१६ वर्षीय किशोरीलाई जलाएको आशंकामा बुबा, हजुरआमासँगै दुई फूपू समातिए
- मंगलबार, २६ आषाढ, २०७५
- 4 years ago
- समाचार

बुटवल । आफ्नै छोरीलाई मट्टीतेल छर्केर आगो लगाएको अभियोगमा बाबुसहित चार जना पक्राउ परेका छन् । रूपन्देहीको कञ्चन गाउँपालिका–५ की १६ वर्षीया किशोरी समीक्षा ठकुरीलाई आगो लगाएको आंशकामा उनका बुबा तेजबहादुर, हजुरआमा हरिकला, फुपूहरू मधु र अमृतालाई इलाका प्रहरी कार्यालय सालझन्डी रूपन्देहीले सोमबार पक्राउ गरेको हो ।
समीक्षा आफ्नै घरमा सुतेको अवस्थामा मट्टीतेल छर्केर जलेको अवस्थामा ९ असारमा भेटिएकी थिइन् । गम्भीर घाइते समीक्षाको उपचारका क्रममा २० असारमा काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा मृत्यु भएको थियो । प्रहरीले हरिकला र तेजबहादुरलाई रुद्रपुरबाट र अमृता र मधुलाई बुटवलबाट नियन्त्रणमा लिएको थियो । इराकमा कार्यरत मृतक समीक्षाकी आमा माया थापाले नेपाल फर्केर प्रहरीमा उजुरी गरेपछि परिवारका सदस्य पक्राउ परेका थिए ।
इलाका प्रहरी कार्यालय, बुटवलबा प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले घटना शंकास्पद भएको बताए । मावली घरमा बस्दै आएकी समीक्षा विगत ६ महिनायता मात्रै बुबाको घरमा बस्न थालेकी थिइन् । उनी गाउँकै पिसल्यान्ड भूपू सैनिक पब्लिक बोर्डिङ स्कुलमा १० कक्षा पढ्दै आएकी थिइन् । उनका बुबा गाडी चालक रहेको बताइएको छ ।
समीक्षा जन्मेको ९ महिना हुँदा उनका बुबाले दोस्रो बिहे गरेसँगै उनकी आमालाई कुटपिट गरेपछि त्यतिबेलादेखि नै उनी आमासँगै मावलमा बस्दै आएको स्थानीयहरू बताउँछन् । प्रहरीले उजुरी लिन नमानेकै कारण इराकमा रहेकी आमा नेपाल आएर उजुरी दर्ता गराएकी थिइन् । आमाले उजुरी दिएपछि मात्रै प्रहरीले अनुसन्धानलाई अगाडि बढाएको छ ।
समीक्षा घरम बस्न थालेपछि अंश दिनुपर्ने डरले परिवारले मिलेर आगो लगाएको किशोरीकी आमा र मावली पक्षले दाबी रहेको छ । घटना हुनु एक महिनाअघि पनि बुबा, हजुरआमा र फूपुहरू मिलेर घाइते हुने गरी कुटपिट गरेपछि समीक्षाले प्रहरीमा उजुरी दिएकी थिइन् । तर, प्रहरीले उनको उजुरीप्रति बेवास्ता गर्दै आएको थियो । आजको राजधानी दैनिकबाट ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
गण्डकीमा स्वास्थ्य बीमा गर्ने आठ लाख
- 7 minutes ago

गण्डकी । गण्डकी प्रदेशमा आठ लाखभन्दा बढीले स्वास्थ्य बीमा गरेका छन् । स्वास्थ्य बीमा बोर्ड प्रदेश कार्यालयका अनुसार हालसम्म आठ लाख छ हजार नौ सय ४१ जना स्वास्थ्य बीमामा आबद्ध भएका हुन् । बिमित परिवारको
पूर्व–पश्चिम विद्युतीय रेलमार्गको प्रगति छ प्रतिशत मात्रै
- 22 minutes ago

काठमाडौँ । नागरिकले आशाका साथ हेरिरहेको विकास योजनामा पर्ने पूर्व–पश्चिम रेलमार्ग निर्माण अघि बढ्न सकेको छैन । नौ सय किमीभन्दा बढी लम्बाइमध्ये हालसम्म ५५ किमी अर्थात् छ प्रतिशत मात्रै सम्पन्न भएको रेल
नेकपा माओवादी केन्द्रले नेताहरूको वरीयता तोकियो (सुचीसहित)
- 36 minutes ago

काठमाडौँ । नेकपा माओवादी केन्द्रले पदाधिकारी र स्थायी समिति सदस्यहरुको वरीयता निर्धारण गरेको छ ।
पर्यटन
किस्पाङ गुम्बा

नुवाकोट । नुवाकोटको किस्पाङ गाँउपालिका–३ मा अवस्थित प्रसिद्ध किस्पाङ गुम्बा । भारतको कर्नाटकस्थित स्यार गादेन बुद्धिष्ट कल्चरल एसोसिएशन गुम्बासँगको समन्वयमा किस्पाङ गुम्बाले लामा अध्ययनको प्रारम्भिकदेखि पिएचडी तहसम्मको अध्ययनको प्रबन्ध मिलाएको छ । तस्बिरः रामहरि न्यौपाने÷रासस
जीवनशैली
घरमा रातो रंगका वस्तुहरू यस दिशामा राख्नुहोस्

एजेन्सी । यदि हामीले आफ्नो जीवनमा वास्तुशास्त्रका नियमहरू लागू गर्यौं भने हामीलाई सफल हुनबाट कसैले रोक्न सक्दैन।
विचित्र विश्व
उपराष्ट्रपतिको श्रीमानलाई अमेरिकी प्रथम महिलाले चुम्बन गरेपछि...

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनकी पत्नी जिल बाइडेनले उपराष्ट्रपति कमला ह्यारिसनका खसमको ओठमा चुम्बन गरेर संसारलाई आश्चर्यचकित बनाएकी छन् ।