बुद्ध एयरले जनकपुर–अयोध्यामा उडान गर्ने

काठमाडौँ । निजी क्षेत्रको अग्रणी हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले धार्मिक पर्यटन प्रवद्र्धनार्थ नेपालको जनकपुरबाट भारतको अयोध्यामा सिधा उडान सञ्चालन गर्ने भएको छ । पौराणिक, धार्मिक सम्बन्ध रहिआएको जनकपुरधाम र अयोध्याको महत्वलाई दर्शाइ धार्मिक पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले यो गन्तव्यमा उडान विस्तार गर्न लागिएको कम्पनीले जनाएको छ ।
‘सीताराम’ सम्बन्ध त्रेतायुगदेखि नै चलिआएको छ । यस पौराणिक, धार्मिक सम्बन्धको साक्षी जनकपुरधाम र अयोध्या शहरलाई जोड्नका लागि उडान सञ्चालनको तयारी गरिएको हो । बुद्धले जनकपुरबाट अयोध्यामा विस्तार भइरहेको विमानस्थलमा सिधा उडान अनुमतिका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० मा निवेदन दिएको छ । प्रदेश नं २ सरकारलाई पनि बोधार्थ पठाइएको छ ।
तीन वर्षअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला जनकपुर र अयोध्यालाई भगिनी शहरका रूपमा विकास गर्ने, रामायण सर्किट बनाउनेजस्ता सहमति भएको थियो । जनकपुरधामबाट अयोध्यामा निर्माणाधीन विमानस्थलको उडान ५० मिनेटको हुनेछ । यस उडानबाट दुवै देशका धार्मिक पर्यटकले मनग्यै लाभान्वित हुने कम्पनीको विश्वास छ ।
जनकपुर विमानस्थल आन्तरिक विमानस्थल भएकाले अन्तर्राष्ट्रिय उडानका लागि भन्सार र अध्यागमन कार्यालय स्थापना गर्न सरोकारवाला निकायले पनि सहजीकरण गरिदिएको खण्डमा निकट भविष्यमा यो गन्तव्यबाट भारतीय पर्यटकको सङ्ख्या बढ्ने अनुमान गरिएको छ ।
कोभिड–१९ पछिको उडान बजारमा आफूनो उपस्थिति बलियो बनाउन बुद्धले आक्रामक बजार विस्तार गर्न लागेको विज्ञप्तिमार्फत जनाएको छ । हरेक गन्तव्यमा यात्रुको चाप हेरी थप उडान भरिनेछ । बुद्धएयरसँग अहिले नौ थान एटिआर–७२, तीन थान एटिआर–४२ र दुई थान बीचक्राफ्ट गरी १४ जहाज छन् । कोभिडका कारण शिथिल भएको हवाई क्षेत्रलाई चलायमान बनाउन बजार विस्तारसहित उपस्थिति जनाउने कम्पनीको योजना छ । अहिले बुद्धले दैनिक १२० उडान गरिरहेको छ । उडान सङ्ख्या बढे पनि विदेशी पर्यटक नआएसम्म पूर्ववत अवस्थामा फर्कन कठिन हुने बुद्धएयरका बजार निर्देशक रुपेश जोशीले बताए ।
बुद्धले पोखराका लागि दैनिक नौ, विराटनगरका लागि आठ, भैरहवा सात, सिमरा, भरतपुर, भद्रपुर पाँच, जनकपुर, नेपालगञ्जका लागि दैनिक चार उडान गर्दै आएको छ । अन्य गन्तव्यमा पनि यात्रुको चाप हेरी उडान विस्तार गर्ने बुद्धएयरले जनाएको छ ।
बुद्ध एयरलले अहिले भद्रपुर, तुम्लिङटार, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, भैरहवा, नेपालगञ्ज, सुर्खेत र धनगढीमा उडान गरिरहेको छ । यीबाहेक काठमाडौँ र पोखराबाट पर्वतीय उडान पनि सञ्चालन गरिरहेको छ । भारतको वनारस उडान दुवै देशको स्वीकृतपछि पुनः उडान सञ्चालन गर्ने योजना रहेको कम्पनीले उल्लेख गरेको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
आज चैते दशैँ पर्व मनाइँदै
- 16 minutes ago

प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन् ।
ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्प
- 1 hour ago

नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाको सानदार जित, मेसीको ह्याट्रिकसहित १०० औं गोल पूरा
- 1 hour ago

मैत्रीपूर्ण खेलमा विश्वविजेता अर्जेन्टिनाले सानदार जित निकालेको छ । बुधबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले क्युरसाओलाई ७–० गोलले पराजित गरेको हो ।
पर्यटन
अन्नपूर्ण हिमशृङ्खला
कास्की । पोखरा महानगरपालिका—३ नदीपुरबाट मङ्गलबार विहान देखिएको सुन्दर अन्नपूर्ण हिमश्रृङ्खला । तस्बिरः कृष्ण दवाडी÷रासस
जीवनशैली
यस्तो समस्या छ भने एलोभेराको प्रयोग नगर्नुहोस्

एजेन्सी । हामीले एलोभेराको फाइदाबारे मात्र सुन्दै धेरै आएका छौं । यो बहुउपयोगी चिज हो । तर, तपाईलाई यसको बेफाइदाको बारेमा थाहा नहुन सक्छ । कतिपय अवस्थामा यसले विषको काम समेत गर्छ ।
विचित्र विश्व
आज आकाशमा ५ ग्रह एकैसाथ देखिने

नासाका खगोलविद् बिल कुकले यी ग्रहहरू हेर्न सूर्यास्तपछि पश्चिम क्षितिजमा हेर्न सकिने बताउँछन् । क्षितिज त्यो ठाउँ हो जहाँ हेर्दा पृथ्वी र आकाश एक आपसमा मिलेको देखिन्छ ।