ट्राफल्गर स्क्वायरमा नेपाली पोशाक र राष्ट्रिय झण्डासहित आउन आव्हान

  • शनिबार, २८ बैशाख, २०७६
  • 1 year ago
  • युके
फाइल फोटो : विगत ४ वर्षदेखि लण्डनमा बुद्धजयन्ती कार्यक्रम हुँदै आएको छ ।

 

लण्डन । बेलायतका नेपालीहरुमाझ वर्षकै बहुप्रतिक्षित कार्यक्रममध्येको एक हो ट्राफल्गर स्क्वायरको बुद्धजयन्ती ।

 

लण्डनकै व्यस्त र लोकप्रिय गन्तव्यहरुमध्येको एक यस केन्द्रमा आयोजना हुने यो कार्यक्रममा बेलायतका सबैजसो क्षेत्रबाट सयौं नेपालीहरुको सहभागिता रहने गर्छ । 

 

यस वर्षको कार्यक्रम आइतबार मे १२ को साँझ ५ देखि ९ बजेसम्मका लागि निर्धारित छ । औपचारिक कार्यक्रम सुरुभन्दा अघि कार्यक्रमस्थलमा दिउँसोदेखि नै धार्मिक पूजा, दर्शन लगायतका गतिविधि सञ्चालन गरिने आयोजकले बताएका छन् । 

 

सोहिअनुसार औपचारिक कार्यक्रमको समयभन्दा अघिदेखि नै कार्यक्रमस्थलमा उपस्थित भइदिन सबैलाई आव्हान गरिएको छ । 

 

कार्यक्रममा सहभागी हुने बेलायतबासी सम्पुर्ण नेपालीहरुलाई आयोजकले मौलिक नेपाली पोशाकमा उपस्थित हुन आग्रह गरेका छन् । 

 

'नेपालको राष्ट्रिय पोशाक वा आफ्नै जाति, संस्कृति झल्काउने मौलिक पोशाक लगाएर आइदिनुहुन हामी सबैलाई विशेष अनुरोध गर्दछौं', बुद्ध फाउण्डेसन यूके अध्यक्ष दिपक श्रेष्ठको आग्रह छ, 'संसारभरका मानिसहरुको नजर पर्ने ट्राफल्गर स्क्वायरजस्तो स्टेजमा हामीले हाम्रो परम्परा, संस्कृति, भेषभूषा र मौलिकताको प्रदर्शन गर्न कुनै कसर बाँकी नराखौं भन्ने हाम्रो विशेष आग्रह छ ।' 

 

त्यस्तै, सहभागीहरुलाई नेपालको राष्ट्रिय झण्डा बोकेर आउन समेत आयोजकले आग्रह गरेका छन् । 

 

यस वर्षको कार्यक्रमलाई नेपाल भ्रमण वर्ष २०२० को प्रबर्द्धनमा केन्द्रित गर्ने योजना बनाइएको छ । नेपालको पर्यटन प्रबर्द्धन  गर्ने लक्ष्यमा  विभिन्न प्रचार सामग्रीहरु वितरण गर्ने समेत कार्यक्रम छ । 

 

कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा डा ह्दयरत्न बज्राचार्य छन् भने विशेष अतिथिहरुको रुपमा बेलायतस्थित विभिन्न मुलुकका राजदूत, बेलायती सांसद, बेलायतका विभिन्न क्षेत्रका स्थानीय मेयर, काउन्सिलर समेतको उपस्थिति रहनेछ । उक्त अवसरमा विभिन्न मौलिक नेपाली संस्कृति झल्काउने सांस्कृतिक कार्यक्रम पनि देखाइंदैछ । 

 

बुद्ध फाउण्डेसन यूके र कपिलवस्तु समाज यूकेले नेपाली दूतावास, नेपाल पर्यटन बोर्ड , गैरआवासीय नेपाली संघ समेतको सहकार्यमा गर्ने कार्यक्रममा बेलायतस्थित धेरै नेपाली संघसंस्थाको ऐक्यबद्धता छ । 

 


थप समाचार

काठमाडौँमा एकैदिन ११० जना कोरोना संक्रमित फेला

  • 1 hour ago
काठमाडौँमा एकैदिन ११० जना कोरोना संक्रमित फेला

काठमाडौँ । काठमाडौँमा एकैदिन ११० जना कोरोना संक्रमित फेला परेका छन् । काठमाडौँ उपत्यकामा भने कुल १३४ संक्रमित थपिएका छन् ।

नेपालमा थप ६३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

  • 1 hour ago
नेपालमा थप ६३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा थप ६३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भारतका पुर्व राष्ट्रपति प्रणव मुखर्जी भेन्टिलेटरमा

  • 2 hours ago
भारतका पुर्व राष्ट्रपति प्रणव मुखर्जी भेन्टिलेटरमा

एजेन्सी । भारतका पुर्व राष्ट्रपति प्रणव मुखर्जीलाई भेन्टिलेटरमा राखिएको बताइएको छ ।



प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

तपाईका यी बानीले किड्नी खराब बनाउँछ

तपाईका यी बानीले किड्नी खराब बनाउँछ

एजेन्सी । किड्नी खराब हुनुका कारणमा सबैभन्दा पहिले हाम्रा कतिपय खराब बानीहरु पहिलो नम्बरमा पर्छन् । यसका अन्य कारणहरु पनि छन् तर हाम्रा बानीहरुको पनि किड्नीमा ठूलो प्रभाव पर्न सक्ने हुनाले त्यस्त बानीहरु थाहा पाइराखेको राम्रो । त्यसैले आज हामी तपाईहरुलाई त्यस्ता बानीहरुबारे सचेत गराउन जाँदैछौं ।

विचित्र विश्व

एक महिलाले पाँच किलोग्रामको बच्चा जन्माइन्

एक महिलाले पाँच किलोग्रामको बच्चा जन्माइन्

चितवन । मकवानपुरकी एक महिलाले पाँच किलोग्रामको बच्चा जन्माएकी छन् । चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत मकवानपुरको चुरीयामाई–९ घर भएकी ३० वर्षीया सीता लोप्चनले आज पाँच किलोग्रामकी छोरी जन्माएको अस्पतालले जनाएको छ ।