कर छूट हुने उल्लेख छ । 

 

अहिलेको योजनाअनुसार ईयूबाट मात्रै हुने ८२ प्रतिशत आयातमा कुनै कर लाग्ने छैन । अहिले ईयूबाट आउने कुनै पनि सामग्रीमा कर लाग्दैन । त्यस्तै ईयूभन्दा बाहिरबाट आउने ९२ प्रतिशत सामग्रीमा कर छूट हुनेछ । अहिले ईयू बाहिरका ५६ प्रतिशत आयातमा मात्र कर छूटको व्यवस्था छ । 

 

बेलायतका व्यापार नीति मन्त्री जर्ज होलिङबेरीले मुलुकको प्राथमिकता ईयूसँगको सम्झौता कायम राख्नु र विश्व व्यापारिक सम्बन्धमा कुनै आँच आउन नदिनु रहेको बताउनुभयो । तर, कुनै पनि अवस्थाको लागि तयार हुनुपर्ने उनको भनाइ छ । 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

स्याङ्जामा धन्सार भत्किएर पुरिँदा एक बालिकाको मृत्यु

  • 47 minutes ago
स्याङ्जामा  धन्सार भत्किएर पुरिँदा एक बालिकाको मृत्यु

स्याङ्जा । स्याङ्जाको गल्याङ–१० डुबिन्डाँडामा आज बिहान धन्सार भत्किएर पुरिँदा एक बालिकाको मृत्यु भएको छ ।

चितवनका ५० हजार परिवार बाढीको जोखिममा

  • 55 minutes ago
चितवनका ५० हजार परिवार बाढीको जोखिममा

चितवन । चितवन जिल्लामा बाढी पहिरोबाट ५० हजार ५०० घरपरिवार जोखिममा रहेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले उक्त तथ्याङ्क सार्वजनिक गरेको हो ।

बङ्गलादेशमा ५—१२ बर्षका बालबालिकालाई खोप लगाइने

  • 1 hour ago
बङ्गलादेशमा ५—१२ बर्षका बालबालिकालाई खोप लगाइने

एजेन्सी । बङ्गलादेशमा ५ देखि १२ बर्षसम्मका बालबालिकालाई पनि कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ ।



पर्यटन

'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मुलुकको अर्थतन्त्रको बलियो आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् ।

जीवनशैली

दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

एजेन्सी । लसुन र दालचीनीको चिया स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसको सेवनले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न र शरीरमा बढेको कोलेस्ट्रोललाई कम गर्न फाइदाजनक मानिन्छ । लसुन र दालचीनीमा पाइने औषधीय गुणका कारण यसलाई प्राचीन कालदेखि नै औषधीको रूपमा प्रयोग गर्दै आएको छ ।