यस्ता छन् ब्रोकाउली खानुको फाइदाहरु
- बिहीबार, १३ माघ, २०७८
- 3 months ago
- जीवनशैली

काठमाडौं । प्राय हामीले ब्रोकाउलीको तरकारी खाने गर्दछौं । ब्रोकाउलीको तरकारी खाँदा जति मिठो हुन्छ त्यतिकै स्वस्थ्यकर पनि मानिन्छ । स्वास्थ्य अनुसन्धान परिषदले गरेको अनुसन्धान प्रतिवेदन अनुसार ब्रोकाउली तरकारीको रुपमा मात्र होइन औषधिको रुपमा पनि उपयोग गर्न सकिने देखिएको छ ।
स्वास्थ्य अनुसन्धान परिषदको प्रतिवेदन अनुसार ब्रोकाउलीको तरकारी नियमित खानसके मुटुसँग सम्बन्धित रोग न्यूनीकरण हुने, क्यान्सर हुने खतरा कम हुने, मानिसलाई डिप्रेसनको खतराबाट जोगाउने लगायतका तथ्य प्रतिवेदनमा सार्वजनिक गरिएको छ ।
ब्रोकाउली लोकप्रिय तरकारी मध्येको एक हो ब्रोकाउली । यो धेरै गुणहरुले भरिएको हुन्छ । यसमा प्रोटिन, क्याल्सियम, कार्बोहाइड्रेट, आइरन, भिटामिन ए, सी र अन्य पोषक तत्वहरु अत्याधिक मात्रामा पाइन्छ ।
यसमा नुनिलो पदार्थ पनि पाइन्छ । जसले शरीरमा भएको ग्लुकोजको मात्रालाई सन्तुलित बनाई राख्नमा सहयोग गर्छ । ब्रोकाउलीलाई तपाई विभिन्न तरिकाले खानामा समावेश गर्न सक्नु हुन्छ ।
जस्तै सलाद, ब्रोकाउलीको सूप अथवा तरकारी बनाएर पनि खान सकिन्छ । साथै यसलाई हल्का वाफमा उसिनेर खान सकिन्छ ।
यस्ता छन् ब्रोकाउली खानुको फाइदाहरुः
डिप्रेसनबाट जोगाउँछः ब्रोकाउलीको सेवनले डिप्रेसनको खतराबाट जोगाउँछ । ब्रोकाउलीमा शरिलाई आवश्यक ‘फोलेट’ कम मात्रामा सेवन गर्नाले डिप्रेशनको खतरा बढ्ने हुन्छ । ब्रोकाउलीमा ‘फोलेट’ भन्ने तत्व भरपूर मात्रामा पाईन्छ । साथैँ यो मानसिक स्वास्थ्यका लागि लाभदायी छ ।
गर्भावस्थामा अति उत्तमः गर्भावस्थामा ब्रोकाउली खानु धेरै फाइदाजनक हुन्छ । गर्भवती महिलाहरुले नियमित रूपमा ब्रोकाउली खानु पर्छ । यसमा पाईने तत्वले बच्चाको स्वास्थ्य र विकासको लागि फाइदा जनक हुन्छ । साथै यसले आमालाई पनि विभिन्न रोगको सक्रमणबाट टाढा राख्छ ।
हृदयघात हुनबाट जोगाउँछः मुटुसँग सम्बन्धित रोगबाट बचाउन ब्रोकाउलीमा ‘क्यारेटेनोइड्स ल्यूटिन’ पाईन्छ । यसले मुटुको धमनिहरुलाई स्वस्थ राख्न मद्दत गर्छ । यसको सेवनले हृदयघात हुनबाट जोगाउँछ । ब्रोकाउलीले शरिरको ‘पोटाशियम कोलेस्ट्रोल’को स्तरलाई बढ्नबाट रोक्छ ।
क्यान्सर हुने खतरालाई कम गर्छः ब्रोकाउलीको सेवनले क्यान्सर हुने खतरालाई कम गर्छ । ब्रोकाउलीमा ‘फिटाकेमिकल’ अत्यधिक मात्रामा पाइन्छ । यसमा पाइने तत्वहरुले शरीरबाट विषाक्त पदार्थलाई बाहिर निकाल्ने काम गर्छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
काठमाडौं अपडेटः बालेनको अग्रता कायमै, यस्तो छ पछिल्लो अपडेट
- 53 minutes ago

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रमुख पदको स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ४३ हजार ७५७ मत प्राप्त गरी अग्रस्थान कायम गरेका छन् । जारी मतगणना अनुसार नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहले २
जजिराको विमान चरासँग ठोक्कियो, लुम्बिनीमै ‘होल्ड’
- 56 minutes ago

काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा अवतरण गरेको जजिरा एयरलायन्सको विमान चरासँग ठोक्किएपछि फर्कन सकेको छैन ।
पाँचखाल प्रमुख कांग्रेस र उपप्रमुखमा एमाले विजयी
- 1 hour ago

बनेपा । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका महेश खरेल र उपप्रमुखमा नेकपा (एमाले)का सूर्यमाया दनुवार विजयी भएका छन् । आज बिहान सम्पन्न भएको मतगणना परिणामअनुसार कांग्
पर्यटन
इसेवाको ग्राहक संख्या ६० लाख पुग्यो

काठमाडौँ। नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाको मोबाईल एप्स् एण्ड्रोइड मोबाईलमा डाउनलोड गर्नेको संख्या ५२ लाख नाघेको छ। योसँगै नेपालको फाइनान्सियल सेवामा एण्ड्रोइडको ५० लाखको माइलस्टोन हाँसिल गर्ने पहिलो कम्पनी भएको छ।
जीवनशैली
आज देशभर भूमेस्थानमा पूजाआराधना गरी उँभौली पर्व मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजाआराधना गरी मनाइँदै छ ।
विचित्र विश्व
युक्रेनद्वारा युद्धविराम अस्वीकार

एजेन्सी । डोनबास क्षेत्रमा भीषण सङ्घर्ष जारी भए पनि युक्रेनले युद्धविरामलाई अस्वीकार गरेको छ । रूसले पूर्वी डोनबास क्षेत्रमा व्यापक आक्रमणलाई बनाइरहेका बेला युक्रेनले युद्धविराम वा मस्कोलाई सहुलियत दिन अस्वीकार गरेको हो ।